काठमाडौं । माधवकुमार नेपालले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएकै दिन बागमती प्रदेशमा एमाले संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन भएकी छिन्।
शाक्य नेपालपक्षीय प्रदेश सांसद थिइन्। प्रदेश राजधानी हेटौंडामा बुधबार बसेको एमाले संसदीय दलको बैठकबाट शाक्य संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चयन भएकी हुन्।
यसअघि संसदीय दलका नेता रहेको मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट राजीनामा दिएका छन्।
एमाले अध्यक्ष ओलीले नयाँ अस्त्रको रुपमा प्रयोग गरेको कतिपयले आँकलन गरेका छन्।
Facebook Comments Box