Author: खबरमञ्च

झापा- ताप्लेजुङको पाथीभरामा निर्माण भइरहेको केबलकारको पक्षमा बोलेको भन्दै केबलकार विरोधीहरुले धरानमा एकजनालाई मोसो दलेका छन् । आइतबार मध्यान्ह धरान उपमहानगर–२ भानुचौकस्थित सब्जी मण्डी लाइनमा रहेको एच के मेलोडी क्लबमा याक्थुङ चुम्लुङ केन्द्रीय समितिका अध्यक्ष दिलसिंह मेयाङबो,उपाध्यक्ष पदम चेन्जी लिम्बूलगायत १०/१५ जना पदाधिकारीहरु याक्थुङ चुम्लुङको दोस्रो अधिबेशन सम्पन्न भएको जानकारी गराउन पत्रकार सम्मेलन गरिरहेका बेला केबलकार विरोधीहरुले मोसो दलेका हुन् । कार्यक्रम भइरहेका बेला एक्कासि प्रवेश गरेका प्रदेश न.१.पुनः नामांकन संयुक्त संघर्ष समिति सुनसरी जिल्ला इन्चार्ज तथा पहिचानवादी मोर्चा १.न.प्रदेश संयोजक जेन्टल लावती, राष्ट्रिय जनमुक्ति पार्टीका सुनसरी जिल्ला सचिव तथा संघर्ष समिति सचिवालय सदस्य शिवाहाङ राई, नागरिक उन्मुक्ति पार्टी केन्द्रीय…

Read More

झापा- झापामा लागूऔषधसहित तीनजना पक्राउ परेका छन् । गएराति १२ः१५ बजे अर्जुनधारा नगरपालिका वडा न.११ स्थित अस्थाई प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा– ११ बस्ने अन्दाजी २९ वर्षीय मनिष प्रधान र सोही ठाउँका अन्दाजी ४० वर्षीय बिरेन उराउलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्लास्टिकसहित ३ ग्राम १३० मिलिग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै हिजो साँझ ५ बजे झापा गाउँपालिका वडा न. ४ टाघनडुब्बामा ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् । भारतबाट नेपालतर्फ आउँदैं गरेका मोरङ पथरी शनिश्चरे ८ बस्ने २४ वर्षीय दिपिन माझी प्लास्टिकबाहेक १ ग्राम ६२ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका हुन् । पक्राउ परेका तीनैजनामाथि…

Read More

झापा- साँघुरो जित निकाल्दै भद्रपुर नगरपालिका बिर्तामोडमा जारी प्रथम अन्तरपालिकास्तरीय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटर फाइनल खेलमा शिवसताक्षी नगरपालिकालाई १-० गोलको अन्तरले पराजित गर्दै भद्रपुर नगरपालिका प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । स्थानीय डोमलाल राजवंशी रंगशालामा भएको खेलमा भद्रपुरको जितका लागि सुजता पालुङवाले गरेको गोल नै निर्णायक गोल बन्यो । उनले पहिलो हाफको २०औँ मिनेटमा गोल गरेकी थिइन् । खेलको प्लेयर अफ दी म्याच भद्रपुरकी सुजता पालुङवा घोषित हुँदै नगद ५ हजार पाउन सफल भइन् । यस संगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । पहिलो सेमिफाइनल खेल भोलि शुक्रबार कन्काइ नगरपालिका र…

Read More

झापा- झापाको बिर्तामोडमा रहेको मनमोहन मेमोरियल सामुदायिक अस्पतालका छाती तथा फोक्सोरोगका वरिष्ठ विशेषज्ञ डा. विनय वस्तीको नेतृत्वमा बिहीबार मेचीनगर आधारभूत अस्पताल धुलाबारीमा स्वास्थ्य शिविर सञ्चालन भएको छ। शिविर सञ्चालनका लागि डा. वस्ती नेतृत्वको टोली बिहीबार बिहान मेचीनगर आधारभूत अस्पताल धुलाबारी पुगेको थियो। स्वास्थ्य शिविरमा ४० जना बिरामीलाई डा. वस्तीले जाँच गरेका थिए। छाती तथा फोक्सोका रोगीहरूलाई थप उपचार गर्नु पर्दा फोक्सोको स्वास्थ्य जाँचसहितको उपचार सेवाका लागि मनमोहन अस्पताल आउन डा. वस्तीले सल्लाह दिएका थिए।

Read More

झापा- अर्काको घरमा चिया खाएर बाहिर निस्कने क्रममा ढोकामा लडेर इलाममा एकजनाको मृत्यु भएको छ। बिहीबार दिउँसो १.३० बजे इलामको रोङ– २ चैनपुरस्थित प्रमिला राईको घरमा सोही ठाउँ बस्ने अन्दाजी ६२ वर्षीय दलबहादुर गजमेर गएका थिए । चिया खाई प्रमिला राईको घरबाट बाहिर निस्कने क्रममा गजमेर अचानक घरको ढोकामा लडेका थिए । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । अस्थायी प्रहरी पोष्ट बर्फल्याङमा जानकारी प्राप्त हुनसाथ प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको र थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट टोली खटिएको जनाइएको छ।

Read More

काठमाडौँ- नेकपा माओवादी केन्द्रले ७७ वटै जिल्लामा इन्चार्जहरूको टुंगो लगाएको छ। पार्टीको केन्द्रीय समिति बैठकको म्यान्डेटअनुसार हालै बसेको पदाधिकारी बैठकले जिल्ला इन्चार्जहरू टुंगो लगाएको हो। आइतबार पार्टीका सबै मातहतका निकाय तथा जिल्लाहरूमा इन्चार्जहरूको टुंगो लगाएको सर्कुलर पठाएको हो। कस्ले कहाँ पायो इन्चार्जको जिम्मेवारी? ताप्लेजुङ– खेलप्रसाद बुढा क्षेत्री, पाँचथर– सितादेवी थेवे, इलाम– धिरेन्द्र शर्मा, झापा– रञ्जित तामाङ, मोरङ– कुलप्रसाद साम्बा लिम्बु, सुनसरी– अनिता परियार, धनकुटा– धनकुमारी बिक, तेह्रथुम– होमकुमारी खापुङ, संखुवासभा– रिपुकुमार राई, भोजपुर– नगेन्द्र राई, सोलुखुम्बु– हेमकुमार राई, ओखलढुंगा– चम्पा कार्की, खोटाङ– समिता कार्की, उदयपुर– मणिखम्बु किराँती, सप्तरी– सूर्यनाथ यादव, सिराहा– अजयशंकर नायक, धनुषा– जोगकुमार बरबरिया यादव, महोत्तरी– राजु खड्का,…

Read More

झापा- साथीलाई हत्या गरी फरार भएका इलाम नगरपालिका– ९ पोखरिया स्कुलछेउ गोलबस्ती बस्ने ३१ वर्षीय बिमल खवास पक्राउ परेका छन् । आइतबार राति ९ बजे बिमल खवासलाई इलाम– ७ टुँडिखेलमा जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी सहायक निरीक्षक प्रदिप मुखियाको कमाण्डमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । खवासले कुटपिट गर्दा सोही ठाउँ बस्ने ३२ वर्षीय मिलन सुनुवारको मृत्यु भएको हो । बिहीवार साँझ ७ बजेतिर खवासले सुनुवारलाई कुटपिट गरि घाइते बनाएका थिए । सडकमा घाइते भई लडिरहेको अवस्थामा फेला पारी अटोमा हालेर सुनुवारलाई जिल्ला अस्पताल इलाम पठाइएको थियो । जिल्ला अस्पतालमा उपचारपश्चात् डिस्चार्ज भई घर गएकोमा शुक्रवार बिहान घाइते सुनुवारले…

Read More

झापा- नो केबलकार समूह र सरकारी वार्ता टोलीबीच आइतबार भएको वार्ता बिनानिष्कर्ष टुंगिएको छ । आन्दोलनरत समूहबाट वार्तामा सहभागी खगेन्द्र माखिमले भने पौने घण्टा बसेको बैठक बिनानिष्कर्ष सकिएको बताए । ‘हामीले ६ बुँदे सहमति किन कार्यान्वयन भएन भन्यौँ । उहाँले मैले भनेकै हो तर मानेनन् भन्नुभयो । त्यसो भए तपाईँहरूसँग किन वार्ता गर्ने भन्यौं । त्यसपछि टुंगियो,’ उनले भने । वार्ता टोली सदस्य सरु सिंघकले आफूहरू पनि सरकारी पक्षको खबरको प्रतीक्षामा रहेको बताइन् । आन्दोलनरत समूहले मन्त्रीस्तरीय वार्ता समिति बनाउन प्रस्ताव गरेका छन् । वार्ता सफल नभए आन्दोलनरत समूहले भोलिदेखि आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाएका छन् । आन्दोलनरत पक्षले माइतीघर…

Read More

झापा- रुखको हाँगा काट्दा बिजुलीको पोल ढलेर झापा मेचीनगरमा एकजनाको मृत्यु भएको छ । आइतबार बिहान १०ः३० बजे मेचीनगर नगरपालिका वडा न.५ स्थित नकलबन्दा टि–इस्टेटमा २६ वर्षीय सिताराम उराउ र सोही ठाउँ बस्ने २३ वर्षीय सिलास उराउले बगानमा रहेको पिपलको हाँगा काटिरहेका थिए । त्यसक्रममा रुखको हाँगा बिजुलीको पोलमा लागेर करेन्ट नभएको बिजुलीको पोल ढलेको थियो । उक्त पोलमा रहेको तारले काममा लगाउने सोही ठाउँ बस्ने ५८ वर्षीय मंगले सार्कीको टाउकोमा चोट लागेको थियो । घाइते सार्कीलार्ई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएकोमा उपचारको क्रममा बिहान ११ः१५ बजे मृत्यु भएको हो । रुखको हाँगा काट्ने दुबै जनालाई नियन्त्रणमा लिई इलाका…

Read More

झापा- झापाको बिर्तामोडमा शनिवारदेखि सुरु प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगितामा आयोजक बिर्तामोड नगरपालिकाले शानदार सुरुवात गरेको छ । बिर्तामोड– ३ स्थित डोमालाल राजवंशी रंगशालामा भएको उद्घाटन खेलमा बिर्तामोडले छिमेकी पालिका बुद्धशान्ति गाउँपालिकालाई ५–० गोल अन्तरको एकतर्फी जित निकालेको हो । एकोहोरो दबाब सिर्जना गरेको बिर्तामोडको खेलमा सुनकला राईले ह्याट्रिकसँगै ४ गोल गरिन् भने एक गोल अन्स्रिना आङबुहाङको नाममा रह्यो । बिर्तामोडका लागि पहिलो गोल सुनकला राईले खेलको १०औँ मिनेटमा गरेकी थिइन् । यसैगरी, १७ र १९ औं मिनेटमा गोल गर्दै उनले ह्याट्रिक पूरा गरेकी थिइन् भने खेलको इन्जुरी समयमा थप एक गोल गरेकी हुन् । यसैगरी, अन्स्रिनाले खेलको १५औँ…

Read More