Author: खबरमञ्च
झापा । सौर्य परियोजनाहरूमध्येको ठूलो ‘झापा इनर्जी’को नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् । उद्घाटन कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको परियोजनाका सञ्चालकहरूले जनाएका छन् । यो झापाको पहिलो विद्युत उत्पादन गृह हो । शिवसताक्षी–४ मा झापा इनर्जीले निर्माण गरेको सौर्य ऊर्जा परियोजनाबाट उत्पादित उर्जा मेन ग्रिडमा जडान भइसकेको छ । उत्पादित विजुली नेपाल विद्युत प्राधिकरणको बोलोचोक सबस्टेसनमा जोडिएको छ । यहाँबाट उत्पादित विजुलीको नमूना परीक्षण सकिएर निरन्तर उत्पादन सुरु भइरहेको परियोजनाका सञ्चालक सुवास भट्टराईले बताए । परियोजनामा ८० करोड लगानी छ भने २७ विगाहा जमिनमा सोलार प्यानल तथा आवश्यक भौतिक संरचना निर्माण गरिएको छ । आयोजना…
झापा । झापामा थप तीनवटा सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट सञ्चालनमा आएको छ । भारतसंग सीमा जोडिएको झापामा आपराधिक गतिविधि बढ्न थालेपछि झापामा सशस्त्र प्रहरीले थप तीनवटा बोर्डर आउटपोस्ट (बिओपी) सञ्चालनमा ल्याएको हो । बुधबार एक कार्यक्रमका बीच झापाको गौरीगञ्ज गाउँपालिकामा दुई र कचनवकलमा एउटा बिओपी संयुक्त रुपमा उद्घाटन गरिएको छ । गौरीगञ्ज–२ मा बिओपी लालमाटी, गौरीगञ्ज–४ मा बिओपी अल्तामारी र कचनकवल–५ मा बिओपी डागाबारी स्थापना भएको हो । बिओपी लालमाटीमा भएको कार्यक्रमबाट संयुक्त रूपमा तीन बिओपीको पक्की संरचनाको उद्घाटन भएको सशस्त्र प्रहरी बल नम्बर २ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक देवराज अर्यालले जानकारी दिए । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्की,…
बिर्तामोड । लायन्स क्लब अफ बिर्तामोड लेडी र मनमोहन मेमोरियल सामुदायिक अस्पतालले दोस्रो आदिवासी जनजाति बिर्तामोड महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेका छन् । दुवै संस्थाले संयुक्त रुपमा मंगलवारदेखि निःशुल्क स्वास्थ्य शिविर संचालन गरेका हुन् । स्वास्थ्य सबैभन्दा ठूलो धन हो र स्वास्थ्य रहे हामी पनि रहन्छौ भन्दै महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष निरु उप्रेती ओलीले बताइन् । महोत्सव अवधिभर सो शिविर संचालन गरिने उनले जानकारी दिइन् । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद बिर्तामोडको आयोजनामा संचालन भइरहेको महोत्सव माघभरि चल्ने जनाइएको छ ।
झापा । बिर्तामोड उद्योग वाणिज्य संघको आगामी निर्वाचनको लागि खडा गरिएको ‘स्वतन्त्र व्यवसायिक प्यानल’मा ४ जना पदाधिकारीको नाम टुङ्गो लागेको छ । नेकपा एमालेसहित विभिन्न ५ वटा दलमा आवद्द व्यवसायीहरुको प्यानलमा अध्यक्षमा अर्जुन कुमार मैनाली, वरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे (राजु), महासचिवमा कृष्ण पौडेल नाम टुङ्गो लागेको हो ।यसैगरि व्यवसायी ओम प्रकाश श्रेष्ठले पनि पदाधिकारीमै कुनै एउटा पद पाउने निश्चित भएको छ । बाँकी पदाधिकारी तथा सदस्यहरुको नाम टुङ्याउने विषयमा भने व्यवसायीहरुको आन्तरिक बैठक तथा छलफल चलिरहेको छ । अध्यक्षका उम्मेदवार मैनाली वर्तमान महासचिब र वरिष्ठ उपाध्यक्षका उम्मेदवार घिमिरे वर्तमान वाणिज्य उपाध्यक्ष हुन् । फागुन १४ हुने निर्वाचनका लागि दलहरु आफ्नो…
झापा । झापाको कनकाई नगरपालिकाले सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । सोही क्रममा नगरपालिकामाथि नगरबासीले अनेकन प्रश्न तेर्स्याएका छन् । मङ्गलबार पालिकाको सभाहलमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा उनीहरुले बिबिध बिषयमा प्रश्न गरेका हुन् । स्थानीय तहले चौमासिक रुपमा सार्वजनिक सुनुवाइ कार्यक्रम गर्नु पर्ने भए पनि सात बर्षपछि कनकाईमा पहिलो पटक कार्यक्रम भएको भन्दै नेपाली कांग्रेस कनकाई नगर सचिव रेनुप्रसाद कडेलले प्रश्न गरे । उनले सहज रुपमा पालिकाबाट सूचना उपलब्ध नहुने भन्दै गुनासोसमेत गरे । सन्तोष सुस्केराले एउटै बिषयमा दुईवटा शिर्षकमा बजेट बाँडिनुको कारण माग गरे । उनले बजेट छरिँदा नगरबासी खुसी भएपनि त्यसको उपलब्धि माथि प्रश्न गरे । चन्द्रप्रसाद घिमिरेले…
झापा । झापाका छुट्टाछुट्टै दुई स्थानमा आगलागी हुँदा ११ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ । झापाको बाह्रदशी गाउँपालिका वडा नम्बर ७ स्थित डाँगीबारीमा आइतवार साँझ ६ः५० बजे र गौरादह नगरपालिका वडा नम्बर ४ धरधरेमा आगलागी हुँदा उक्त मूल्य बराबरको क्षति भएको हो । ७ डाँगीबारी स्थित बिजय राजबंशीको टिनको छानो टाटीबेराले बनेको भान्सा घर र बाख्राको गोठमा अचानक आगलागी हुँदा एक लाख पचास हजार रुपैयाँ बराबरको क्षति भएको हो । आगलागी भएको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा जानकारी प्राप्त हुने बित्तिकै इलाका प्रहरी कार्यालय घैलाडुब्बाको प्रहरी टोल, स्थानीय, नेपाल प्रहरी र बिर्तामोड नगरको दमकलको सहयोगमा ७ः४० बजे…
झापा । आदिवासी सन्थाल समुदायको सोहराई पर्वको अवसरमा झापाका हल्दीवारी, कचनकवल, बाह्रदशी, झापा गाउँपालिका र भद्रपुर नगरपालिकाले सोमबार स्थानीय बिदा दिएका छन् । ती पालिकाहरुले छुट्टाछुट्टै सूचना जारी गरी आज सार्वजनिक बिदा दिइएको जनाएका हुन्। ती पालिकामा पालिका कार्यालय र अन्तर्गत रहेका वडा कार्यालयहरू, स्वास्थ्य संस्थाहरू, शैक्षिक संस्थाहरू बन्द रहने छन् । कमल र गौरीगन्ज गाउँपालिकाले भने यसअघि माघ ११ गते नै सार्वजनिक बिदा दिएको नेपाल सन्थाल उत्थान आदिवासी संघका अध्यक्ष लखन हेमरमले जानकारी दिएका छन् । उनका अनुसार झापामा सन्थाल समुदायको जनसंख्या करिव ३७ हजार रहेको छ । सन्थाल समुदायले यो पर्वलाई धार्मिक महत्वका साथ मनाउने गर्दछन् । हल्दीवारी,…
झापा । झापाको बिर्तामोड नगरपालिका ५ की माया पुलामी मगरको हत्यामा संलग्न भएको अभियोगमा बिर्तामोड ८ का चन्द्रप्रसाद प्रसाई पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले आइतबार पत्रकार सम्मेलन गरी प्रसाईलाई सार्वजनिक गरेको हो । बिहे गर्न अस्वीकार गरेपछि प्रसाईले अर्जुनधारा ६ महानन्द चोक पश्चिम मगरको हत्या गरेको प्रहरीले जनाएको छ । आसामबाट ०७२ मा नेपाल फर्किएका प्रसाईं बिर्तामोडको हर्कलाल मार्गमा निर्माणाधीन एक घरमा मजदुरी गर्दै आएका ब्यक्ति हुन् । छोरा बुहारीसंग बिर्तामोड बस्दै आएकी मगरलाई प्रसाईले केही समयदेखि अवैध यौन सम्बन्ध राखेको खुलेको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।…
झापा – चुनाव भएर यतिका बर्ष बित्दा पनि सांसदले गरेका प्रतिवद्धता पूरा नगरेको भन्दै झापा मेचीनगर १५ का युवाले ‘सांसद हराएको सूचना’ लेखेको प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् । जनताको सुखदुखमा हातेमालो गर्ने, जनताका समस्या समाधान गर्ने बाचा र आश्वासन दिएका सांसदलाई त्यसै क्षेत्रका जनताले प्लेकार्ड बोकेर खोजेका हुन् । संघीय संसदमा सोही क्षेत्रबाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधित्व गर्छन् । मेचीनगर १५ स्थित ज्यामिरगढीका युवाहरुले सार्वजनिक रुपमै सांसदलाई खोजेका हुन् । मेचीनगर १५ ज्यामिरगढीमा निर्माण सुरु भएको झोलुङ्गे पुलको काम लामो समयदेखि रोकिएको भन्दै पुल निर्माणका लागि स्थानीय युवाहरुले संघीय सांसद विश्वप्रकाश शर्मा र नगरप्रमुख गोपालचन्द्र बुढाथोकीलाई दबाब मूलक…
झापा । झापामा पनि कटन क्यान्डीको बिक्री वितरण गर्न प्रतिवन्ध लगाइएको छ । बजारमा बालबालिकालाई लक्षित गरि खुल्ला रुपमा विभिन्न रङ्गको प्रयोग गरी बिक्री वितरण हुने कटन क्यान्डीमा प्रयोग भएको रङ्ग सम्बन्धमा विभागस्थित राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालामा परीक्षण गर्दा अखाद्य रङ्ग (रोडामाइन बी) पाइएकाले त्यसको उत्पादन तथा बिक्री वितरणमा प्रतिबन्ध लगाइएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाले जिल्लाका सबै स्थानीय तहहरूलाई पत्र पठाउँदै बालबालिका तथा आम उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पुर्याउने कटन क्यान्डीको बिक्री वितरण कडाइका साथ रोक्न आग्रह गरेको छ । अनुमति लिएका, लेवल भएका बाहेकको कटन क्यान्डीको उत्पादन तथा बिक्री वितरणमा प्रतिबन्ध…