बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।
सोमबार प्रदेश सभामा विश्वासको मतको प्रस्ताव राखेका मुख्यमन्त्री केसीले विश्वासको मत पाएका हुन्।
प्रस्तावमाथि मत विभाजन हुँदा प्रस्तावको पक्षमा ४२ र विपक्षमा ० मत पर्यो, तटस्थ एकजना बसेका छन्।
८० सदस्यीय प्रदेशसभामा बहुमत सांसद सरकारको पक्षमा देखिएका हुन्। प्रदेश सभामा ४३ सांसद उपस्थित थिए। काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जसपा र स्वतन्त्र एक सांसदले सरकारलाई विश्वास मत दिएका थिए।
Facebook Comments Box