Author: खबरमञ्च

झापा । झापाको अर्जुनधारा जलेश्वर धाममा आगामी बालाचतुर्दशीको अवसर पारेर ४२ औं बार्षिक अनुष्ठान आयोजना हुने भएको छ । धाम समितिले बुधबार पत्रकार सम्मेलन गरेर मंसिर-८ गतेदेखि आयोजना हुने यस बर्षको अनुष्ठानलाई बृहत रुपमा सम्पन्न गर्ने जानकारी दिएको छ । विश्वशान्ति तथा पितृ उद्धारको कामनासहित १०८ अष्टोतरशत आयोजना गर्न लागिएको समितिका अध्यक्ष नविन गट्टानीले जानकारी दिएका छन् । उनले ५१ जना विद्यार्थी बटुक तथा ५ जना आचार्यद्वारा दैनिक हवन, महायज्ञ तथा रुद्राभिषेक कार्य आयोजना गरिने बताए । अन्तर्राष्ट्रिय कथा व्यास तथा १८ पुराणका प्रवक्ता, धर्मदर्शन फाउण्डेसन नेपालका संस्थापक अध्यक्ष कुवेर सुवेदीको प्रमुख वाचकत्व र जलेश्वर धामका मुल अर्चक अग्निप्रसाद सिग्देलको…

Read More

काठमाडौँ । अविरल वर्षासँगै सुनकोशी नदीमा आएको बाढीले संघीय राजधानी काठमाडौंबाट पूर्वी क्षेत्र जोड्ने सडक सञ्जाल छिन्नभिन्न छ । गत असोज ११ र १२ गतेको अविरल वर्षाले देशभर नै ठूलो जनधनको क्षति गर्यो । पुल पुलेसा, सडक सञ्जाल र भौतिक पूर्वाधारको क्षेत्रमा ठूलो क्षति भएको छ । विपद्का कारण आवागमन रोकिएका सडक सञ्जालहरु अधिकांश पूर्ण रुपमा नै सञ्चालनमा आइसकेका छन् । तर विपी राजमार्ग भने अझै पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । पूर्ववर्ती क्षेत्रबाट संघीय राजधानी आउने वैकिल्पक बाटो भनेको उदयपुर चितवनबाट काठमाडौं आउने हो । तर लामो पर्ने भएकाले पाँच घण्टा भन्दा बढी जाममा बसेर भएपनि विपी राजमार्गबाटै…

Read More

झापा । कर्तव्य ज्यान मुद्धामा पक्राउ परी प्रहरी हिरासतमा रहेका बीएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाईका ९ जना समर्थक मंगलबार जेल चलान भएका छन् । उनीहरुलाई पुर्पक्षका लागि जेल चलान गरिएको हो । बयानका लागि झापा जिल्ला अदालत उपस्थित गराइएका उनीहरुलाई अदालतले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । ज्यान मुद्धामा कारागार चलान हुनेहरुमा हल्दिबारी –१ स्थायी ठेगाना भई हाल बिर्तामोड ५ बस्ने राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियानको भ्रातृ संगठन पीडीएफका झापा संयोजक ४० वर्षीय भिम तुम्बापो लिम्बू, पीडीएफका सहसचिव बिर्तामोड– ७ बस्ने ३३ वर्षीय सुरेश चौधरी, पीडीएफका सदस्यहरु हल्दिबारी…

Read More

झापा । झापाको दमकमा जग्गा सम्बन्धी विवादमा दुई पक्षबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । दमक– ३ मा घडेरीको निहुँमा झडप भएको हो । झडपमा परी दमक ९ का ३७ वर्षीय देशु भनिने यमु निरौलाको मृत्यु भएको दमक प्रहरीले जनाएको छ । गम्भीर घाइते निरौलालाई उपचारका लागि आम्दा अस्पताल ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको दमक प्रहरीका इन्स्पेक्टर रामभक्त आचार्यले बताए । दिउँसो ४ बजे जग्गासम्बन्धी विवाद भएको उनले जानकारी दिए । घटना सम्बन्धमा अनुसन्धान भइरहेको उनको भनाइ छ । जग्गा सम्बन्धी विवादमा ग्याङ फाइट नै भएको दमक ३ का वडाध्यक्ष नवीन बरालले बताए ।

Read More

वीरगञ्ज (पर्सा)- मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको आठौँ दिनसम्म कोशी र मधेस प्रदेशबाट ८४ जना सडकमा आश्रित मानवको उद्धार गरिएको छ । मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशनले अघि सारेको मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज २६ गते प्रधानमन्त्री निवास बालुवाटारबाट शुभारम्भ गरेका थिए। उद्धारकार्य भने यही असोज २८ गतेदेखि मेचीपुलबाट थालनी गरिएको थियो । मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले मेची– महाकाली राष्ट्रिय उद्धार यात्राको आठौँ दिन सोमबारसम्म आइपुग्दा कोशी र मधेस प्रदेशमा गरेर ८४ जना सडकमा आश्रित मानवको उद्धार गरेको जानकारी दिए । “मेचीपुलबाट यात्रा थालेको उद्धार यात्रा आठौँ दिनसम्म कोशी र मधेस…

Read More

पाँचथर । गत असोज १० गतेदेखि १२ गतेसम्मको अविरल वर्षाका कारण जिल्लाका कतिपय स्थानमा पहिरो झरेपछि सदरमुकाम फिदिम आसपासका क्षेत्र जोखिमपूर्ण बनेका छन् । सदरमुकाम फिदिम बजार आसपासका बजार तथा बस्ती पहिराका कारण जोखिममा परेका हुन् । पहिरो झर्नुका साथै जमिने भासिने, लच्किने भएपछि यहाँका निजी तथा सामुदायिक संरचना जोखिममा परेका छन् । यसअघि पहिराको ठूलो जोखिम नदेखिएका बजार नजिकका क्षेत्रमा पहिरो झरेपछि स्थानीयवासी त्रासमा छन् । बजार नजिकको सुन्तलीचोकमा सडक माथिबाट ठूलो पहिरो झरेको थियो । यो पहिरोले ठूलो क्षति नगरे पनि पहिरोमाथिको जमिन लच्किएको छ भने सडक केहीतलको जमिन दबिएको स्थानीय बताउँछन् । फिदिम नगरपालिका–७, ८ र १३…

Read More

झापा । झापा बाह्रदशी– ५ फूलवारीका २२ वर्षीय राजेश हजामको हत्याकाण्डलाई खोतल्ने हो भने चलचित्रको कथाभन्दा रोचक पाइन्छ। विद्यालय पढ्दै गरेकी २० वर्षीया मुना मेचेलाई स्कुल बसका चालक र सहचालक दुवैले मन पराएपछि त्यहाँबाट उनीहरूको ‘क्राइम स्टोरी’ सुरु भएको देखिन्छ। बाह्रदशी– ५ घोडामारा माइत भएकी मुना बाह्रदशीको कञ्चनज्योति अंग्रेजी विद्यालय पढ्थिन्। त्यस स्कुल बसका चालक (हाल मुनाका श्रीमान्) अशोक राजवंशी थिए भने मारिने राजेश हजाम थिए सहचालक। स्कुल बसमा चढेर विद्यालय आउजाउ गर्ने मुना कक्षा ७ मा पढ्दाखेरी नै अशोक र राजेश दुवैले मन पराएका थिए। हेर्दा राम्री र मानिससंग छिट्टै नजिकिने स्वभाव मुनाको थियो। दुवैले मन पराए पनि आखिर…

Read More

झापा । झापाको हल्दिवारी–१ गोलधापबाट १३ जना जुवाडे पक्राउ परेका छन्। आइतबार राति हल्दिबारी –१ गोलधाप बजार बस्ने गजेन्द्र काङबाङको घरमा जुवाजन्य तास तथा कौडा खेलिरहेको अबस्थामा प्रहरीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो। तर प्रहरीले घटना ढिलो गरेर सार्वजनिक गरेको छ। गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले नगद ८३ हजार २८५, कौडा १६ थान, तास ४६९ थान, खाल १ थान, काठको फ्रेम १ थान, स्क्रिन टच मोबाइल ११ र किप्याड मोबाइल २ थान बरामद गरेको छ। पक्राउ पर्नेहरुमा हल्दिबारी– १ बस्ने वर्ष ६३ का यज्ञराज त्रिताल, सोही ठाउँ बस्ने वर्ष ४५ का बिरबहादुर गुरुङ, वर्ष…

Read More

भद्रपुर (झापा)- मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा चिया निर्यात ३६ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार तीन महिनामा छ हजार चार सय २६ दशमलव ७६ मेट्रिक टन चिया निर्यात भएको हो । चिया निर्यातको परिमाणसँगै यसको मूल्य ५० दशमलव ८८ प्रतिशतले बढेको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए । चालु आवको पहिलो तीन महिनामा रु एक अर्ब ७१ करोड ४० लाख ३१ हजार बराबरको चिया निर्यात भएको छ । आव २०८०/८१ को सोही अवधिमा रु एक अर्ब १३ करोड ५९ लाख ९४ हजार बराबरको चिया निर्यात भएको थियो । भारतमा चिया उत्पादनमा कमी…

Read More

काठमाडौँ । पार्टीको केन्द्रीय कार्यालय बनाउन जग्गा दान लिएको विरुद्धमा सार्वजनिक अभिव्यक्ति दिएकी नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले आफू सत्यको पक्षमा उभिने बताएकी छन्। आइतबार साँझ बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले उनीलगायत तीन जना नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको खबर सार्वजनिक भएलगत्तै उनको यो प्रतिक्रिया आएको हो। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले ‘एक्लै भए पनि सत्यको पक्षमा उभिनु पर्दछ – गौतम बुद्ध’ भन्दै नेतृ बिन्दा पाण्डेसँगको तस्बिर सार्वजनिक गरेकी छन्। भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङबाट पार्टी कार्यालय बनाउन जग्गा दान लिएको विषयमा उनीहरूले सार्वजनिक रुपमै विरोध गरेका छन्। तिम्सेनाले आइतबार बिहान एक सञ्चारमाध्यसँगको अडियो अन्तर्वार्तामा पार्टी नेतृत्वको जग्गा दान…

Read More