विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले मन्त्रिमण्डल विस्तार गरेका छन्। शुक्रबार उनले दुई जना मन्त्री नियुक्त गरेका छन्।
मन्त्रिमण्डल विस्तारका लागि बिहानैदेखि आन्तरिक छलफलमा जुटेका उनले विगतमा माधवकुमार नेपाल समूहमै रहेर एमालेमा रहने निर्णय गरेका दुई जनालाई मन्त्री नियुक्त गरेका हुन्।
ताप्लेजुङका बलबहादुर साम्सोहाङ सामाजिक विकास मन्त्री र तेह्रथुमका लछुमन तिवारी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त भएका हुन्। उनीहरूको शुक्रबार नै सपथ भएको छ।
Facebook Comments Box