Author: खबरमञ्च

काठमाडौँ- राप्रपा नेपालको महाधिवेशन आगामी मङ्सिर १३ देखि १५ गतेसम्म काठमाडौँमा हुने भएको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा यही पुस १९ र २० गते बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले राजनीतिक कार्यपत्र, सङ्गठन विभागको प्रतिवेदन, तराई मधेस उत्थान अभियानसम्बन्धी कार्ययोजना, आर्थिक प्रतिवेदन र सचिवालयको प्रतिवेदन परिमार्जनसहित पारित र महाधिवेशनको मिति तय गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । बैठकले बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्न समान विचारधारा भएका दल वा समूहसँग सकेसम्म एकता तथा सहकार्य गरी मोर्चा बनाउने र पार्टीले अवलम्बन गरेको सम्वर्द्धनवादको धरातलमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको मार्गदर्शन र दिव्योपदेशलाई ‘पृथ्वीपथ’को रूपमा अङ्गीकार गर्ने निर्णय गरेको…

Read More

काठमाडौँ- विश्व हिन्दु महासङ्घले सांसद एवं पूर्वमन्त्री प्रेमबहादुर आलेलाई हिन्दु रत्न अवार्ड प्रदान गरेको छ । महासङ्घले भारतको नयाँ दिल्लीस्थित खाटु श्याम दिल्ली धाममा आयोजना गरेको एक विशेष समारोहमा सांसद आलेलाई हिन्दु धर्म संरक्षण एवं सम्वर्द्धनका अगुवा कालीबाबा शङ्कराचार्यसहित महासङ्घका पदाधिकारीहरुले उक्त अवार्ड प्रदान गरेका हुन् । महासङ्घले प्रत्येक पाँच वर्षमा विभिन्न देशका समाजसेवी, राजनीतिज्ञ, धर्मगुरु तथा सनातन हिन्दु धर्मको संरक्षण र सम्वर्द्धनमा विशिष्ट योगदान पुर्याउनेलाई यो अवार्ड प्रदान गर्दै आएको छ । हिन्दु धर्मको संरक्षण र सम्बद्र्धनका साथै सनातन हिन्दु धर्मावलम्बीहरुको सेवा तथा संरक्षणमा विशिष्ट योगदान पुर्याएको उल्लेख गर्दै आलेसहित विश्वका विभिन्न देशका विभिन्न व्यक्तित्वलाई उक्त अवार्ड प्रदान गरिएको…

Read More

काठमाडौँ- मोरङ प्रहरीले २९ किलो गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको सागुरीगढी गाउँपालिका वडा नम्बर ७ का मोहन राई, सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ६ का विशाल कुमार पासवान  र भारतीय नागरिक मुन्ना कुमार पासवान रहेका छन् ।  प्रहरीका अनुसार बुढीगंगा गाउँपालिका वडा नम्बर ३ मुडेरी स्थित रमाइलो टोलमा गएराति उनीहरू सवार मोटरसाइकल चेचकजाँच गर्दा  २९ किलो गाँजा बरामद भएको हो । साथै ७३ हजार पाँच सय साठी रुपैयाँ नगदसहित तिनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ । 

Read More

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक काठमाडौँमा जारी छ । बैठकको पहिलो दिन शनिवार सहकारीसम्बन्धी अध्यादेश, २०८१ र संसद्मा दर्ता भएका विधेयकमाथि छलफल गर्दै पार्टीको धारणा प्रस्तुत गर्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकमा रास्वपाका केन्द्रीय सदस्यहरूबीच पार्टीको सङ्गठन संरचना, समीक्षा, रणनीति, सबलीकरण र जागरणलगायत विषयमा छलफल हुँदैछ । शनिवार नै स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै समसामयिक राजनीतिक छलफल र रिपोर्टिङ गर्ने कार्यक्रम तय भएको छ ।

Read More

काठमाडौँ- राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत काभ्रेपलान्चोकका कक्षा ६ देखि १० सम्म अध्ययनरत करिब १६ हजार छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी (ह्युमन प्यापीलोमा भाइरस) विरूद्धको खोप दिइने भएको छ । उक्त भाइरसविरूद्धको खोप कार्यक्रम सञ्चालनका जिल्लाको सम्पूर्ण स्थानीय तहबाट तथ्याङ्क सङ्कलन कार्य सकिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।  देशव्यापी खोप कार्यक्रमअन्तर्गत आउँदो माघ २२ गतेदेखि फागुन ६ सम्म एकैपटक सञ्चालन हुनेछ । कार्यालयले खोप कार्यक्रम सञ्चालनको तयारी अन्तिम चरणमा पुगेकोसमेत जनाएको छ । कार्यालय प्रमुख रागीश्री कक्षपति श्रेष्ठअनुसार काभ्रेपलान्चोकको दुई सय ५२ सामुदायिक विद्यालय तथा ८४ निजी विद्यालयका १५ हजार छ सय ८६ जना र विद्यालय बाहिर रहेका दुई सय…

Read More

झापा- नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास बिभाग कर्मचारी प्रशासन शाखाको पत्र अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा कार्यरत सहायक हवल्दारमा पदोन्नति भएका प्रहरी कर्मचारीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। शुक्रबार जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा बिर्तामोडको सभाहलमा एक कार्यक्रमको आयोजना गरी उनीहरूलाई सहायक हवलदारको दर्ज्यानी चिह्न प्रदान गरिएको हो। कार्यालय प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले सहायक हवल्दारमा बढुवा भएकाहरूलाई दर्ज्यानी चिह्नले सुशोभन गरेका हुन्। पदोन्नति भएका प्रहरी कर्मचारीहरुलाई बधाई दिँदै प्राप्त भएको जिम्मेवारीलाई नयाँ ऊर्जाका साथ आफ्नो पदीय दायित्व निर्वाह गर्नसमेत प्रहरी निरीक्षक पौडेलले निर्देशन दिएका छन्।

Read More

झापा- स्थलमार्ग हुँदै पूर्वीनाका काँकडभिट्टाबाट नेपाल भित्रिने तेस्रो मुलुकका पर्यटकको सङ्ख्या बढेको छ । अध्यागमन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी इन्द्रकुमार राजवंशीका अनुसार सन् २०२४ मा ६ हजार एक सय एक जना तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२३ मा तीन हजार एक सय २५ जना तेस्रो मुलुकका पर्यटक सो नाका भएर नेपाल आएका थिए । अघिल्लो वर्षको तुलनामा सन् २०२४ मा पर्यटकको आगमन दुई हजार नौ सय ७६ जनाले बढोत्तरी भएको छ । कोरोना महामारीपछि भारतले कुनै कारण नखुलाई काँकडभिट्टाको सीमावर्ती भारतीय नाका पानीट्याङ्कीबाट तेस्रो मुलुकका पर्यटकलाई नेपाल प्रवेश गर्न अनुमति दिएको थिएन । भारतीय अवरोधका कारण लामो…

Read More

झापा– घरेलु कामदारको रुपमा राखिएकी १६ वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटीविरुद्ध झापा जिल्ला अदालतमा अभियोग पत्र दायर गरिएको छ । सरकारी वकिलको कार्यालय झापाले शिवाकोटीलाई शुक्रबार अदालतमा उपस्थित गराई अभियोग पत्र दायर गरेको हो । सरकारी वकिलको कार्यालयका तर्फबाट शिवाकोटीविरुद्ध जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरिएको जिल्ला न्यायाधिवक्ता रुद्र आचार्यले बताए । अभियोग पत्र दर्ता भइसकेको बताउँदै जिल्ला अदालतका स्रेस्तेदार किरणकुमार सिंहले भोलि शनिवार विदा परेकाले आइतवार आरोपितसंग बयान लिएर थुनछेक बहस सुरु गरिने जानकारी दिए । बीएण्डसी अस्पतालमा रहेकै बेला शिवाकोटीसँग बयान लिएर प्रहरीले अनुसन्धान पूरा गरेको थियो । आफूहरूले मुद्धा…

Read More

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा नफर्कन सुझाव दिएका छन् । आज काठमाडौँमा भएकाे नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलकृत संस्मरण संग्रह ‘आमा, सपना र ताराहरु’ लोकार्पण कार्यक्रममा बोल्दै उनले राजनीतिमा भन्दा सामाजिक रुपान्तरणको नायक बन्न सुझाव दिए । उनले भने, ‘समाचारका पृष्ठहरूमा अहिले पनि आमाहरू र छोरीहरू चलेका खबर आइरहेका छन् । यो पृष्ठभूमिमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक रुपान्तरणको प्रेरणाका रूपमा काम गर्नुपर्दछ ।’ राजनीतिमा आएर कुनै एक दलको नेता मात्र बन्ने अवसर पनि रहेको र सामाजिक रुपान्तरणको नायक बनेर सबैको नेता बन्ने सुविधा पनि पूर्वराष्ट्रपतिहरूमा रहेको उनको भनाइ थियो ।

Read More

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले सरकार संसद् छलेर अध्यादेशको बाटोमा जानु बदनियत देखिएको बताएको छ । आज शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारको नियतमाथि असन्तुष्टि प्रकट गरेका हुन् । माओवादीले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारले ढिलो गरेकोमा असन्तुष्टि पोखेको हो । प्रवक्ता सापकोटाले सरकारले नियतवश संघीय संसद्को अधिवेशन आह्वान नगरेको माओवादीले निष्कर्ष निकालेको बताए । माओवादीले संसद्को अधिवेशन आह्वान नभए सरकारलाई दबाब दिने जनाएको छ । माओवादीले संसद्‌मा रहेका सबै दलसँग छलफल गरेर दबाब सिर्जना गर्ने तयारी गरेको छ । सापकोटाले संसद् छलेर सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन…

Read More