Author: खबरमञ्च

झापा- झापामा गत फागुन २८ गते राति आएको भीषण हावाहुरी र अविरल वर्षाका कारण कृषि क्षेत्रमा ठूलो धक्का लागेको छ। अचानक आएको यो प्राकृतिक विपत्तिले विशेष गरी झापा गाउँपालिका वडा नं. ७ मा लगाइएको केरा खेती र मकैबालीमा व्यापक क्षति पुर्‍याएको छ। उत्पादन दिएर आम्दानी लिने समयमा खेती नष्ट भएपछि स्थानीय किसानहरू यतिबेला निकै चिन्तित बनेका छन्। किसानहरूका अनुसार करिब दुई बिगाहा दुई कठ्ठा क्षेत्रफलमा लगाइएका ३२ सयभन्दा बढी केराका बोटहरू हावाहुरीले ढालेको छ। साधना संस्कृति नमूना प्रालिका सञ्चालक चन्द्रप्रसाद बस्नेतको मात्रै करिब १६ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। उनले ३० बिगाहामा व्यावसायिक केरा खेती गर्दै आएका…

Read More

झापा- गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापामा उम्मेदवारी दिएकामध्ये ३९ जनाले १०० मत पनि कटाउन सकेनन् । जिल्लाका पाँच निर्वाचन क्षेत्रमा स्वतन्त्रका १७ सहित ९० जना उम्मेदवार थिए । सय मत पनि कटाउन नसक्नेहरुमा विभिन्न राजनीतिक दलका २४ जना र १५ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । स्वतन्त्र उम्मेदवारी दिएका १७ जनामध्ये दुईजनाले मात्र सय मत कटाउन सकेका छन् । झापा २ मा डा. युवराज संग्रौलाले ३०५ र झापा ३ मा अभय राजवंशीले ५३१ मत ल्याउन सकेका हुन् । सबैभन्दा कम झापा ५ मा स्वतन्त्र उम्मेदवारी दिएका प्रकाश नेपालले ३ मत ल्याएका छन् । त्यस्तै झापा ५…

Read More

काठमाडौँ- मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचारप्रसार र समन्वय गरेका छन् । नेपाली दूतावास रियादले नेपालीको नाम दर्ताका लागि पोर्टल सञ्चालनमा ल्याएको जानकारी दिँदै आवश्यक सूचना उपलब्ध गराउन नेपाली श्रमिकलाई आग्रह गरेको छ । दूतावासका अनुसार नेपाली नागरिकको अवस्थासम्बन्धी तथा आवश्यक कारबाहीको प्रयोजनका लागि सूचना सङ्कलनका लागि पोर्टल सञ्चालनमा ल्याइएको हो । परराष्ट्र मन्त्रालयको तयार पारेको सो पोर्टलमा साउदी अरेबिया, यमनमा रहेका नेपालीका बारेमा सूचना सङ्कलन गरिनेछ । यस्तै, विभिन्न राजनीतिक दलसम्बद्ध प्रवासी सङ्घसंस्थाले पनि नेपालीको सहयोगका लागि विभिन्न सम्पर्क व्यक्ति तोकिएको जनाएका छन् ।

Read More

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन हुने जनाएको छ ।  प्राधिकरणले देशभर सबै प्रकारका आन्तरिक उडानहरु आवश्यकताअनुसार सञ्चालन हुने र अन्तरराष्ट्रिय उडानहरु मध्यपूर्वी गन्तव्यका उडानबाहेक अन्यत्र नियमित हुने स्पष्ट पारेको छ । मध्यपूर्वी गन्तव्यको उडान सञ्चालन सम्बन्धित देशको निर्णय तथा उडान हुने विमानस्थलको अवस्थाका आधारमा वायुसेवा कम्पनीको संशोधित उडान तालिकाबमोजिम सञ्चालन हुने प्राधिकरणले उल्लेख गरेको छ । मध्यपूर्वमा विकसित परिस्थितिका कारण ती क्षेत्रका सबै उडान तत्कालका लागि स्थगित हुँदै आएको छ ।

Read More

काठमाडौँ- देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले निर्वाचनविरोधी गतिविधि गर्ने, ‘मिस इनफरमेसन’ र ‘डिस इन्फरमेसन’ प्रवाह गर्ने तथा गाडी जलाउनेलगायत निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जनलााई पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार सुरक्षा चुस्त र प्रभावकारी बनाइएकाले काठमाडौँमा राति दुई वटा गाडी जलाएको पाइए पनि निर्वाचनसँग सम्बन्धित अन्य गम्भीर प्रकृतिका कुनै पनि घटना भएका छैनन् । प्रवक्ता काफ्लेले सबै मतदानस्थलमा प्रहरी पुगिसकेको जानकारी दिँदै सुरक्षा मजबुत पारिएको बताए । उनले भने, “जिल्लाका मतदान केन्द्रहरूमा सर्वदलीय, सर्वपक्षीय बैठक बसेर सुरक्षालाई चुस्त बनाउने…

Read More

झापा- झापाको दमकमा निर्वाचन आचारसंहिता विपरीतका गतिविधिमा संलग्न १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। निर्वाचनको समयमा जारी गरिएको आचारसंहिता उल्लंघन गर्ने तथा मादक पदार्थ सेवन गरी होहल्ला र हिँडडुल गर्ने व्यक्तिहरूलाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको हो। गएराति करिब ९:४५ बजे प्रहरी नायव उपरीक्षक (DSP) किशोर लम्सालको कमाण्डमा खटिएको टोलीले दमक नगरपालिकाका विभिन्न क्षेत्रमा गस्ती गरेको थियो। सोही क्रममा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा दमक–५ का २२ वर्षीय अनिस रसाईली, १९ वर्षीय विवेक खड्का र २९ वर्षीय जोन विश्वकर्मा रहेका छन्। त्यस्तै, कमल गाउँपालिका–५ का ५३ वर्षीय अशोक मुखिया, ३९ वर्षीय हर्क राई…

Read More

झापा- रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदैछ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा यो पर्व हर्षोल्लासपूर्वक मनाउन लागिएको हो । आज नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा होली मनाइँदैछ । मगर, थारू समुदायको बाक्लो बसोबास रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा होली पर्वलाई विशेष महत्वका साथ मनाउने गरिएको छ । सबै प्रकारका भेद्भावलाई भष्म गरी परस्परमा रङ हाल्दै सबैलाई रसरङ्गले तरङ्गित तुल्याउने होली उल्लास र रङ्गीचङ्गीको पर्वका रूपमा लिने…

Read More

काठमाडौँ- बिहीबार हुने प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु भएको छ । राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिएको छ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि सोमबार मध्यरात १२ः०० बजेसम्म प्रचारप्रसारको समय दिएको थियो । मतदान हुनु ४८ घण्टाअघिदेखि मतदान सम्पन्न नभएसम्म कायम हुने मौन अवधिमा प्रचारप्रसार, भाषण, भेला, छलफल, समीक्षालगायत निर्वाचनलाई प्रभाव पार्नेगरी कुनै पनि गतिविधि गर्न नपाइने व्यवस्था छ । मौन अवधिमा मत माग्न, पोष्ट गर्न, निर्वाचनलाई प्रभाव पार्नेगरी हिँडडुललगायतका क्रियाकलाप गर्न नपाइने आयोगले जनाएको छ । मौन अवधिमा निर्वाचनलाई प्रभाव पार्ने हिसाबले आर्थिक कारोबार गरिएको भेटिएमा उम्मेदवारी खारेजीमात्रै नभई छ…

Read More

काठमाडौँ- प्रेस काउन्सिल नेपालले मौन अवधिमा आचारसंहिताको पूर्ण परिपालना गर्न आग्रह गरेको छ । काउन्सिसले आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्मसम्म राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा विज्ञापनका अतिरिक्त टक सो, टिप्पणी, विश्लेषण, प्रश्नोत्तरजस्ता कार्यक्रम नगर्न नगराउनेसम्बन्धी निर्वाचन आचारसंहिताको प्रावधान स्मरण गराएको हो । मौन अवधिमा आचारसंहिता उल्लङ्घन भएमा पत्रकार आचारसंहिता, २०७३ र निर्वाचन आचारसंहिता, २०८२ को व्यवस्थाबमोजिम तत्कालै कारबाही प्रक्रिया अवलम्बन गरिने काउन्सिलले उल्लेख गरेको छ । आचारसंहिता उल्लङ्घनका विषयलाई सञ्चारमाध्यमको मूल्याङ्कन, वर्गीकरण एवं लोककल्याणकारीसहितका अन्य विज्ञापनको भुक्तानीका लागि समेत आधारका रूपमा अभिलेखीकरण गरिने काउन्सिलका सहप्रवक्ता रामशरण बोहराले जानकारी दिए। निर्वाचनको मौन अवधिमा आचारसंहिता पालनामा थप संवेदनशील,…

Read More

इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी, जसले देशलाई एक शक्तिशाली अमेरिका-विरोधी शक्तिको रूपमा खडा गरे र आन्तरिक विद्रोहहरूलाई दबाउँदै मध्यपूर्वमा आफ्नो सैन्य प्रभाव विस्तार गरे, इजरायली र अमेरिकी आक्रमणमा मारिएका छन्। एक वरिष्ठ इजरायली अधिकारीले शनिबार रोयटर्सलाई यो जानकारी दिएका हुन्। अमेरिका र इजरायलले शनिबार इरानमा सैन्य आक्रमण गरेका थिए, जसमा त्यहाँका शीर्ष नेताहरूलाई निशाना बनाइएको थियो। यसले मध्यपूर्वलाई यस्तो द्वन्द्वमा धकेलिदिएको छ, जसको बारेमा राष्ट्रपति डोनाल्ड ट्रम्पले यो अमेरिकाको सुरक्षा खतरा अन्त्य गर्ने र इरानीहरूलाई आफ्ना शासकहरू ढाल्ने अवसर दिने बताएका छन्। ८६ वर्षीय खामेनी सन् १९८९ मा इस्लामिक गणतन्त्रका संस्थापक आयतोल्लाह रुहोल्लाह खोमेनीको मृत्युपछि इरानको सर्वोच्च ओहोदामा पुगेका…

Read More