काठमाडौं । नेकपा एमाले प्रदेश नम्बर १ संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् ।
मुख्यमन्त्री एवम् संसदीय दलका नेता शेरधन राईले राजीनामा दिँदै उनकै प्रस्तावमा आचार्य सर्वसम्मत रुपमा दलको नेता चयन भएका हुन् ।
आचार्यलाई आजै मुख्यमन्त्रीको रुपमा शपथग्रहण गराउने तयारी समेत रहेको छ ।
बैठकमा ३१ जना सहभागी रहेका थिए ।
Facebook Comments Box