काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालबीच औपचारिक रुपमा एकता भएको छ । सोमबार एक कार्यक्रमबीच एकताको समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारी पत्रमा राप्रपा नेपाल अध्यक्ष कमल थापा र राप्रपा अध्यक्ष पशुपति राणाले हस्ताक्षर गरे ।

एकतापछि नयाँ पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहनेछ ।
Facebook Comments Box