झापा । नेपाल पत्रकार महासंघ केन्द्रीय परिषद् सदस्य कृष्ण हुमागाईले आफू सक्रिय पत्रकारितामा नरहने घोषणा गरेका छन्।
नेपाल पत्रकार महासंघ झापाका पूर्व सभापति समेत रहेका हुमागाईंले आफू अब सक्रिय पत्रकारितामा नरहने तर सञ्चार उद्यमीका रुपमा समाजमा स्थापित हुने घोषणा गरे।
नेपाली कांग्रेसको १४ औं जिल्ला अधिबेशनबाट सचिव पदमा निर्वाचित भएपछि पत्रकार हुमागाईले सक्रिय पत्रकारिता छाड्ने घोषणा गरेका हुन्।
उनले आइतबार नेपाल पत्रकार महासंघ झापामा पत्रकार सम्मेलन गर्दै नेपाल पत्रकार महासंघ केन्द्रीय परिषद सदस्य र भवन निर्माण अनुगमन समिति सदस्य पदबाट समेत राजीनामा दिए।
उनले राजीनामा पत्र नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई प्रदान गरे।
Facebook Comments Box