Author: खबरमञ्च

झापा- झापाको गौरीगञ्जमा आगलागी भएको छ । बिहीबार साँझ ६ बजेतिर भएको आगलागीबाट गौरीगन्ज –१ भन्सार टोलका नौलोसिंह थापाको ग्वाली र भान्सा जलेर नष्ट भएको छ । आगलागीबाट ४ वटा बाख्रा जलेर मरेका छन् भने २ विघा जमिनमा फलेको धान र इलेक्ट्रीक साइकल २ वटा पूर्ण रुपमा जल्दा अन्दाजी २५ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । गौरादह र शिवसताक्षी नगरपालिकाको दमकल, इलाका प्रहरी कार्यालय गौरीगञ्जको प्रहरी टोली र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको हो।

Read More

काठमाडौँ- स्थानीय तह उपनिर्वाचनको मौन अवधि आजदेखि सुरु भएको छ । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार निषेध अवधि सुरु भएको उल्लेख गर्दै उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सबैलाई आग्रह गरेको छ । स्थानीय तहको मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म लागू हुने निर्वाचन प्रचारप्रसार निषेध अवधि यही मङ्सिर १३ गते राति १२ः०० बजेदेखि सुरु भएको आयोगले जनाएको छ । निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा २४ उपदफा ५ र निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले निर्वाचन आचारसंहिता प्रतिकूलका कुनै…

Read More

झापा- कन्काई ३ मा गौहत्या भएको दुई दिनमै झापाको अर्जुनधारामा पनि गौहत्या भएको छ। अर्जुनधारा ५ पानीकलस्थित बिरिङ खोलाको किनारमा गौहत्या गरिरहेको अवस्थामा गएराति ९.४५ बजे एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५० वर्षीय राम तामाङ रहेका छन् । उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । अर्का एक जना फरार रहेको प्रहरीले जनाएको छ। यसअघि मंगलवार कन्काई ३ टप्पुमा लैनो गाईको हत्या भएको थियो। त्यस घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Read More

झापा- झापाको कन्काई ३ टप्पुमा भएको गौहत्यामा संलग्न चार जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा बाह्रदशी गाउँपालिका वडा नं. ४ बस्ने ४६ वर्षीय बुधन आलम, उनकी श्रीमती ३९ वर्षीया कुरेसा खातुन , भारत किसनगञ्ज ठेगाना भई हाल कनकाई ३ मा बस्ने २० वर्षीय दिलवर हुसेन र उनकी श्रीमती १९ वर्षीया महिदा खातुन रहेका छन् । प्रहरीले तदारुकताका साथ खोजतलास गरी उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । बुधन आलमलाई बाह्रदशी गाउँपालिका वडा नं.४ बाट पक्राउ गरिएको हो भने कुरेसा खातुन, दिलवर हुसेन र महिदा खातुनलाई भद्रपुर नगरपालिका वडा नं. ५ मेची…

Read More

झापा- झापाको शिवसताक्षीमा भएको दुर्घटनामा परेका घाइतेको उपचारका क्रममा मृत्यु भएको छ । आज बिहान शिवसताक्षी नगरपालिका-१ कमल पुलस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १-०१-००१ च ८२२१ नम्बरको बोलेरो पिकअप र बिपरित दिशाबाट जाँदै गरेको मे ६ प २५१४ नम्बरको मोटरसाइकल ठक्कर खाएको थियो । दुर्घटना हुँदा मोटरसाइकल चालक शिवसताक्षी-८ का अन्दाजी ३५/४० बर्षका ललित बहादुर थापा घाइते भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले पिकअप र पिकअप चालक मेचीनगर नगरपालिका -८ बस्ने विशाल खवासलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय झिलझिलेमा राखि थप अनुसन्धान कार्य जारी रहेको जनाएको छ ।शिवसताक्षी नगरपालिका-१ कमल पुलस्थित…

Read More

झापा- पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा जलेश्वर धाममा आयोजना गरिएको अष्टोत्तोरशत् १०८ श्रीमद् भागवत पाठ पारायण तथा हवनात्मक महायज्ञमा भक्तजनको भीडभाड अत्यधिक बढेको छ। दैनिक थामिनसक्नु भीड बढ्दै गएको छ। भक्तजनलाई बस्न बनाइएको ठूलो पण्डाल पनि साँघुरो भएर थप पण्डाल बनाउनुपर्ने अवस्था आएको धामसमितिका महासचिव शिवलाल खतिवडाले जानकारी दिए। आज पाँचौं दिनको कार्यक्रम चलिरहँदा बिहानैदेखि अर्जुनधारामा भक्तजनको भीड बढेको छ। मूलमण्डप, यज्ञमण्डप, १०८ श्रीमद् भागवत पाठपारायण कुटी, लाइट सिस्टम तथा साँझको गंगा आरती अर्जुनधारा धामको बार्षिक कार्यक्रमका मुख्य आकर्षण बनेका छन्। शनिवार विश्व प्रसिद्ध हिन्दू धर्मगुरु कालिदास (कालिबाबा) तथा कृष्णप्रणामी धर्मगुरु मोहन प्रियाचार्यद्वारा उद्घाटन गरिएको धामको ४२ औं बार्षिक अनुष्ठानमा…

Read More

बनियानी (झापा)- झापा गाउँपालिका–५ पन्थापाडाकी ७० वर्षीया खिरमन गणेश तीन दशकदेखि हात्तीपाइले रोगबाट पीडित छिन्। उनको घुँडामुनिको भाग सुन्निएको छ । दुईदिने स्वयं हेरचाह तालिम लिएपछि उनको दैनिकी केही सहज बनेको छ । सहारा नेपालद्वारा सञ्चालित ‘विश्वास’ परियोजनाले उनलाई स्वयं हेरचाह तालिम दिएपछि उनी आफ्नो स्वास्थ्यको स्याहार आफैँ गर्न सक्ने भएकी हुन् । “२५–३० वर्ष भयो रोग लागेको”, लुगा धुने ठूलो बाटामा दुवै खुट्टा डुबाएर सरसफाइ गर्न बस्नुभएकी उनले भनिन्, “बिरामी खुट्टा कसरी सफा गर्ने थाहा भयो ।” उनीजस्तै हात्तीपाइलेपीडित झापा गाउँपालिका–५ पन्थापाडाकी बिनादेवी गणेशलाई अहिले उठबस गर्न समस्या हुन्छ । स्वयं हेरचार तालिम लिएपछि आफ्नो दैनिकी केही सहज भएको…

Read More

झापा- पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिक अवधिमा रु सात अर्ब ८२ करोड ५५ लाख चार हजारको कृषि बाली भारत निर्यात भएको छ । आयातको तुलनामा कृषि वस्तुको निर्यात सात गुणा बढी रहेको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाले जनाएको छ । उक्त त्रैमासिक अवधिमा पूर्वीनाका काँकडभिट्टाबाट रु ७९ करोड ६३ लाख १० हजारको कृषि बाली आयात भएको छ । कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार रु चार अर्ब ४८ लाखको चिया, रु एक अर्ब ५५ करोडको अलैँची, रु एक अर्ब पाँच करोडको प्लाई तथा भेनियर, रु ३३ करोड ९६ लाखको अम्लिसो रु २० करोड ५५ लाखको अदुवा, रु…

Read More

झापा – पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा जलेश्वर धाममा अहिले प्रकाशमय बनेको छ। भारतबाट ल्याइएको लाइटिङ सिस्टमका कारण अर्जुनधारा जलेश्वरधाम अहिले प्रकाशमय बनेको हो। धामको ४२ औँ वार्षिक अनुष्ठानमा आयोजना गरिएको अष्टोत्तोरशत् १०८ श्रीमद् भागवत पाठ पारायण तथा हवनात्मक महायज्ञमा लगाइएको लाइटिङ सिस्टममा मानिसहरू आकर्षित भएका छन्। धाम क्षेत्र प्रवेश गर्ने मार्ग शनिश्चरेदेखि नै प्रकाश (बिजुली)को सजावटले शनिश्चरे बजार तथा धाम क्षेत्र प्रकाशमय बनेको हो। साँझपख त्यही प्रकाशमा फोटो खिच्ने तथा खिचाउने मानिसहरूको घुइँचो लाग्ने गरेको छ। धाम परिसर तथा सडकमार्गमा लगाइएको लाइट सिस्टम १० लाख भारतीय रुपैयाँमा लगाइएको धामसमितिका कोषाध्यक्ष मनोज जोशीले बताए। तस्बिरहरूः

Read More

झापा- मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य लिलाबल्लभ अधिकारीविरुद्ध काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको छ । जिल्ला सरकारी वकील कार्यालय, काठमाडौंका प्रमुख सन्देश श्रेष्ठका अनुसार विभिन्न ९ आधारमा अधिकारीलाई मुद्दा नचलाउने निर्णय गरिएको हो । ‘प्रतिवादी लिलाबल्लभ अधिकारी स्वयंले जापानको नारिता विमानस्थलबाट घटनाको सम्बन्धमा नेपाल प्रहरीहरूलाई जानकारी दिएको । जापान सरकारले अन्य प्रतिवादीहरुलाई एक्सक्लुजन अर्डरबाट डिपोर्ट गरेकोमा निज लिलाबल्लभ अधिकारीको हकमा निज स्वयंले अनुरोध गरी फिर्ता भई आएको देखिएकोले मुद्दा नचल्ने आधार स्पष्ट हुने सरकारी वकिल कार्यालयको निर्णय छ । त्यस्तै, अन्य प्रतिवादीहरूले अनुसन्धानको क्रममा बयान गर्दा अधिकारीको संलग्नता सम्बन्धमा…

Read More