काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले विचार मिल्ने जुनसुकै शक्तिसँग सहकार्य गर्ने निर्णय गरेको छ।
मंगलबार बसेकाे राप्रपाको आन्दोलन परिचालन मूल समितिको बैठकले यस्तो निर्णय गरेको हो। राप्रपाले राजसंस्था स्थापना र संघीयता खारेजीका लागि आन्दोलन गर्ने जुनसुकै शक्तिसँग सहकार्य गर्ने निर्णय गरेको पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।
‘अरु पक्षले गर्ने आन्दोलनलाई राप्रपाले सघाउने छ तर त्यो शान्तिपूर्ण हुनुपर्छ र हाम्रो मुद्दासँग मिल्नुपर्छ’, उनले भने।
समितिको बैठकले चैत २६ गते बागमती प्रदेशस्तरीय काठमाडौँमा आन्दोलन गर्ने र बैशाख ७ गतेदेखि निरन्तर आन्दोलनको कार्यक्रम गर्ने निर्णय पनि गरेको लिङ्देनले बताए।
उनले राप्रपा पूर्णरुपमा आन्दोलनमा होमिएको पनि बताए।
Facebook Comments Box