विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश सभामा विश्वासको मत पाएका छन्।
बुधबारको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री राईले विश्वासको मत पाएका हुन्।
बैठक सुरू हुनुअघि प्रमुख प्रतिपक्षी एमालेले राईलाई विश्वासको मत नदिने निर्णय गरेको थियो।
संसदीय दलको बैठक बसेर एमालेले राईलाई विश्वासको मत नदिन र विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो।
राईले ५० मत प्राप्त गरे।
Facebook Comments Box