Author: खबरमञ्च

झापा- इलामको रोङ गाउँपालिका –३ हाँसपोखरीस्थित मेची राजमार्गमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका बाबुछोराको मृत्यु भएको छ। आज साँझ ६: ४० बजे रोङ– ३ हाँसपोखरीस्थित मेची राजमार्गमा इलामबाट झापातर्फ आउँदै गरेको को १ ख ६४६२ नम्बरको टिपरले बिपरित दिशाबाट जाँदै गरेको प्रदेश १–०३–००१ प १५८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक सूर्योदय ६ खादीगाउँ बस्ने बर्ष अन्दाजी ४० का दिर्घ राई र पछाडि सवार उनका बुबा बर्ष अन्दाजी ७० का पवनकुमार राई गम्भीर घाइते भएका थिए। मोटरसाइकल चालक दिर्घ राइको राति ८: १२ बजे र उनका बुबा पवनकुमार राईको ८: २१ बजे उपचारको क्रममा बीएण्डसी अस्पतालमा मृत्यु…

Read More

झापा- ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा केबुलकारको विषयलाई लिएर आन्दोलनरत पक्ष र प्रहरीबीच झडप हुँदा कम्तिमा १३ जना घाइते भएका छन्। बिहीबार केबुलकार निर्माणस्थलमा भएको झडपमा प्रहरीसहित कम्तिमा १३ जना घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार केबुलकारको विरोध गर्दै आएको पक्ष र प्रहरीबीच झडप हुँदा ११ जना प्रहरी, एकजना आन्दोलनकर्मी र एकजना सर्वसाधारण अर्थात सवारी चालक घाइते भएका छन्। प्रहरीतर्फ घाइते हुनेमा नेपाल प्रहरी र सशस्त्र प्रहरी रहेका छन्। केबलकार निर्माण हुँदै गरेको ताप्लेजुङको फुङलिङ– ११स्थित पाथीभरा केबलकारको बटम स्टेशनमा बिहीबार झडप भएको हो। दिउँसो ३.१५ बजे पाथीभरा केबलकारको बटम स्टेशनमा प्रहरीले तोकेको निषेधित क्षेत्रमा घेरा तोडेर आन्दोलनकारीहरू भित्र…

Read More

भद्रपुर (झापा)- मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा रु आठ अर्ब ८४ करोड ८६ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलका अनुसार चालु आवको माघ महिनासम्ममा रु नौ अर्ब ६० करोड ९२ लाख १५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य थियो । गत आव २०८०/८१ को सोही अवधिमा राजस्व रु आठ अर्ब ९० करोड सात लाख ६७ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकामा त्यसमध्ये ७६ दशमलव १० प्रतिशत मात्रै राजस्व सङ्कलन भएको थियो । चालु आवको सात महिनामा पेट्रोलियम पदार्थको आयतबाट रु पाँच अर्ब २८ करोड १४ लाख २२ हजार राजस्व सङ्कलन…

Read More

भद्रपुर- झापा ११ एफसी सौर्य एअर ओमसाई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा बिहीबार भएको दोस्रो दिनको खेलमा मछिन्द्र फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै झापा ११ क्वार्टर फाइनलमा प्रवेश गरेको हो । झापाले इटहरी गोल्डकपमा मछिन्द्रसँग व्यहोरेको हारको बदला लिएको छ । झापाका लागि खेलको २९ औँ मिनेटमा एक मात्र गोल बबिन बोहोराले गरे । एरोन थापाको क्रस पासमा बोहोराले वान टच गोल गरेका थिए । उनको गोल नै निर्णायक बन्यो । झापाले क्वार्टर फाइनलमा चर्च ब्वाइज युनाइटेडको सामना गर्नेछ ।…

Read More

झापा- जिल्लाका आठवटा पालिकामा कृषि ज्ञान केन्द्रले प्रविधिको प्रयोग गरेर ४८ विगाह जमिनमा यसबर्ष परीक्षणका लागि चैते धान रोप्ने भएको छ । परम्परागत खेती भन्दा मेसिनरीको प्रयोगले गरेको खेती सस्तो र उत्पादन समेत बढी हुने कुरा किसानलाई प्रत्यक्ष जानकारी दिने उद्देश्यले कृषि यान्त्रिकिकरण प्रदर्शन कार्यक्रम अन्तर्गत मेशिनबाट चैते धान रोपाइँ (प्रविधि प्रदर्शन) गर्न लागेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए। उनका अनुसार स्थानीय पालिकाहरुको सहयोगमा कृषक समूहरुको छनौट गरी केन्द्रले धमाधम हर्दिनाथ–१ चैते धानको ब्याड राख्न सुरु गरेको छ । छनौटमा माईपश्चिमबाट गौरीगञ्ज गाउँपालिका–९ को स्यालडाँगी उद्यमशील कृषक समूह, गौरादह नगरपालिका–९ को अजम्बरी कृषक समूह, शिवसताक्षी नगरपालिका–३ को…

Read More

झापा- केबलकार निर्माण हुँदै गरेको ताप्लेजुङको फुङलिङ– ११स्थित पाथीभरा केबलकारको बटम स्टेशनमा बिहीबार झडप भएको छ । दिउँसो ३.१५ बजे पाथीभरा केबलकारको बटम स्टेशनमा प्रहरीले तोकेको निषेधित क्षेत्रमा घेरा तोडेर आन्दोलनकारीहरू भित्र पस्न खोज्दा आन्दोलनकारी र प्रहरीबीच झडप भएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले स्थितिलाई नियन्त्रणमा लिन ५ सेल अश्रुग्यास प्रहार गरेका छन् । प्रहरीको लाठी लागेर एकजना आन्दोलनकारी घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । केहीबेर अघि तनावग्रस्त रहेको त्यहाँको स्थिति नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । ताप्लेजुङ फुङलिङ ११ काफ्लेपाटीस्थित केबलकार निर्माणस्थलको बटम स्टेशननजिक डाँडामा मुक्कुमलुङ ताःसेप चुम्भोका संस्थाहरू र अन्तरदलीय राजनैतिक…

Read More

झापा- झापाको कनकाई नगरपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। नगरपालिकाले वडा नं. ९ घैलाडुब्बा बजारमा रहेको कृषि टहरमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो। एक सय ६० जनाको सहभागितामा सम्पन्न कार्यक्रममा १८ जना सहभागीले नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीलाई जिज्ञासा, प्रश्न, सुझाव र गुनासाहरू राखेका थिए। अधिकांश प्रश्नकर्ताहरूले कृषि मल र विउका विषयमा गुनासा उठाएका थिए। उनीहरूले जग्गा बर्गीकरणमा समस्य रहेको र धेरै नगरबासीले आफ्ना जग्गालाई आवासमा राखेका र कृषि मल तथा बिउ सुविधा पाउनबाट बञ्चित हुनुपरेको बताएका थिए। केही सहभागीहरूले जग्गा धनीपूर्जा वितरणको प्रक्रियाका बारेमा जिज्ञासा राखेको कार्यक्रममा नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले जवाफ दिएका थिए। त्यस्तै सहभागीहरूले राखेका कार्यालय…

Read More

खोटाङ- यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टापछि निभाइएको छ । आगलागीबाट सात करोड रुपैयाँ बराबरको धनमाल क्षति भएको अनुमान गरिएको छ। हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका पदम राईको भान्छा कोठाको ग्यास सिलिन्डरबाट साँझ ६ बजेतिर सुरु भएको आगो स्थानीयवासी र सुरक्षा निकायको संयुक्त प्रयासमा राति करिब ११ः०० बजे निभाइएको हो । आगलागीबाट स्थानीय पदम राईको घर तथा घरमा सञ्चालित हार्डवेयर पसल, निर्धन उत्थान लघुवित्तको कार्यालय, आइराज राई र प्रकाशचन्द्र गिरीको घरमा क्षति पुगेको छ । आगलागीका घटनामा मानवीय क्षति नभए पनि ठूलो मात्रामा धनमाल जलेर नष्ट भएको स्थानीयवासीले बताएका छन् । सुक्खाग्रस्त क्षेत्र हलेसीमा…

Read More

बनियानी (झापा)- झापामा क्षयरोगका ६१६ जना नयाँ बिरामी फेला परेका छन् । जिल्लामा २७ बालबालिकासहित नयाँ क्षयरोगका बिरामी फेला परेको स्वास्थ्य कार्यालयका क्षयरोग स्रोतव्यक्ति वीरेन्द्र दासले जानकारी दिए। त्यसमा ३७९ पुरुष र २१९ महिला छन् । चालु आर्थिक वर्ष छ महिनाको अवधिमा खकारमा कीटाणु देखिएका ३७४, छातीको एक्स–रेबाट पत्ता लागेका ८९ र फोक्सोमा बाहेक अन्य अङ्गमा क्षयरोग देखिएका १५१ नयाँ बिरामी फेला परेको उनले बताए । क्षयरोग पुनः दोहोरिएका ४४ बिरामीसमेत फेला परेको उनले बताए । आर्थिक वर्ष २०७९/८० मा एक हजार ४५ र आव २०८०/८१ मा एक हजार २६० नयाँ क्षयरोगका बिरामी फेला परेको जानकारी दिँदै उनले पछिल्लो समय…

Read More

झापा- प्याजमा जिल्लालाई आत्मनिर्भर बनाउने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ५० प्रतिशत अनुदान दिएर किसानलाई प्याजखेती प्रवर्द्धन सुरु गरेको छ । जिल्लाका शिवसताक्षी, अर्जुनधारा र गौरादह नगरपालिका तथा कमल, गौरीगञ्ज र झापा गाउँपालिकाका कृषक समूहले ५० प्रतिशत अनुदानमा प्याजखेती सुरु गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख रवीन्द्र सुवेदीले बताए। उनका अनुसार परियोजनामार्फत जिल्लामा साढे छ हेक्टर जमिनमा प्याजखेती सुरु गरिएको छ । महिला समूह र कृषक समूहद्वारा १० कट्ठादेखि दुई बिगाहा जमिनमा किसानले खेती गरिरहेको उनले बताए। “प्याजको परनिर्भरतालाई घटाउन पनि अनुदान दिएर किसानलाई खेतीतर्फ प्रोत्साहन दिइएको हो”, उनले भने, “किसानलाई प्याजको उन्नत बीउबिजन, मल र सिँचाइमा अनुदानलगायत प्रोत्साहनको योजना…

Read More