काठमाडौं । सरकारले हालैको वर्षाबाट प्रभावित कृषकलाई राहत प्याकेज घोषणा गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हालै तीन दिनको बेमौसमी अविरल वर्षाबाट धानबाली तथा अन्य खाद्यान्न बालीमा भएको क्षतिका लागि कृषकलाई राहत दिने निर्णय गरेको स्वास्थ्य मन्त्री विरोध खतिवडाले जानकारी दिए ।
पूर्णरुपमा धानबालीमा क्षति भएका साना किसानलाई बढीमा १० कठ्ठा वा सो बराबरको जग्गामा क्षति भएमा ६५ प्रतिशत क्षतिपूर्ति दिइने भएको छ।
मध्यम किसान १० कठ्ठाभन्दा बढी रहेको जग्गामा क्षति भएमा तीन विघासम्म क्षतिको ३० प्रतिशत क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरिएको छ।
साथै, ठूला किसानको मापदण्डभित्र परेकालाई तीद्द विघाभन्दा बढी जग्गा भएका र आंशिक धानबालीमा क्षति भएका किसानलाई क्षतिको अधिकतम् २० प्रतिशत क्षतिपूर्ति उपलब्ध गराउने निर्णय भएको छ।
Facebook Comments Box