विर्तामोड। प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन्।
मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएसँगै आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। आचार्य आजै संसदीय दलको नेता चयन भएका थिए।
आचार्यलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई नयाँ मुख्यमन्त्रीमा नियुक्त गर्दै शपथसमेत गराइसकेका छन्।
नेकपा एमालेभित्रको विवादमा माधव नेपाल पक्षमा रहेका आचार्य नयाँ दल खोल्ने नेपालको अडानपछि एमालेमै रहने निर्णय गरेका थिए। सोहि बमोजिम उनी पार्टीका काममा क्रियाशील समेत भइसकेका छन्। एमाले सचिवसमेत रहेका आचार्य यसअघि संसदीय दलको निर्वाचनमा राईसँगै पराजित भएका थिए।
Facebook Comments Box