काठमाडौं । सत्ता गठबन्धनको बिहीबार साँझ बसेको बैठक निष्कर्षबिहीन सकिएको छ।
सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार शुक्रबार बिहान सत्ता गठबन्धनका शीर्ष नेताको बैठक पुनः बस्नेछ।
बिहीबारको बैठकमा सत्ता गठबन्धन रहने/नरहने भन्ने कुराको छिनोफानो हुने नेताहरूले बताउँदै आएका थिए।
माओवादी केन्द्रका नेता हरिबोल गुजरेलका अनुसार नेताहरू आ-आफ्नै अडानमा रहेका कारण बैठकमा कुनै निष्कर्ष ननिस्केको हो।
शुक्रबार नै प्रतिनिधि सभाको बैठक बस्दैछ। उक्त बैठकमा एमसीसी अनुमोदनका लागि टेबुल गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले अडान लिएका छन् भने एकीकृत समाजवादीलगायत अन्य पार्टीका नेताहरू भने एमसीसीको विपक्षमा उभिएका छन्।
माओवादी केन्द्रमा पनि पार्टीका नेता तथा कार्यकर्ता एमसीसीको विरोधमा उत्रेका कारण अध्यक्ष पुष्पकमल दाहाल पनि अहिले नै अनुमोदनका लागि एमसीसी संसदमा टेबुल गर्ने पक्षमा छैनन्।