Author: खबरमञ्च
झापा- कोशी प्रदेशले सुरु गर्न लागेको पर्यटन वर्ष २०८२ को उद्घाटनमा प्रधानमन्त्री केपी शर्मा ओली नआउने भएका छन्। उनको सट्टा उक्त कार्यक्रम उपप्रधानमन्त्री प्रकाशमान सिंहले गर्ने भएका आयोजनास्थल तेह्रथुमको लालीगुराँस नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए। पर्यटकीय क्षेत्र लालीगुराँस नगरपालिकाको तीनजुरे मिल्के क्षेत्रबाट पर्यटन वर्षको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तयारी थियो। तर अन्तिम समयमा आएर प्रधानमन्त्री ओलीको उक्त कार्यक्रम रद्द भएको हो। प्रधानमन्त्री ओलीले नै आउने वचन दिएपछि उनकै नाम राखेर निमन्त्रण पत्र छापिएको थियो । ओली आउने भएपछि गुराँस फुलाउने भन्दै लालीगुराँस नगरपालिकाले दमकल प्रयोग गरेर गुराँसको बोटमा पानीसमेत हालेको थियो।
झापा- नेपाल सरकारले सामाजिक सुरक्षाअन्तर्गत सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा झापा सबैभन्दा बढी सङ्ख्यामा सहभागी (बीमित) भएको जिल्ला बनेको छ । स्वास्थ्य बिमा बोर्ड सम्पर्क कार्यालय झापाकी संयोजक लक्ष्मी कँडेलले झापामा सात लाख ६२ हजार ६८६ जना बीमित रहेको बताइन् । स्वास्थ्य बिमा बोर्डका अनुसार देशभरमा ८९ लाख ६७ हजार सात सय ९० जना बीमित छन् । झापापछि बीमित धेरै रहेको जिल्लामा मोरङ (दोस्रो), सुनसरी (तेस्रो) र चितवन (चौथो) रहेका छन् । मोरङमा छ लाख एक हजार चार सय २९ जना, सुनसरीमा पाँच लाख ७५ हजार छ सय ९५ जना र चितवनमा पाँच लाख ६५ हजार सात सय १० जना…
झापा- ठूलो मात्रामा लागुऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिक सीमा क्षेत्रमा पक्राउ परेका छन् । मंगलबार दिउँसो ४ बजे भारतको पानीट्याङ्कीको शिव मन्दिर हुँदै मेची खोलाको बाटो गरी नेपालतर्फ लागुऔषध भित्र्याइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारत पश्चिम बंगाल दार्जिलिङ जिल्ला मञ्जयाजोत खोरीबारी थाना बस्ने ४१ वर्षीय राजेन बर्मनलाई ठूलो मात्रामा लागुऔषधसहित पक्राउ गरेको हो । मेचीनगर नगरपालिका वडा नं. ६ स्थित भान्सा खोलामा भारतबाट नेपालतर्फ आउँदै गर्दा बर्मनलाई शंकास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा उनको साथबाट प्लाष्टिकसहित १५० ग्राम ९८० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । लागुऔषधसहित उनलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट…
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रहरी प्रमुख आईजिपी दीपक थापा सत्तारुढ दल नेकपा एमालेको भ्रातृ संगठन युवा संघको सहअध्यक्ष भएको गम्भिर आरोप लगाएका छन्। मंगलवार काठमाडौंको बल्खुमा पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाको जिम्मेवार प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी प्रमुख रहेको टिप्पणी गरे । उनले प्रहरीले नै म्याद नाघेको अश्रुग्याँस प्रहार गरेको आरोपसमेत लगाए । अनि दुर्गा प्रसाईंले ल्याएर हान्यो म्याद गुज्रेको अश्रुग्याँस ? उनको प्रश्न थियो । उनले भने, ‘त्यो दिन (चैत १५ मा) जसरी राज्यले हिंसा भड्कायो मा होइन दुई दर्जनभन्दा बढी मानिसलाई गोली लाग्यो । दुई…
काठमाडौँ- सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल शिक्षक महासङ्घलाई वार्ताका लागि बुधबार मन्त्रालयमा बोलाएको हो । मन्त्रालयका प्रवक्ता एवं सहसचिव शिवकुमार सापकोटाले मंगलबार विज्ञप्ति जारी गर्दै आन्दोलनरत सबै शिक्षक कर्मचारीको प्रतिनिधित्व हुने गरी महासङ्घलाई वार्ता र संवादका लागि आह्वान गरेका हुन् । वार्ताको समय भने आपसी सल्लाहअनुसार तय गरिने विज्ञप्तिमा उल्लेख छ । विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० यथाशीघ्र पारित गरियोस् भन्ने माग राख्दै नेपाल शिक्षक महासङ्घको आह्वानमा शिक्षकहरुको आन्दोलन जारी छ । मन्त्रालयले साझा धारणा निर्माणका लागि आन्दोलनरत शिक्षकहरुसँग यसअघि यही चैत २१ र २२ गते छलफल…
झापा- झापाको अर्जुनधारा नगरपालिका वडा न.१ स्थित हलुवागढ सामुदायिक वनभित्र महिलाको सडेको शव फेला परेको छ । सोमबार दिउँसो १२ बजेतिर घाँस काट्न गएका स्थानीयले हलुवागढ सामुदायिक वनभित्र आँपखोल्सी भन्ने स्थानमा कपाल र हाडखोर मात्र भएको महिलाको सडिसकेको शव फेला पारेका थिए । उनीहरूले प्रहरी चौकी शनिश्चरेमा जानकारी गराएपछि प्रहरी टोली पुगेको थियो । मृतक इलाम रोङ गाउँपालिका २ बर्फल्याङ बस्ने ६२ वर्षीया सीतादेवी खड्का भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । मानसिक अवस्था ठीक नभएकी ती वृद्धा गत माघ २८ गतेदेखि घरबाट हराएकी थिइन् । यसअघि पनि उनी तीन–चारपटक हराएकी थिइन् । ती वृद्धा हराएको भनेर…
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्कराज राईसहितको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले सो जानकारी गराएका हुन् । “धरानवासीले खानेपानी पिउन पाउनुपर्छ । यो प्रक्रिया आजैबाट अघि बढ्यो । यसका लागि सङ्घीय सरकारले बजेटको प्रबन्धलगायत अन्य विषयमा आवश्यक सहजीकरण गर्नेछ । यो सन्देश धरानवासीलाई सुनाइदिनुहोला”, प्रधानमन्त्री ओलीले भने । खानेपानी आयोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन सङ्घीय सरकारबाट यसअघि तयार भइसकेको छ । नगर प्रमुख राईले स्रोत सुनिश्चितताका लागि यसअघि अर्थ मन्त्रालयलाई आग्रह गरेको जानकारी गराएका थिए । प्रधानमन्त्री ओलीले धरानको फोहर व्यवस्थापनका…
झापा- कचनकवल गाउँपालिकामा रेविज लागेको कुकुरको टोकाईबाट १२ जना घाइते भएका छन् । बनियानी स्वास्थ्य केन्द्रका प्रमुख जागेन्द्रप्रसाद यादवका अनुसार वडा नं ६ मा तीन दिन यता कुकुरले टोकेर घाइते हुनेको सङ्ख्या १२ पुगेको हो । घाइते हुनेमा चार बर्षीया बालिकासहित चार महिला र आठ जना पुरुष छन् । पशु चौपायाको विवरण भने आउन बाँकी रहेको उहाँले बताउनुभयो । कुकुरको टोकाइबाट घाइते भएकाहरुलाई बनियानी स्वास्थ्य केन्द्रमा आज विहानदेखि रेविजविरुद्धको खोप लगाउन सुरु भएको छ । उनले केन्द्रमा रहेको खोपले एक पटक मात्र पुग्ने भएका कारण थप खोप कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रसँग माग गरिसकेको बताए। पालिकाका उपाध्यक्ष नवराज भट्टराईले…
नवीन उप्रेती झापा- कचनकवल गाउँपालिका–४, केचनामा अष्टजाम संकीर्तन समारोह भइरहेको समयमा तीन घरमा लुटपाट भएकाे छ। आइतबार राति करिब ९ बजेको समयमा सुनसानकाे फाइदा उठाउँदै लुटेराहरूले घरमा पसेर लाखाैंको धनमाल लुटेका हुन्। लुटपाटमा पंडित प्रदीप भण्डारीको घरबाट ३ तोला सुन र भारतीय रुपैयाँ २५ हजार नगद, टंक खनालको घरबाट सुनकाे सिक्री र नगद २० हजार रुपैयाँ तथा लक्ष्मी चौहानको घरमा रहेका सामानहरू छरपस्ट पारी लुटेराहरू फरार भएकाे स्थानीयले जनाएका छन्। घटनाको समयमा गाउँमा अष्टजाम संकीर्तनको भीडभाड रहेकाे र घरहरू सुनसान भएकाे कारण लुटपाट गर्न सजिलो भएकाे अनुमान गरिएकाे छ। स्थानीयवासीहरूका अनुसार लुटपाटपछि लुटेराहरू अन्दाज नलाग्ने गरी फरार भएका थिए।
झापा- जिल्लामा ५० हजार ९१७ जना भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा धनीपूर्जा पाउनका लागि निवेदन दिएका छन् । मेचीनगर नगरपालिकाको सभाहलमा आइतबार आयोजित भूमिसम्बन्धी अन्तरक्रियामा राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले सो जानकारी दिँदै प्रक्रिया पूरा गरेर धनीपूर्जा वितरण गर्न आयोगले तीव्र गतिमा काम गरिरहेको बताए । अध्यक्ष रिजालले भूमिसम्बन्धी अध्यादेश अनुमोदन नगरेर भूमिहीनको अधिकारमाथि खेलवाड भएको आरोप लगाए। उनले वर्तमान भूमि आयोग पहिलेका तीन वटा आयोगभन्दा फरक रहेको दावी गर्दै अहिलेको आयोग संवैधानिक आयोग भएको र यसको कार्यकाल तीन वर्ष तोकिएको बताए। कार्यक्रममा आयोगका केन्द्रीय सदस्य एवम् कोशी प्रदेश संयोजक अनिलकृष्ण प्रसाईले अबको दुई वर्षभित्र नेपालका…