झापा । नामाकरण गर्न सबैभन्दा पछि परेको प्रदेश नम्बर १ को नामाकरणका लागि यही फागुन १० गते सर्वदलीय बैठक आह्वान गरिएको छ।
प्रदेशको स्थायी सदरमुकाम विराटनगर कायम भइसके पनि नामकरण गर्न नसकेको प्रदेश १ सरकार सहमति प्रदेशको नामका विषयमा सहति जुटाउन लागिपरेको छ।
बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका संसदीय दलका नेता, तिनै दलहरूका प्रदेश कमिटी अध्यक्ष र सरकारका सबै मन्त्रीहरूलाई खबर गरिने बताइएको छ।
Facebook Comments Box