काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको १०औंँ बैठक जारी छ ।
बैठक अमेरिकी सहयोग परियोजना एमसीसीको बारेको छलफलमा केन्द्रीत रहेको बताइएको छ। आजको बैठकबाट एकीकृत समाजवदीले एमसीसीबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्नेछ।
बैठकमा सबै सदस्यहरुले आफ्नो धारणा राख्न चाहेकाले लम्बिन सक्ने बताइएको छ।
एमसीसीका विषयमा सत्ता साझेदार रहेर पनि नेकपा माओवादी केन्द्र र नेकपा एसले फरक मत र विरोधमा सडक आन्दोलनमा उत्रिएपछि गठबन्धननै जोखिममा रहेको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।
Facebook Comments Box