बिराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरण टुंगो लगाउने आफ्नो नेतृत्वको सरकारको पहिलो प्राथमिकता भएको बताएका छन्।
सपथग्रहणपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यमन्त्री राईले राम्रो गर्ने, नराम्रो नगर्ने र प्रदेशको नाम राख्ने काम आफ्नो सरकारको प्राथमिकता रहेको बताए।
उनले भने, ‘अहिलेसम्म प्रदेशले नाम पाउन सकेको छैन। अब हामी प्रदेशको नाम दिन्छौं।’
आफूले आगामी कात्तिक २५–२६ गतेसम्ममा विश्वासको मत लिने पनि मुख्यमन्त्री राईले बताए। विश्वासको मत लिएर गठबन्धनबीचको सहमतिमा मन्त्रीमण्डल विस्तार गर्ने पनि उनले बताए।
Facebook Comments Box