Author: खबरमञ्च
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले विचार मिल्ने जुनसुकै शक्तिसँग सहकार्य गर्ने निर्णय गरेको छ। मंगलबार बसेकाे राप्रपाको आन्दोलन परिचालन मूल समितिको बैठकले यस्तो निर्णय गरेको हो। राप्रपाले राजसंस्था स्थापना र संघीयता खारेजीका लागि आन्दोलन गर्ने जुनसुकै शक्तिसँग सहकार्य गर्ने निर्णय गरेको पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए। ‘अरु पक्षले गर्ने आन्दोलनलाई राप्रपाले सघाउने छ तर त्यो शान्तिपूर्ण हुनुपर्छ र हाम्रो मुद्दासँग मिल्नुपर्छ’, उनले भने। समितिको बैठकले चैत २६ गते बागमती प्रदेशस्तरीय काठमाडौँमा आन्दोलन गर्ने र बैशाख ७ गतेदेखि निरन्तर आन्दोलनको कार्यक्रम गर्ने निर्णय पनि गरेको लिङ्देनले बताए। उनले राप्रपा पूर्णरुपमा आन्दोलनमा होमिएको पनि बताए।
झापा- झापाको मेचीनगर नगरपालिका–६ बाट मंगलबार दिउँसो करिब रू एक करोड बराबरको अवैध सामान बरामद गरिएको छ । मेचीनगर–६ झुल्केघाम टोलस्थित मदन पोखरेल र उत्तम ठकुरीको घरबाट करिब रू एक करोड बराबरको अवैध कपडा र मोटरपार्टस् बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वाटर झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीले जानकारी दिए । विशेष सूचनाको आधारमा सोही हेडक्वाटरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक मदनकुमार रसाइलीको कमाण्ड तथा राजस्व अनुसन्धान कार्यालय इटहरीबाट खटिएको अनुसन्धान अधिकृत विधुर गौतमसहितको टोलीले उक्त सामान बरामद गरेको हो । पोखरेलको घरबाट ३९ बोरा र ठकुरीको घरबाट २० बोरा सामान बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक…
झापा – सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने गरेको निर्णयको विरुद्धमा आन्दोलन सुरु भएको छ । यसक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी कनकाई नगर समितिले मंगलबार साँझ झापाको कन्काईमा विरोध कार्यक्रम गर्ने भएको छ । टर्च बालेर सुरुंगा बजार परिक्रमा गर्ने विरोध कार्यक्रम रास्वपाले गर्ने भएको हो । उता आज बिहान भोजपुर बहुमुखी क्याम्पसका विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । भोजपुर क्याम्पसका स्ववियु सभापति सोभित तामाङको नेतृत्वमा विद्यार्थीहरुले विरोध र्याली निकालेका थिए । सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हिजो साँझ पदबाट हटाउने निर्णय गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको प्रस्तावमा मन्त्रिपरिषद्को हिजो साँझ बसेको बैठकले…
झापा- झापाको कनकाई नगरपालिका-५ नारायणदल चोकमा एक दम्पती घाँटी रेटिएको अवस्थामा फेला परेका छन् । घटनामा श्रीमतीको मृत्यु भएको छ भने श्रीमानको गम्भीर अवस्थामा उपचार भइरहेको छ । स्थानीय योगेन्द्र बस्यालको घरमा २/३ महिना अगाडी देखि डेरा गरेर बस्दै आएका अन्दाजी ३९ बर्षका लालबहादुर सार्की र उनकी श्रीमती मनिषा मंग्रान्तीमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये मंग्रान्तीको घटनास्थलमै मृत्यु भएको छ भने उनका श्रीमान लालबहादुरको गम्भीर अवस्थामा उपचार भइरहेको छ । अहिले प्रहरीले घटनास्थलमा पुगेर मुचुल्का उठाउन सुरु गरेको जनाएको छ । दम्पतीबीच झगडा भएर घटना भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
झापा- रोग निको हुने तथा कम खर्चिलो हुने भएपछि झापामा पछिल्लो समय आयुर्वेदिक उपचारमा बिरामीको आकर्षण बढेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भद्रपुरमा दैनिक औसतमा ७० जनाभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । केन्द्रका प्रमुख आयुर्वेद डा विजय श्रेष्ठका अनुसार, केन्द्रले उपचारात्मक, प्रवर्द्धनात्मक र प्रचारात्मक सेवा दिँदै आएको छ । उपचारका लागि आउने अधिकांश पायल्स, ढाडको समस्या, ग्यास्ट्रिक, दमखोकी, हाडजोर्नीको समस्या, नसासम्बन्धीका रोगी छन् । उपचार पद्धति सजिलो र प्रभावकारी भएकाले स्थानीयमा झन् आयुर्वेदिक उपचारप्रति विश्वास बढेको छ । केन्द्रबाट चालु आव २०८१/८२ को आठ महिनामा पूर्वकर्म/पञ्चकर्म (थेरापी) सेवा चार हजार नौ सय २८, योग सेवा नौ…
काठमाडौँ- फागुनमा देशभर चार हजार चार सय ६८ आपराधिक घटनाका मुद्दा दर्ता भएका छन् । फागुनमा दर्ता भएका आपराधिक घटनाका मुद्दामध्ये सबैभन्दा बढी बैंकिङ कसुरका एक हजार एक सय २७ (२५.२२ प्रतिशत) रहेका छन् । काठमाडौँ उपत्यकामा अपराधका घटना बढी घट्नुका साथै सबैभन्दा बढी बैंकिङ कसुरका मुद्दा दर्ता भएका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए । उनका अनुसार बैंकिङ कसुरमा पनि चेक बाउन्सका मुद्दा धेरै छन् । पछिल्लो समयमा प्रविधिको विकाससँगै सामाजिक सञ्जालको दुरुपयोगबाट हुने अपराधका घटना बढ्दै गएको उनले बताए । बैंकिङ कसुरमा एक हजार एक सय २७ मुद्दा दर्ता भएका छन् । त्यसैगरी…
झापा- झापामा चालु आर्थिक वर्षको फागुनसम्म क्षयरोगका ७०० नयाँ बिरामी भेटिएका छन् । स्वास्थ्य कार्यालय झापाका क्षयरोग फोकल पर्सन वीरेन्द्र दासका अनुसार उक्त अवधिमा २५ जना बिरामीको मृत्यु भएको छ । कार्यालयका अनुसार गत आवमा क्षयरोगका कारण मृत्यु हुनेको सङ्ख्या ४८ थियो । कार्यालयका अनुसार ४७१ जनाको फोक्सोमा क्षयरोग देखिएको छ भने फोक्सोबाहेकमा १६२ जना, टिबी र एचआइभी दुवै भएका आठ जना, औषधि प्रतिरोधी क्षयरोगका बिरामी (डिआरटीबी) १६ जना छन् । झापामा आव २०७७/७८ मा ९९२, आव २०७८/७९ मा एक हजार १८६ र आव २०७९/८० मा एक हजार १६५ र आव २०८०/८१ मा एक हजार २६५ नयाँ क्षयरोगी फेला परेका…
झापा- नेपाली कांग्रेसनिकट नेपाल थारु संघ झापाको पहिलो अधिवेशनले पुष्पलाल चौधरीको अध्यक्षतामा समिति गठन गरेको छ । अधिवेशनले जिल्ला समितिको उपाध्यक्षमा लवकुमार चौधरी , सचिव हरिकुमार चौधरी, सहसचिवमा शेषलाल चौधरी र कोषाध्यक्षमा भगवान चौधरीलाई चयन गरेको छ । १३ सदस्यीय समितिको सदस्यहरुमा महादेव चौधरी, विष्णुकुमार चौधरी, मोतिलाल चौधरी, विष्णुकुमारी चौधरी, श्यामलाल चौधरी, मैनाकुमारी चौधरी, सुशिला चौधरी र राधा चौधरी रहेका छन् । त्यस्तै तेजनारायण चौधरी र राजनारायण चौधरी रहेको दुई सदस्यीय सल्लाहकार समितिसमेत गठन भएको छ । पुष्पलाल चौधरीको अध्यक्षता र नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि (सुनसरी) तथा नेपाल थारु संघकी केन्द्रीय सदस्य सुशिला चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल लोकतान्त्रिक…
झापा- आठ दिनअघि मोटरसाइकल दुर्घटनामा घाइते भएका झापा बाह्रदशी गाउँपालिका ६ का ३५ को विकास भट्टराईको मृत्यु भएको छ । बिर्तामोडको बीएण्डसी अस्पतालमा उपचारका क्रममा गएराति ८ बजे उनको मृत्यु भएको हो । गत चैत १ गते राति १२.४५ बजे बाह्रदशी ६ नारायण चोकस्थित भित्री पक्की सडकखण्डमा चारपानेबाट बिहीबारेतर्फ जाँदै गरेको मे ३ प ६२२६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकल चालक भट्टराई घाइते भएका थिए । उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।मोटरसाइकल इलाका प्रहरी कार्यालय घैलाडुब्बाको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
ताप्लेजुङ- ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा शनिवार दिउँसोदेखि हिमपात भएको छ । दिउँसो सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हल्का हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिका कर्मचारी राजेन्द्र महतका अनुसार यस वर्ष पाथीभरामा योसहित चार पटक हिमपात भइसकेको छ । हिमपातपछि यहाँ केही चिसो बढेको उनले बताए। “जिल्लाका अधिकांश क्षेत्रमा सामान्य वर्षा भएको छ । वर्षाले हिउँदे बालीलाई फाइदा पुग्ने भएकाले किसान खुसी भएका छन्”, उनले भने । यसैबीच, शनिवार मात्रै पाथीभरा मन्दिरमा एक हजार छ सय ९८ तीर्थयात्री पुगेका छन् । पुस महिनायताको यो सबैभन्दा बढी सङ्ख्या रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी…