Author: खबरमञ्च
झापा- नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको बैचारिक धार भुत्ते भएको बताएका छन्। शनिबार झापाको बिर्तामोडमा आयोजित नेपाली काँग्रेसमा आस्था राख्ने आप्रवासीहरूको कोशी प्रदेश भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले भुत्ते भएको धारलाई तिखार्न देश दौडाहामा रहेको बताए। नेपाली कांग्रेस झापाको पार्टी कार्यालयमा आयोजित ‘विदेशदेखि स्वदेशसम्म’ कार्यक्रमको प्रमुख अतिथि रहेका कोइरालाले भुत्ते धारलाई सबैको साथले धारिलो बनाउन सकिने बताए। उनले भने, ‘नेपाली कांग्रेसको वैचारिक धार जुन छ त्यो अलि भुत्ते भएको छ, खिया लागेको छ। त्यो धारलाई चम्किलो बनाउन प्रयासरत छु, आफू देशव्यापी घुमिरहेको छु।’ नेता कोइरालाले पार्टी भित्र गुट रहेसम्म नेपाली कांग्रेस एक्लै चुनाव लड्न नसक्ने बताए। ‘जहाँ…
काठमाडौँ- काठमाडौँको साँखुमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बिहान करिब ३ः४० सो बजेको समयमा काठमाडौँको शङ्खरापुर नगरपालिका–६ साँखु सलम्बुटारस्थित साँखु–ब्रह्मखेल सडकखण्डमा बा२क ६५८० नम्बरको टिपर अनियन्त्रित भई युवराज थापाले सञ्चालन गरेको द्वन्द्वपीडित तथा अपाङ्ग समाज संस्थाले बनाएको जस्ताको टहरामा ठक्कर दिन पुगेको थियो । सो टहरोमा ६१ जना बस्दै आएका छन् । टिपरले ठक्कर दिएको कोठामा १० जना सुतिरहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए। सुतिरहेको अवस्थामा टिपरको ठक्करबाट ठेगाना नखुलेका २१ वर्षीय आकाश, २१ वर्षीय सुमन र ४५ वर्षीय हरिजन घाइते भएका थिए । उनीहरूको नेपाल मेडिकल कलेज…
झापा- इलाममा एकजना मृत फेला परेका छन् । बिहीबार बिहान ९ः२५ बजे इलाम रोङ– ५ इरौटार बस्ने वर्ष ४० का लालबहादुर सुनुवार भनिने बसन्त सुनुवार मृत फेला परेका हुन् । इलाम– ९ फुलगाछी बस्ने गणेश घिमिरेको घरमा भाडामा बस्दै आएका सुनुवार कोठाभित्र चुकुल लगाई मृत अबस्थामा फेला परेका थिए । प्रहरी टोली पुगेर ढोका फोरेर हेर्दा मुखबाट रगत निस्केको अबस्थामा सुनुवार ओछ्यानमा मृत भेटिएको प्रहरीले जनाएको छ ।
झापा- जिल्लाको सुकेटार विमानस्थलमा पछिल्लो समय हवाई सेवा ठप्प हुँदा यात्रु समस्यामा परेका छन् । सुकेटार विमानस्थलमा उडान हुने नेपाल वायु सेवा निगमका दुईवटा विमानमा समस्या आएपछि मंसिर अन्तिम सातादेखि नियमित उडान बन्द भएको हो । विमानस्थल कार्यालयका अनुसार एउटा विमान दसैंदेखि बिग्रिएर मर्मत भइरहेको छ भने अर्को पनि पुस पहिलो सातादेखि बिग्रिएर थन्किएको छ । लामो समयदेखि हवाई सेवा ठप्प हुँदा आन्तरिक तथा बाह्य पर्यटक, सर्वसाधारणले सेवा लिन पाएका छैनन् । यो विमानस्थलमा केही वर्षअघि सीता एयर र तारा एयरले पर्यटकीय मौसममा उडान भर्दै आएकामा हाल दुवैले सेवा बन्द गरेका छन् । नेपाल वायु सेवा निगमको ट्विनअटरले दसैंअघि सातामा…
इलाम- सूर्योदय नगरपालिकाले क्यान्सर रोगको जोखिम हुन नदिन विषादी प्रयोगमा कडाइ गर्न थालेको छ । नगरका किसानले तरकारी लगायत अन्य बालीमा विषादीको मात्रा बढाउन थालेपछि नगरपालिकाले कडाइ गर्न थालेको हो । नगरपालिकाले अर्ग्यानिक चिया उत्पादन अभियान नै सञ्चालन गर्न किसानलाई प्रोत्साहन समेत गरिराखेको छ । “हामीले उत्पादन गरेको चियाले आफैँ रोगको सिकार हुनुपर्यो भने विश्व बजारमा बिक्री गर्न सकिदैन ।” नगरप्रमुख रणबहादुर राईले भने, “हामी बिष खाँदैनौ, बिष बेच्दैनौ । विगत बर्षदेखि अग्र्यानिक उत्पादन गर्ने भनेर अभियान चलाईएपनि तथ्याङ्कहरुले बिषादीको प्रयोग देखाएकाले अब कडाइका साथ बिषादी नियमन गर्छौ ।” नगरपालिकाले गत दुई आर्थिक बर्षमा विपन्न नागरिक सहायता कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवाका…
काठमाडौँ- नेपाल राष्ट्र बैंको नयाँ गभर्नर छान्नका लागि सरकारले प्रक्रिया सुरु गरेको छ । नेपाल राष्ट्र बैंक ऐनमा अर्थमन्त्रीको अध्यक्षतामा गभर्नर सिफारिस समिति व्यवस्था छ । सोही व्यवस्थालाई आधार मान्दै बुधबवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर सिफारिस समिति बनाउन अर्थ मन्त्रालयलाई स्वीकृति दिएको हो । अर्थमन्त्रीको अध्यक्षतामा रहने सिफारिस समितिमा पूर्व गभर्नरहरुमध्येबाट एक, आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय तथा वाणिज्य कानूनको क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुमध्येबाट नेपाल सरकारले तोकेको एकजना व्यक्ति सदस्य रहनेछन् । उक्त समितिले अब ३ जनाको नाम सिफारिस गर्नेछ । जसमा डेपुटी गभर्नरमध्ये १ जनाको नाम सिफारिस हुनैपर्ने व्यवस्था छ । गभर्नरको बन्नका लागि हालका डेपुटी गभर्नरद्वय निलम ढुंगाना, बमबहादुर…
झापा- झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ । यही फागुन २३, २४ र २५ गते मेची रंगशालामा हुने प्रतियोगिताको तयारी पूरा भएको झापा जिल्ला खेलकुद विकास समितिको कार्यालयमा बिहीबार भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी प्रशान्तका अनुसार प्रतियोगितामा विद्यालय शिक्षाको माध्यमिक तहमा अध्ययनरत १४ देखि १८ वर्षसम्मका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । झापाका प्रत्येक पालिकाभित्रका विद्यालयहरुबाट प्रतिस्पर्धा गरी छनोट भएका ६ वटा विधा (एथलेटिक्स–छात्र/छात्रा, भलिबल–छात्र/छात्रा, कबड्डी–छात्र/छात्रा, कराते–छात्र/छात्रा, तेक्वान्दो छात्र/छात्रा र उसु–छात्र/छात्राहरु प्रतियोगितामा सहभागी हुने भण्डारीले जानकारी दिए । प्रत्येक टिममा ६ विधाका करिब १२५ जना…
झापा- जिल्ला समितिबाट निलम्बनको सिफारिस भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापाका सभापति उमेश खरेलले पदबाट राजीनामा दिएका छन्। सभापति खरेलविरुद्ध कार्यकर्ताले नै नैतिक चरित्र र आर्थिक अनियमिततासम्बन्धी उजुरी दिएका थिए भने त्यस उजुरीलाई जिल्ला समितिले केन्द्रीय समितिमा पठाएको थियो। केन्द्रीय समितिमा राजीनामा दिएको कुरा जिल्ला सभापति खरेलले पुष्टि गरेका छन् । ‘मैले केन्द्रीय समितिमा राजीनामा पठाएको छु’ उनले भने, ‘तर केन्द्रीय समितिले स्वीकृत गरिसकेको छैन।’ एकपक्षीय रुपमा आफूमाथि लागेको आरोपका बारेमा रास्वपाको अनुशासन आयोगले छानबिन गरिरहेको उनले जानकारी दिए। उनले त्यसबारेमा धेरै बोल्न चाहेनन्। रास्वपाको जिल्ला समितिले खरेललाई कारबाहीका लागि पार्टीको केन्द्रीय समितिमा सिफारिस गरेसँगै उनले पदबाट राजीनामा दिएको बताइएको…
झापा- झापामा प्रतिबन्धित लागुऔषधसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भद्रपुरका एकजना र दमकका दुईजना रहेका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोड र अस्थाई प्रहरी बिट बसपार्कबाट खटिएको संयुक्त प्रहरी टोलीले बिर्तामोड वडा नं. १ पश्चिम बस स्टेन्डमा भद्रपुर नगरपालिका वडा नं. ४ बस्ने ३३ वर्षीय दिनेश माझीलाई पक्राउ गरेको हो । शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट प्लास्टिकबाहेक ६५० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । त्यस्तै प्रतिबन्धित औषधीसहित दमकमा दुईजना पक्राउ परेका छन् । दमक नगरपालिका वडा न. ६ शंखधर चोकमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका वडा नं. ८ बस्ने ३३…
काठमाडौँ- अर्थ मन्त्रालयले स्वास्थ्य बीमाको भुक्तानीसहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि थप रू तीन अर्ब ८४ करोड निकासा गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मागका आधारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त रकम निकासासम्बन्धी निर्णय गरेका उनको सचिवालयले जनाएको छ । निकासा भएको रकममा स्वास्थ्य बीमा बोर्डलाई रू तीन अर्ब, ज्येष्ठ नागरिकको उपचारलगायतका लागि रू ६० करोड र मुटु रोगका बिरामीलाई निःशुल्क उपचारका लागि शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई रू २४ करोड रहेको अर्थ मन्त्रालयले जनाएको छ ।