Author: खबरमञ्च

झापा- टिकटक बनाउने क्रममा तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाको खोरुङगा खोलाको खोंचमा खसेर शिक्षिका र एक छात्राको मृत्यु भएको छ । मोरङ बिराटनगर घर भई स्थानीय गौखुरी माविमा नर्स शिक्षिकाको रुपमा कार्यरत रबिना राजवंशी र कक्षा ७ मा अध्ययनरत अन्दाजी १२ वर्षीया सुस्मिता भट्टराईको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक चिनीमाया तामाङले बताइन् । शनिबारको बिदा पारी साथीहरुसँग शिक्षिका र विद्यार्थी विद्यालयको दक्षिणतर्फ रहेको खोरुङ्गा खोलामा पौडी खेल्न गएका थिए । सोही खोलामा अपराह्न टिकटक बनाउने क्रममा खोंचमा खसेका दुवै जनाको घटनास्थलमै मृत्यु भएको गाउँपालिका अध्यक्ष यादवबहादुर खापुङले जानकारी दिए । मृतकको शवखोंचबाट निकालेर खोला बगरमा ल्याइएको प्रहरी नायव उपरीक्षक तामाङले जानकारी…

Read More

झापा- लागुऔषध गाँजाको कारोबार गरिरहेको अबस्थामा झापाको बुद्धशान्तिबाट प्रहरीले एकजना युवतीलाई पक्राउ गरेको छ । गएराति ११.३० बजे बुद्धशान्ति गाउँपालिका वडा नं.३ धिमाल टोलमा लागुऔषध गाँजाको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेका इन्चार्ज प्रहरी नायव निरीक्षक सुवास शेर्पा नेतृत्वमा खटिएको प्रहरी टोलीले सोही ठाउँ बस्ने ६० वर्षीय श्याम धिमालको घर खानतलासी लिँदा उनी सुत्ने कोठाबाट तयारी गाँजा ४ केजी फेला परेको थियो । गाँजासहित उक्त कोठाबाट भारतीय रुपैयाँ २ हजार ३६०, नेपाली रुपैयाँ ३ लाख ६ हजार ८७०, तराजु –१ थान, ढक ८ वटा, माटोको चिलिम ६७ पिस, लाईटर १० पिस, सुतली डोरी अन्दाजी १० मिटर,…

Read More

झापा- न्युरोड टिम (एनआरटी) झापाको बिर्तामोडमा आयोजना भएको झापा कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनल खेलबाट चर्च ब्वाइज फाइनल पुगिसकेको छ। जितसँगै एनआरटीले लिग विजेता चर्च ब्वाइज युनाइटेडसँगको भेट पक्का गरेको छ । एनआरटीले इटहरीको राष्ट्रिय जागृति क्लबलाई टाइब्रेकरमा ३–० गोल अन्तरले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । इलाम गोल्डकपको विजेता एनआरटीले फाइनलमा चर्च ब्वाइज युनाइटेड क्लबको सामना गर्नेछ । खेलको ९० मिनेट गोलरहित बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो । टाइब्रेकरमा एनआरटीका एञ्जल महर्जन, कृतिश छुञ्जु र अभिषेक लिम्बूले गोल गर्न सफल भए । जागृतिका कप्तान प्रवेश दनुवार र सविन घिमिरेको प्रहार गोलरक्षक…

Read More

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले विविधतालाई एकतामा बदलेर सामाजिक न्याय र सामाजिक सद्भाव कायम गर्न आवश्यक रहेको बताएका छन्। शनिवार विश्व ध्यान दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। उनले मानिस भएपछि एकले अर्कोलाई प्रेम गर्नुपर्ने र नेपालीहरु एकजुट हुनुपर्ने बताए। उनले परस्परमा घृणा नभइ विविधतालाई एकतामा बदलेर सामाजिक न्याय र सामाजिक सद्भाव कायम गर्न आवश्यक रहेको बताए। उनले ध्यान र योगले भवना, व्यवहार, अभ्यासलाई राष्ट्रिय एकताको भावनाका रुपमा अघि बढाउन मद्दत गर्ने बताए। उनले ध्यान दिवसलाई औपचारिक दिवसको रुपमा मात्रै नभइ वास्तविक जीवन पद्धतिको रुपमा अपनाउने मार्गदर्शनको रुपमा अघि बढाउनुपर्ने धारणा राखे । आफू…

Read More

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा खेलमा सुदूरपश्चिम रोयल्सलाई स्तब्ध पार्दै जनकपुर बोल्ट्सले उपाधि जितेको छ । यसअघि दुई चोटी जनकपुरलाई हराएको सुदूरपश्चिम फाइनलमा भने ५ विकेटले पराजित हुनपुग्यो । १ सय ८५ रनको लक्ष्य जनकपुरले १९.२ ओभरमा ५ विकेटको क्षतिमा पछ्यायो । टोलीका लागि लाहिरु मिलन्था नायक बने । उनले मात्र ४९ बलमा सर्वाधिक ८७ रन बनाए । उनले यस क्रममा ९ चौका र ४ छक्का हिर्काए । प्रतियोगितामा उनको यो दोस्रो अर्धशतक थियो । खेलमा जनकपुरले विस्फोटक सुरुवात गरेको थियो । आसिफ शेख र लाहिरु मिलान्थाले अर्धशतकीय साझेदारी गरे । उनीहरुले ७ ओभरमा ७३ रन जोडे ।…

Read More

बाजुरा- जिल्लाको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर पाँच दशमलव २ रेक्टर म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो । भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए । भूकम्प गएपछि स्थानीयले घर बाहिर निस्किदै होहल्ला गरेका हुन् । पुनः भूकम्प आउने डरले स्थानीय त्रासमा रहेका छन् । भूकम्प गएपछि क्षतिको के कति भयो, भन्नेबारेमा यकिन हुन सकेको छैन ।

Read More

ग्रीसको तटरक्षकले शुक्रबार एजियन सागरमा डुब्ने आप्रवासी बोकेको स्पिडबोटको खोजी गर्दा कम्तीमा आठ जनाको मृत्यु भएको बताएको छ । तटरक्षकले भाग्ने प्रयास गर्दा डुङ्गा पल्टिएको र थप २६ जनालाई उद्धार गरिएको बताएको छ । तीमध्ये १७ जनालाई अस्पताल लगिएको सार्वजनिक प्रसारणकर्ता इआरटीले जनाएको छ । डुङ्गा चालकले ग्रीक गस्तिमा रहेको जहाजबाट बच्ने प्रयास गर्दा ‘नियन्त्रण गुमाएको’ तटरक्षकको विज्ञप्तिमा उल्लेख छ । यो घटना आप्रवासी–तस्करहरूले बारम्बार प्रयोग गर्ने मार्गमा टर्कीको तटको विपरीत रोड्स टापु नजिकै भएको हो । तटरक्षक जहाज र हेलिकप्टरले थप जीवित व्यक्ति खोजी गरिरहेका थिए। ग्रीसमा यस वर्ष आइपुग्ने आप्रवासीहरूको सङ्ख्या २५ प्रतिशतले वृद्धि भएको र रोड्स तथा…

Read More

झापा- संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको विश्व ध्यान दिवस आज नेपालमा पनि विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवं सामाजिक संस्थाले मनाउँदै छन् । डिसेम्बर ६, २०२४ मा संयुक्त राष्ट्रसङ्घको महासभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसको रूपमा घोषणा गरेको थियो । विश्व ध्यान दिवसका अवसरमा विश्वव्यापी रुपमा ३२ घण्टासम्म लगातार ध्यान कार्यक्रम आयोजना गरिने भएको छ । राष्ट्रसङ्घले ऐतिहासिक मान्यता दिई हरेक वर्ष डिसेम्बर २१ मा विश्व ध्यान दिवस मनाउने निर्णयको यस क्षेत्रमा काम गर्ने विभिन्न संस्थाले स्वागत गरेका छन् । नेपाल सरकारले पनि आज ध्यान दिवस मनाउने जनाएको छ । यस अवसरमा देशभरका योग, ध्यानलगायत आध्यात्मिक क्षेत्रमा काम गर्ने सङ्घ संस्थाले विभिन्न…

Read More

इलाम- यहाँको रोङ गाउँपालिकाले महिलालाई नौमती बजाउने तालिम सञ्चालन गरेको छ । नौमती बजाउने तालिममा ब्राह्मण, क्षेत्री समुदायका महिला सहभागी छन् । यही पुस ४ गतेदेखि १५ महिलाले तालिम लिइरहेका छन् । पुरातनवादी सोच हटाएर लोप हुन लागेको संस्कार, संस्कृति जगेर्ना गर्न तालिम आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोले बताए । “महिलाको क्षमता विकास गर्न, उनीहरुलाई व्यावसायिक बनाएर आर्थिक रुपमा सबल बनाउन तालिमले सहयोग गर्छ भन्ने हाम्रो अपेक्षा छ”, अध्यक्ष स्याङ्बोले भने, “बाजागाजा कुनै जातले छुने, कसैले नछुने भन्ने पुरातन सोच अब राख्नु हुन्न । लोप हुँदै गएका संस्कार, संस्कृति, लोकबाजा संरक्षण गर्नु सबैको दायित्व हो ।” सुरूका दिनमा बाजा…

Read More

काठमाडौँ – मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन्। संगठित अपराध र आपराधिक लाभ लिन नहुने कसुर गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका प्रसाईं सर्वोच्चको आदेशपछि रिहा भएका हुन्। सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र सारंगा सुवेदीको इजलासले प्रसाईंलाई छाड्न सरकारलाई बिहीबार आदेश दिएको थियो। प्रहरीका अनुसार उनलाई हाजिरी जमानीमा छाडिएको छ। उनका छोरा निराजन प्रसाईँले दिएको बन्दी प्रत्यक्षीकरण मुद्दामा यसअघि सर्वोच्चले बन्दी झिकाउन आदेश दिएको थियो।

Read More