Author: खबरमञ्च
काठमाडौं । झापाका साहित्यकार कुमार भट्टराईकाे “२८ साल” नामक कृति बुधबार काठमाडौँमा लाेकार्पण भएको छ । झापा विद्रोहका याेद्धा ठूलो दुर्गा अधिकारी, वरिष्ठ पत्रकार पुरूषाेत्तम दाहाल र लेखक भट्टराईले संयुक्त रूपमा कृतिको लाेकार्पण गरेका हुन् । कृतिको प्रकाशक साङ्ग्रिला बुक्सकाे आयाेजनामा नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा राजनीति, पत्रकारिता र सामाजिक क्षेत्रका अगुवाहरूकाे उपस्थितिले हल खचाखच थियोे । झापामा तत्कालीन युवा कम्युनिस्ट कार्यकर्ताले २०२८ देखि २०३२ सम्म सञ्चालन गरेको हिंसात्मक आन्दोलनलाई नेपालको राजनीतिक इतिहासमा “झापा विद्रोह” काे नामले पुकारिन्छ । उक्त सशस्त्र विद्रोहमा आन्दाेलनकारीतर्फ ७ र विद्राेहीबाट ९ जनाको हत्या भएको थियो । घटनापछि सयाैं विद्रोही जेलनेल परेका थिए भने कम्युनिस्ट…
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको कर्जा अब सिङ्गल डिजिटमा आउने बताएका छन् । बुधवार काठमाडौंमा राष्ट्रिय वाणिज्य बैंकको ५९ औँ वार्षिकोत्सबको अवसरमा बोल्दै यस्तो बताएका हुन् । गभर्नर अधिकारीले अर्थतन्त्रमा पछिल्लो समय हुँदै आएको सुधारको आधारमा राष्ट्र बैंकले दिएको नीतिको कारण बैंकहरुको कर्जाको ब्याजदर कम हुँदै जाने अवस्थामा रहेको बताए । उनले बैंकहरुले अहिले १०.२५ प्रतिशतमा कर्जा दिनुपर्ने अवस्था रहेको बताए । उनले राष्ट्र बैंकले आगामी दिन बैंकहरुको कर्जा प्रवाह बढ्ने अपेक्षाले केही नीतिगत दरहरु घटाएको अवस्था रहेको बताए । अर्थतन्त्रमा आएको सुधारको आधारमा राष्ट्र बैंकले लिने नीतिहरु सहज बनाउँदै गएको उनको भनाइ थियो । उनले…
झापा ।झापाको दमकमा गएराति प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक २ बस्ने तागेन्द्र मगर रहेका छन् । राति ८ बजे दमकस्थित मगरको घरकोठामा लागूऔषध सेवन तथा बिक्री वितरण भईरहेको भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट फाल्गुनन्दबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट प्लाष्टिकसहित ८९० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । प्लाष्टिकमा प्याक गरेको स–सानो १४ पोका फेला पारी उनलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय दमकमा राखी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए ।
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा ९२ हजार कर्मचारीको आवश्यकता रहेको बताएका छन् । बुधवार शुक्रराज ट्रपिकल तथा सश्ररुवा रोग अस्पतालको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफ्नो धेरै पहलले प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री डा. प्रकाशशरण महत स्वास्थ्य क्षेत्रमा ३२ हजार कर्मचारी पूर्ति गर्न सकारात्मक रहेको बताए । उनले २०५४ सालेदेखि स्वास्थ्य मन्त्रालयले कर्मचारीको दरबन्दी बढाउन नसकेको जिकिर गरे । स्वास्थ्यकर्मीहरुको अभावका कारण आधारभूत र गुणस्तरीय सेवा प्रदान गर्न नसकिएको उनले बताए । अहिले गाउँहरु बसाईंसराईको कारण रित्तिसकेको स्वास्थ्यमन्त्री बस्नेतको भनाइ छ । उनले सामान्य रोग लाग्दा पनि विशिष्ट व्यक्तिहरु विदेश जाने…
झापा । झापा गोल्डकपको छैटौं संस्करणका लागि आयोजक समिति तयारीमा जुटेको छ । फागुन १९ गतेदेखि हुने गोल्डकपका लागि मंगलबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर तयारीबारे जानकारी दिइएको हो । पाँचौं झापा गोल्डपकको हिसाव सार्वजनिक नगरेको विषय पत्रकार सम्मेलनमा जोडतोडका साथ उठेको थियो । गोल्डकपले औपचारिक रुपमा हिसाव सार्वजनिक नगरे पनि कोषाध्यक्ष केदार गिरीले आफ्नो मोवाइलमा भएको हिसाव पत्रकारहरुलाई सुनाए । कबोल भएको सहयोग संकलन नभएकाले सार्वजनिक नगरेको पनि स्पष्ट पारिएको छ । गिरीले सार्वजनिक गरे अनुसार झापा गोल्डकपको खातामा ९८ लाख ८८ हजार २ सय १३ रुपैयाँ मौज्दात छ । बिर्तामोडको एक्सल डेभेलपमेन्ट बैंकमा ६५ लाख ३२ हजार ८ सय…
झापा । बिर्तामोड उद्योग वाणिज्य संघको चुनावी सरगर्मी बढेको छ । उम्मेदवार बन्न चाहनेहरुले आकांक्षा व्यक्त गर्न थालेका छन् । व्यवसायी लक्ष्मीप्रसाद सापकोटाले पनि आगामी निर्वाचनमा उम्मेदवार बन्ने योजना रहेको बताएका छन् ।बिर्तामोडमा १३ वर्षदेखि व्यवसाय संचालन गर्दै आएका सापकोटा आविस्कार विजनेस (एग्रोभेटिनरी) का संचालक हुन् । व्यवसायी सापकोटाले आफूले कुन पदमा उम्मेदवारी दिने भन्ने टुंगो नलागेपनि अर्जुनकुमार मैनाली नेतृत्वको ‘स्वतन्त्र व्यवसायी प्यानलबाट उम्मेदवार बन्ने योजना रहेको बताए । सापकोटा २०६० सालमा उद्योग वाणिज्य संघ पशुपतिनगर इलाममा उपाध्यक्ष थिए । हाल उनी उद्योग व्यवसायी महासंघ झापाको कोषाध्यक्ष,सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रको उपाध्यक्ष, नेपाल पशुपंछी व्यवसायी मेची शाखाको सहसचिव लगायत विभिन्न…
झापा । कोशी प्रदेशमै पहिलो पटक बिर्तामोडमा आयोजना गरिएको एक महिने जुत्ता चप्पल महोत्सवको अवधि माघ १५ गतेसम्म लम्ब्याइएको छ । गुणस्तरीयसंगै भारी छुटमा ग्राहकहरुले जुत्ता चप्पल पाउँदा माग बढेपछि आयोजकहरुले महोत्सवको अवधि थपेका हुन् । त्योसंगै सँधैका लागि त्यस किसिमको सेवा सुविधा दिन नेपाली जुत्ताघरको सोरुम बिर्तामोडको सिटी सेन्टरमा खोलिने भएको छ । माघ १५ गते महोत्सव सकिएकै दिन सिटीसेन्टरमा नेपाली जुत्ताघरको सोरुम खोलिने उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य , फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपालका अध्यक्ष तथा महोत्सवका संयोजक नानीराज घिमिरेले बताए । उनले नेपालमा स्थापित चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र ब्राण्डका जुत्ताहरु किन्न अब महोत्सव नै पर्खनु…
विराटनगर । राष्ट्रियसभा सदस्य पदका लागि हुन गइरहेको निर्वाचन अन्तर्गत कोशी प्रदेशमा नेकपा एमाले र राप्रपाबीच तालमेल हुने भएको छ । कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि अन्य र महिला क्लस्टर गरी दुई सिटमा चुनाव हुँदैछ । दुई सिटमध्ये एक सिटमा एमालेले राप्रपालाई र अर्को सिटमा राप्रपाले एमालेलाई सघाउने गरी सहमति भएको हो । कोशी प्रदेशसभामा राप्रपाका संसदीय दलका नेता भक्ति प्रसाद सिटौलाका अनुसार कोशीमा एमालेले राप्रपाका उम्मेदवार उद्धव पौडेललाई सघाउने भएको छ । यस्तै राप्रपाले भने एमाले उम्मेदवार रुक्मिणी कोइरालालाई सघाउने भएको छ ।
झापा । श्रीमतीको हत्या गरेको आशंकामा कमल गाउँपालिकाका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमल गाउँपालिका वडा नं ५ गेउरिया बस्ने ५५ वर्षीय धनबहादुर बि.क.रहेका छन् । हिजो दिउँसो ४ बजेको समयमा धनबहादुरकी श्रीमती ४९ वर्षीया अम्बिका बि.क. आफ्नै घरको कोठाभित्र मृत अवस्थामा फेला परेकी थिइन् । स्थानीय तथा मृतकका आफन्तले कालगतीले नै उनको मृत्यु भएको भनिएकोमा आज बिहान १०ः४५ बजे स्थानीयहरुले घटना शंकास्पद रहेकोले घटनास्थल अनुसन्धान तथा कानुनी प्रकृया पुरा गरिदिन भनेपछि प्रहरीले आज दिउँसो मृतकका श्रीमान धनबहादुरलाई नियन्त्रणमा लिएको हो । घटनास्थलको कानुनी प्रकृया पुरा गरी लाशलाई पोस्टमार्टमको लागि दमक अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालयका…
झापा । झापाको बिर्तामोडस्थित सिटी सेन्टरमा जारी जुत्ता चप्पल महोत्सवको करिब एक महिनाको अवधिमा उत्साहजनक व्यापार भएकोजुत्ता कम्पनीका विक्रेताहरूले बताएका छन् । ‘स्वदेशी उत्पादन प्रवर्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ गत पुस ९ गतेदेखि सञ्चालन भइरहेको ‘प्रथम बिर्तामोड जुत्ता–चप्पल व्यापार महोत्सव २०८०’ ग्राहकहरूको आकर्षण बनेको हो । महोत्सव अवधिभर करिब डेढ लाख दर्शकलाई अवलोकन गराउनुका साथै तीन करोड रुपैयाँको करोबार हुने लक्ष्य राखिएको छ । अहिले त्यो लक्ष्य पूरा हुने क्रममा रहेको जुत्ता निर्माता कम्पनीका विक्रेताहरूको भनाइ छ । फस्टवाक सुजकी बिक्रेता सुस्मा तिवारी प्रसाईंले महोत्सवमा उत्साहजनक करोबार भइरहेको बताउनुभयो । बिर्तामोड सिटी सेन्टर इन्भेस्टमेन्ट प्रालिको आयोजना तथा नेपाली…