Author: खबरमञ्च
भद्रपुर (झापा)- जिल्लामा सुशासन, पारदर्शीता र जवाफदेहिताको अभिवृद्धि गर्न जिल्ला प्रशासन कार्यालय झापाले आज आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा जनताका गुनासालाई सम्बोधन गर्ने सरकारी कार्यालयका प्रमुखहरूले प्रतिबद्धता व्यक्त गरेका छन्। सदरमुकाम चन्द्रगढीस्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न कार्यक्रममा जिल्लाभित्रका प्रमुख सेवा प्रदायक सरकारी कार्यालय प्रमुखहरूले जनताका गुनासा यथासक्य चाँडो सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। कार्यक्रममा सहभागी स्थानीय नागरिक, सरोकारवाला र सेवाग्राहीले प्रशासनसँग प्रत्यक्ष संवाद गर्दै विभिन्न गम्भीर समस्या र गुनासो प्रस्तुत गरेका थिए। सुनुवाइमा उठाइएका प्रमुख विषयमा लागुऔषध दुर्व्यसन तथा कारोबार, विर्तामोड–चन्द्रगढी सडक निर्माणमा भइरहेको ढिलाइ, मालपोत तथा नापी कार्यालयमा विचौलियाको बिगबिगी र कर्मचारीको भ्रष्ट्र मनोवृत्ति, गर्मी बढेपछि नियमित…
काठमाडौँ- राष्ट्रियसभा सदस्य भगवती न्यौपाने सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका हुन् । यसअघि मन्त्री राजकुमार गुप्ताले आज राजिनामा दिएपछि रिक्त पदमा उनलाई नियुक्त गरिएको हो । नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा सांसद न्यौपानेलाई राष्ट्रपति पौडेलले मन्त्री पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
झापा- डिभिजन वन कार्यालयले हात्ती प्रभावित मेचीनगर–४ बाहुनडाँगीका बासिन्दालाई कागतीका चार हजार बिरुवा निःशुल्क वितरण गरेको छ । हात्ती प्रभावित क्षेत्रमा बाली परिवर्तन गराएर क्षति न्यूनीकरण गर्ने उद्देश्यले स्थानीयवासीलाई कागतीका बिरुवा वितरण गरिएको कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठले बताए। “जङ्गली हात्तीले बाली खाएर सखाप पारेको गुनासो धेरै आयो”, उनले भने, “कागतीबाट आम्दानी पनि राम्रो हुने र हात्तीले नखाने हुँदा हामीले सो क्षेत्रका बासिन्दाको बाली परिवर्तनका लागि कागतीका बिरुवा उपलब्ध गराएका हौँ ।” मेचीनगर नगरपालिका–४ का बासिन्दाका लागि वन कार्यालयबाट प्राप्त कागतीका बिरुवा वडा कार्यालयमार्फत तीन सय परिवारलाई वितरण गरिएको वडाध्यक्ष अर्जुन कार्कीले बताए। हात्तीले सुपारीका बोट भाँचेर ठूलो क्षति पुर्याउन थालेकाले…
झापा – झापाको गौरीगञ्ज गाउँपालिका–४, नयाँबजारमा आइतबार राति जन्ती बोकेको स्कुल बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। राति ८:४० बजे गौरीगञ्जबाट अल्ताबारीतर्फ जन्ती लिएर जाँदै गरेको कोरोबारी सनसाइन इङ्ग्लिस स्कुलको प्र.१–०१–००१ क १५३५ नम्बरको स्कुल बस अनियन्त्रित भई सडकमा पल्टिएको हो। बसमा कुल ४५ जना सवार रहेका थिए। घाइते १६ जनामध्ये ८ जनालाई बिर्तामोडस्थित बीएण्डसी अस्पताल ल्याइएको छ भने बाँकी ८ जनाको गौरीगञ्ज आधारभूत अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक भुवनबाबु खड्काले जानकारी दिए। दुर्घटनाको कारण चालकको लापरबाही रहेको स्थानीयवासीले बताएका छन्। चालक ४१ वर्षीय सुरेन गिरीले मादक पदार्थ सेवन गरी गाडी चलाएकोले दुर्घटना भएको…
झापा – झापाको अर्जुनधारा नगरपालिकाको कार्यपालिका बैठक नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरूको बहिष्कारका कारण स्थगित भएको छ। सोमबार बिहान बस्ने गरी तय भएको बैठक कांग्रेसका तर्फबाट निर्वाचित ७ जना वडाध्यक्षहरूले बहिष्कार गरेपछि अपराह्नका लागि सारिएको थियो, तर उनीहरूले सो बैठकमा समेत सहभागी नहुने अडान लिए। नेपाली कांग्रेस अर्जुनधाराका प्रवक्ता तथा वडा नं. ९ का अध्यक्ष भिष्म मिश्रले अर्जुनधारा–५ का वडाध्यक्ष गीताराज खड्का (हरि) माथि लागेको आरोपका सम्बन्धमा नगरप्रमुख र उपप्रमुखले कुनै पहल नगरेको भन्दै कांग्रेसका वडाध्यक्षहरूले बैठक बहिष्कार गर्ने निर्णय गरेको बताए। नेपाली कांग्रेस अर्जुनधारा नगर समितिको असार २२ गते बसेको आकस्मिक बैठकले अर्को निर्देशन नभएसम्म अर्जुनधारा नगरपालिकाको बैठकमा पार्टीका तर्फबाट…
झापा- झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ का १९५ जना भूमिहीनहरूलाई जग्गा धनीपुर्जा वितरण गरिएको छ। सोमबार वडा कार्यालय नजिक आयोजित विशेष कार्यक्रममा उनीहरूलाई जग्गा धनीपुर्जा वितरण गरिएको हो। नेपाली काँग्रेसका महामन्त्री तथा झापा नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले धनीपुर्जा वितरणको सुरुवात गरे। कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रस महान्त्री शर्माले देशमा केही नभएको होइन, धेरै कुरा भइरहेको बताए। शर्माले महंगो कर लगाएर धनीपुर्जा वितरण गर्ने काम विगतमा आफूले रोकेको बताए। कार्यक्रममा बोल्दै आफूलगायतले गरेको आग्रहलाई सरकारले उक्त राजस्व आधा घटाएको उनले बताए। गाउँमा बाटा बनिरहेका, अस्पताल निर्माण भएका, खानेपानीका आयोजना बनिरहेका, विद्युत विस्तारलगायतका काम भइरहेका भए पनि देश…
झापा– झापाको बिर्तामोड–१०, पथरभिट्टामा आइतबार राति मोटर जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५३ वर्षीय पुष्प पोखरेल रहेका छन्। बेलुका करिब ८ बजेतिर पोखरेलले आफ्नो नयाँ बनाउँदै गरेको घरमा पानी हाल्नका लागि मोटर जोड्ने क्रममा अचानक करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका पोखरेललाई उनका छिमेकी भवानी घिमिरेले उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल ल्याएका थिए। तर, अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। पोखरेल घरमा एक्लै बस्ने गरेका थिए भने उनको परिवार पाँचथरमा बस्ने गरेको बुझिएको छ। घटनाबारे थप अनुसन्धान अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
झापा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापाको दमकमा आफ्नो कार्यक्रममा ‘गुन्डागर्दी’ शैलीमा हस्तक्षेप गर्ने प्रहरी निरीक्षक नविन राईमाथि कारबाहीको माग गरेको छ। रास्वपा झापाका कार्यवाहक जिल्ला सभापति प्रकाश पाठकले हिजो (आइतबार) एक प्रेस विज्ञप्ति जारी गर्दै सत्ताको उन्मादमा लोकतान्त्रिक दलमाथि गरिने यस्ता ‘दादागिरी प्रवृत्ति’ को घोर भत्सर्ना गरेका छन्। विज्ञप्तिमा उल्लेख भएअनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा कुनै पनि विरोधका कार्यक्रम नगरी दमक–४ स्थित क्याम्पस मोड अगाडि रास्वपा दमक नगर समितिको आयोजनामा नगर सभापति तिर्थप्रसाद लामिछानेको नेतृत्वमा करिब १० जनाको उपस्थितिमा पार्टी सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधको विरुद्ध जनताको हस्ताक्षर संकलन गरिरहेका बेला घटना भएको थियो। सोही क्रममा…
झापा – सुनसरीको हरिनगर गाउँपालिका–६ मा आइतबार मध्यरातमा एक युवतीको गोली हानी हत्या भएको छ। हरिनगर गाउँपालिका–६ निवासी ४० वर्षीय गफार मियाकी १८ वर्षीया छोरी अर्सी खातुनलाई राति करिब १:३० बजे घरमा सुतिरहेको अवस्थामा गोली प्रहार गरी हत्या गरिएको हो। प्रहरीका अनुसार, खातुनका भिनाजु, भारतको अररिया जिल्ला पत्रा ग्रामपञ्चायत बस्ने २७ वर्षीय अजाद मियाले उनको कन्चटमा गोली हानी हत्या गरेर फरार भएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
झापा– प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेकपा माओवादी केन्द्रप्रति कडा प्रहार गरेका छन्। आज झापाको बिर्तामोडमा आयोजित पार्टीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले ‘भ्रष्ट तत्वहरू’ले आफूविरुद्ध अफवाह फैलाएर हिँडेको आरोप लगाउँदै आफू कुनै पनि गैरकानुनी, भ्रष्ट वा अनैतिक काममा संलग्न नहुने दाबी गरे। प्रधानमन्त्री ओलीले सहकारीमा जनताको करोडौँ पैसा हिनामिना गर्नेहरू नै ‘अन्याय भयो’ भन्दै हस्ताक्षर अभियान चलाएर हिँडेको बताए। उनले भने, “हामीले गरिदिएको हो अन्याय? अदालतको आदेशले थुनामा गएका हुन्। अदालतको आदेशमा चित्त नबुझे पुनरावेदन गर्न जानु।” उनले प्रतिपक्षमा रहेका तत्वहरूले अफवाह फैलाएर हिँडेको र ‘भीरमा लगेर भैँसी चराउन नजान्ने अनि केपी…