काठमाडाैं । एमसीसीबारे निर्णय लिन नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक बस्दैछ । बैठक बिहान ११ बजे बानेश्वरमा बस्ने प्रवक्ता जगन्ननाथ खतिवडाले जानकारी दिए ।
उनका अनुसार एमसीसी अध्ययन कार्यदलले केन्द्रीय सचिवालयमा बुझाएको प्रतिवेदनमाथि छलफल गरेर निष्कर्ष निकालिनेछ । सरकारले एमसीसी संसदमा टेबल गर्ने तयारी गरे पनि सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादी विराेधमा छन् ।
माओवादीले अहिलेकाे अवस्थामा एमसीसी अगाडि बढाउन नहुने निर्णय गरिसकेकाे छ । एकीकृत समाजवादीले भने आज निर्णय लिनेछ ।
आइतबार सत्ता गठबन्धनकाे बैठक बस्दैछ । प्रतिनिधि सभा बैठक पनि आइतबार नै तय भएकाे छ ।
Facebook Comments Box