हेटौँडा । बागमती प्रदेश मुख्यमन्त्री राजेन्द्र पाण्डेले निर्वाचित तानाशाहका कारण अहिलेको गठबन्धन जन्मिएको बताएका छन् ।
प्रदेशसभाको सोमबार बसेको बैठकमा विश्वासको मत माग्ने क्रममा उनले दुई तिहाइ नजिक बहुमत रहेका बेला संसद विघटन गर्ने निर्वाचित तानाशाहका कारण अहिलेको गठबन्धन जन्मिएको बताएका हुन् ।
एमाले अध्यक्ष केपी ओलीलाई इंगित गर्दै उनले निर्वाचित तानाशाह भनेका हुन् । तत्कालीन प्रधानमन्त्री ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गरेका थिए भने दुवै पटक सर्वाेच्च अदालतले संसदलाई पुनर्स्थापना गरेको थियो ।
सोही विषयलाई इंगित गर्दै मुख्यमन्त्री पाण्डेले ओलीलाई निर्वाचित तानाशाह भनेका हुन् ।
Facebook Comments Box