Author: खबरमञ्च
झापा- सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोख्रेलले स्वकीय सचिव अनिलकुमार पोख्रेललाई पदबाट बर्खास्त गरेका छन् । पोख्रेल ठगी धन्दामा संलग्न रहेको सार्वजनिक भएपछि पदबाट हटाइएको हो । आज एक विज्ञप्ति जारी गर्दै सभापति पोख्रेलले भनेका छन्, ‘मेरो स्वकीय सचिवको रूपमा कार्यरत अनिल कुमार पोख्रेललाई उच्च अदालत मोरङबाट पक्राउ पुर्जी जारी भएको भन्ने विभिन्न मिडियामा प्रकाशित समाचार प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। निजमाथि लगाइएका विभिन्न आरोपहरूको अनुसन्धानमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ मेरो स्वकीय सचिवको जिम्मेवारीबाट आजैको मितिदेखि लागु हुनेगरी निष्कासन गरेको ब्यहोरा अनुरोध गर्दछु ।’ भ्रष्ट्राचार जन्य क्रियाकलापमा संलग्न जो कोही माथि निष्पक्ष छानबिन र दोषी उपर कडा कारबाही…
झापा- कोशी प्रदेशमा नसर्ने प्रकृतिका उच्च रक्तचाप, मधुमेह, श्वासप्रश्वास एवं दम रोगसँग सम्बन्धित बिरामी बढिरहेको प्रदेश स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ । कोशी प्रदेशमा अघिल्लो आर्थिक वर्ष २०७९/८० मा उच्च रक्तचापका बिरामीको सङ्ख्या एक लाख ४४ हजार एक सय ३९ रहेकामा गत आव २०८०/८१ मा डेढ लाखभन्दा बढी वृद्धि भई दुई लाख ९७ हजार ५७ पुगेको स्वास्थ्य कार्यालयले स्पष्ट गरेको छ । यसैगरी नसर्ने रोगअन्तर्गत दोस्रो स्थानमा रहको मधुमेह (चिनी रोग) देखिएका बिरामीको सङ्ख्या गत आवमा एक लाख ८६ हजार तीन सय ८७ रहेकामा चालु आर्थिक वर्षको पाँच महिनामा १५ हजार तीन सय ३९ रहेको छ । त्यस्तै तेस्रो स्थानमा…
झापा- आगामी माघ ८ गतेदेखि बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव गर्नेगरी बिर्तामोड उद्योग वाणिज्य संघले तयारी थालेको छ । बिहीबार पत्रकार सम्मेलन गरी वाणिज्य संघले महोत्सवको तयारी शुरु गरिएको जनाएको हो । सुस्त रहेको अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले आगामी माघ ८ देखि १९ गतेसम्म बिर्तामोड–५ धर्मकाँटा रोडको मंगल एकता टोलको खाली जमिनमा महोत्सव सञ्चालन हुने भएको हो । बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव हुने भएको हो । महोत्सवलाई चार भागमा विभाजन गरिएको छ । महोत्सवमा प्रदर्शनी तथा बिक्री कक्ष, सांस्कृतिक तथा सांगीतिक क्षेत्र, बाल उद्यान तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्र रहेका छन् । महोत्सवमा एक सय ५० वटा स्टल…
झापा- भक्तपुरमा स्कुटर दुर्घटनामा घाइते भएका झापा भद्रपुरका निश्चल राजभण्डारीको उपचारका क्रममा निधन भएको छ । तीन दिनअघि भद्रपुर–८ निवासी अन्दाजी २९ वर्षीय निश्चल राजभण्डारी र उनकी पत्नी पूजा राजभण्डारी भक्तपुरको सानोठिमीमा स्कुटर दुर्घटनामा परी घाइते भएका थिए । नर्भिक हस्पिटलको सघन उपचार कक्षमा उपचारका क्रममा बिहीबार साँझ निश्चलको निधन भएको भद्रपुर नगरपालिकाका पूर्वनगरप्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिए । मृतक भद्रपुर नगरपालिकाका पूर्व उपप्रमुख चन्द्रा श्रेष्ठका एकमात्र छोरा हुन् । उनकी श्रीमतीको भने उपचार भइरहेको जनाइएको छ । दुवैजना अध्ययनका लागि अस्ट्रेलियामा बसेर केही दिनअघि मात्रै मूलघर भद्रपुरमा आइ फेरि अस्ट्रेलिया फर्कन काठमाडौं गएका थिए। पारिवारिक स्रोतका अनुसार राजभण्डारी दम्पती…
झापा- लागुऔषध सेवन गरेर सवारी साधन चलाउने कोशी प्रदेशमा दिनानुदिन बढ्दै गएको देखिएको छ। केही दिन अघि झापामा लागुऔषध सेवन गरेका १४ जना चालक तथा सहचालकलाई मुद्दा चलाउने तयारी हुँदै गर्दा सुनसरीबाट पनि १४ जना लागुऔषध प्रयोगकर्ता सवारी साधनका चालक तथा सहचालक पक्राउ परेका छन्। कोशी प्रदेशमा सवारी दुर्घटनाका घटना वृद्धि भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरी र राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको टोलीले सवारी चेकजाँच गर्दा लागुऔषध सेवन गरी सवारी साधन चलाउने १४ जना चालक र सहचालकलाई पक्राउ गरिएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले बताएका छन् । उनले कोशी राजमार्गका विभिन्न जिल्लामा आवतजावत गर्ने यात्रुबाहक बस तथा…
काठमाडौँ- काठमाडौँमा आज दिउँसो १ बजेर २ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ । सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर चार दशमलव आठ म्याग्निच्यूडको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका प्रवक्ता मोनिका झाका अनुसार विसं २०७२ को गोरखा केन्द्रविन्दु भएको भूकम्पकै पराकम्प स्वरुप आजको धक्का महसुस गरिएको हो ।
काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नुवाकोटको शेरा दरबारको जग्गा सरकारको नाममा फिर्ता ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीवार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले ललिता निवासको जस्तै शेरा दरबारको जग्गा सरकारको नाममा फिर्ता ल्याउन सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले शेरा दरबार जग्गा प्रकरणको निश्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न चाहेको खण्डमा सरकारलाई सहयोग गर्न तयार रहेको बताए। उनले सरकारको जमिन कुनै व्यक्तिले गैरकानूनी रुपले व्यक्तिको नाममा हाल्ने कार्यमा जो कोही संलग्न भएपनि कानूनको दायरामा ल्याउनुपर्ने बताए। उनले ललिता निवासको सयौं रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याइएजस्तै शेरा दरबारको जग्गा सरकारको…
काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वनेता डा भीमबहादुर रावलले पार्टीले साधारण सदस्यसमेत नरहने गरी आफूमाथि गरेको कारबाही दलको विधान, विधि र प्रक्रियाअनुरुप नरहेको जिकिर गरेका छन् । पार्टीबाट निस्कासित भएपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै एमालेका पूर्वनेता रावलले भने, “आफूले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने र त्यसक्रममा शुभचिन्तक, शुभेच्छु र आमजनताबाट प्राप्त सद्भाव र भावनाका आधारमा अघि बढ्नेछु ।” एमाले सचिवालय बैठकले उनलाई यही पुस १० गते साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कासन गरेको थियो । एमालेमा रहँदा उनले सरकारको उपप्रधानमन्त्री, पर्यटन तथा नागरिक उड्डयन, गृह र रक्षामन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसरसमेत प्राप्त गरेका थिए । पार्टीभित्र आफूलाई राष्ट्रवादी नेता भन्न रुचाउने…
झापा- जङ्गली हात्तीको आक्रमणमा कचनकबल वडा नं ७ की ३४ वर्षीया केलावती राजबंशीको आज मृत्यु भएको छ । स्थानीय दिपज्योति सामुदायिक वनमा गाउँका १५ जना महिलाहरूसँग दाउरा खोज्न गएकी राजबंशी आज दिउँसो १२ बजेतिर एउटा हात्तीले लखेटेपछि जङ्गलमै हराइरहेकी थिइन् । हात्तीको लखेटाइमा महिला बेपत्ता भएको खबर पाएपछि नौ किलोमिटर टाढा रहेको इलाका प्रहरी कार्यालय बनियानीबाट प्रहरी नायव निरीक्षक रोहित मगरको नेतृत्वमा प्रहरीको टोलीले जङ्गलमा खोजी गर्दा उहाँलाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि सुरूमा भद्रपुरको ओमसाई पाथिभरा हस्पिटल पुर्याएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दले बताए। मरणासन्न अवस्थामा रहेकी घाइतेलाई थप उपचारका लागि भद्रपुरकै प्रादेशिक अस्पतालमा लगिएको…
हेटौँडा- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी अनुसन्धानमा जोडिएका कांग्रेसका पदाधिकारी वा कुनै नेता छन् भने पाता कसेर लैजान आग्रह गरेका छन्। यो कुरा आफूले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई बैठकहरूमा तथा सार्वजनिक रूपमा पनि भनेको थापाले बताए। ललितपुरको मितेरी सहकारीमा कांग्रेस उपसभापति धनराज गुरूङ जोडिए पनि अनुसन्धान नभएको चर्चा भइरहेको छ। मकवानपुरमा मंगलबार आयोजित कार्यक्रममा महामन्त्री थापाले उपसभापति गुरूङको नाम नलिई भनेका छन्, ‘मैले सरकारका प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि भनिरहेको छु, यहाँबाट सार्वजनिक रूपमा पनि भन्छु, यदि कांग्रेसको नेता, पदाधिकारी वा कोही माछे सहकारीको ठगीमा कहीँ कतै पनि अनुसन्धानले देखाउँछ भने पाता कसेर लैजानू।’ जसले गल्ती गर्छ…