बिर्तामोड । आज असार १५ अर्थात धान दिवस । झापालगायत देशका विभिन्न स्थानमा धान दिवस धान रोपाइँ गरी मनाइँदैछ ।
संयुक्त राष्ट्रसङ्घले सन् १९६६ लाई भोकमरीबाट मुक्त भन्ने नारासहित धानबालीलाई वर्ष बालीको रूपमा मनाउने घोषणा गरेको थियो । नेपालले विसं २०६२ देखि असार १५ लाई धान दिवसका रूपमा मनाउँदै आएको छ ।
वर्षैपिच्छे कृषिमा परनिर्भरता बढ्दैगएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा धान दिवस मनाउने प्रचलन चलेको हो ।
धान नेपालको प्रमुख खाद्यान्न बाली हो । धानको उत्पादन वृद्धि हुँदा कूल गार्हस्थ्य उत्पादनमा टेवा पुग्छ । घट्दा आर्थिक स्थिति घट्छ ।
नेपालमा चैते धान, वर्षे धान, घैया धानको खेती हुँदै आएको छ ।



Facebook Comments Box