झापा । नेपाली कांग्रेस प्रदेश १ को सभापति पदका लागि झापाका नेता उद्धव थापाले उम्मेदवारी घोषणा गरेका छन् ।
कांग्रेस झापाको दुई कार्यकाल सभापति बनेका थापा नेता कृष्णप्रसाद सिटौलानिकट हुन् ।
सिटौलाले उनलाई प्रदेश सभापतिको उम्मेदवारका रूपमा अघि सारेका हुन् ।
पार्टीको संस्थापन पक्ष र सिटौला समूह मिलेर जाने तयारीमा लागेपछि प्रदेश १ मा सिटौला पक्षले सभापति दाबी गरेको छ ।
Facebook Comments Box