काठमाडौं । पुनर्गठित राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहले एउटा गुटलाई बोकेर हिँडेकोमा राप्रपा नेपालको पुनर्गठन भएको बताएका छन्।
उनले राजसंस्थाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोकेर आफूलाई हराउन खेल खेलेको आरोप लगाए।
शनिवार आफ्नो नेतृत्वमा राप्रपा नेपालको पुनर्गठन भएको घोषणा सभा कार्यक्रममा बोल्दै पूर्वराजा शाहप्रति त्यस्तो आरोप लगाएका हुन्।
उनले भने, ‘राजसंस्थाले राप्रपाभित्रको एउटा गुटलाई समाउने र एउटालाई पाखा लगाउने काम गरेकाले पुरानै पार्टी ब्यूँताउनु पर्यो।’
राप्रपाको केही समयअघि सम्पन्न महाधिवेशनमा अध्यक्षका उम्मेदवार थापा पराजित भएका थिए । प्रतिस्पर्धी राजेन्द्र लिङ्देनसँग पराजित भएपछि थापा राप्रपाबाट अलग भएका थिए। थापाले पार्टी फुटाएको नभइ पुरानै घरमा फर्किएको बताएका छन्।
Facebook Comments Box