भद्रपुर । झापाका केही राजनीतिक दलकाे निर्णयमा झापाकाे स्थानीय तह पुन: संरचना प्राविधिक समितिले तय गरेकाे खाका विरुद्ध एमालेसहित असन्तुष्ट अन्य ६ साना दलले विराेध जनाएका छन् ।
स्थानीय तह पुन: संरचना गर्ने भन्दै गत साेमबार केही दलकाे अाढमा झापाका स्थानीय विकास अधिकारी खेमराज अाेझा एवं प्राविधिक सहयाेग समितिका संयाेजकले गरेकाे निर्णय संशोधन गर्न माग राख्दै बुधवार जिविस तथा प्रशासनमा ज्ञापन पत्र बुझाएर विराेध जनाएका हुन् ।

विभिन्न क्षेत्रबाट अाएका कार्यकर्ता तथा एमालेका सांसद रविन काेइराला,नेकपा मालेका सचिव नवराज खरेल, नयाँ शक्ति नेपालका प्रतिनिधि राेम घिमिरे , सद्भावना पार्टी झापाका सचिव अाेम नारायण राजवंशी , नेकपा संयुक्तका उपाध्यक्ष महेन्द्र लावती , र राष्ट्रिय जनमुक्ति पार्टी झापाका अध्यक्ष परशुराम मगरले संयुक्त रुपमा हस्ताक्षर गरेकाे ज्ञापन पत्र बुझाएका थिए ।

विरोधमा रहेका दलहरुले झापाको स्थानीय तहको पुनःसंरचना गर्दा नगरपालिकाको सङ्ख्या नघटाई आठ नगरपालिका र तीन गाउँपालिका हुनुपर्नेमा यी दलहरु अनुपस्थित रहेको छलफलमा गाउँपालिकासहित १५ वटा स्थानीय तह हुनुपर्ने सर्वदलीय निर्णय भएकोप्रति विरोधमा रहेका दलले असहमति जनाएका हुन् ।
झापालाई ११ स्थानीय तह बनाउने सर्वसम्मत निर्णयलाई नै दलहरुले साझा विन्दु बनाई सहमति खोज्न विरोधमा उत्रेका दलहरुले सुझाव दिएका छन् ।
एमालेका रविन काेइरालाले समितिले तय गरेकाे साेमबार १ बजेकाे बैठकलाई ४ बजेसम्म सुरु नभएपछि पुन: संरचनाकाे ११ तहनै कायम हुने गरी सुझाव दिएर गएपनि नेपाली कांग्रेस लगायतका केही दलले गरेकाे निर्णयप्रति घाेर भत्सर्ना गरिएकाे बताए ।
एमाले लगायत ६ दललाई बाहिर राखेर तयार पारिएकाे खाका मापडण्ड विपरीत भएकाे काेइरालाले बताए । उक्त गल्ति नसच्याए जिविस तालावन्दी गरी चल्न नदिने समेत बताए ।