बिराटनगर । प्रदेश नं १ का १० जना सांसदले नवगठित नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन्।
बुधबार बिराटनगरमा रहेको निर्वाचन आयोगको कार्यालय पुगेर उनीहरूले सनाखत गरेका हुन्।
एमालेबाट निर्वाचित ती सांसद एकीकृत समाजवादीका भएका छन्।
१० जना सांसद एकीकृत समाजवादीमा गएपछि एमालेका सचिव भीम आचार्यको नेतृत्वमा रहेको प्रदेश सरकार अल्पमतमा परेको छ।
Facebook Comments Box