Author: खबरमञ्च
झापा- संघीय संसदको गत माघ १८ गतेदेखि शुरु भएको हिउँदे अधिवेशन आजदेखि अन्त्य भएको छ । हिउँदे अधिवेशनको अन्तिम बैठकमा सभाुमख घिमिरेले सभामा १० पटक वा सोभन्दा बढी पटक अनुपस्थित हुने सांसदहरुको नाम सार्वजनिक गरेका छन्। यसरी धेरै अनुपस्थित हुनेमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा समेत रहेका छन्। देउवासहित अधिवेशन अवधिभर विभिन्न कारणहरु देखाउँदै सात जना सांसदहरु १० भन्दा बढी बैठकमा अनुपस्थित भएका छन् । सबैभन्दा बढी अनुपस्थित हुनेमा नेपाली काँग्रेसकी सांसद मनोरमा शेरचन रहेकी छन्। थेरापी चलिरहेको कारण देखाउँदै उनी२७ बैठकमा अनुपस्थित रहेको सभामुख देवराज घिमिरेले जानकारी गराए । सभामुख घिमिरेकाअनुसार प्रतिनिधि सभा सदस्यहरु लिलादेवी बोखिम लिम्बू १४ दिन,…
झापा- महाभारतकालीन विराट राजाको सालो किच्चकको दरबार रहेको विश्वास गरिएको भद्रपुर नगरपालिका–३ स्थित किच्चकबधस्थलमा पुरातत्व विभागको टोलीले आठौँ चरणको उत्खनन गरेको छ । उत्खनन गर्दा पुरातात्विक महत्वको ‘दरबारको जग’ भेटिएको पुरातत्वविद् उद्धव आचार्यले जानकारी दिए। उनको नेतृत्वमा पुरातत्व विभागबाट आएको चार सदस्यीय टोलीले यही फागुन २५ गतेदेखि किच्चकबध स्थलमा उत्खनन तथा संरक्षणको कार्य निरन्तर गरिरहेको छ । विभागका अधिकृत नवराज अधिकारीले किच्चकबध स्थलमा विसं २०५८ देखि विभागले आचार्यको नेतृत्वमा उत्खनन गरिरहेको बताए। उनका अनुसार यसपटक जारी उत्खननका क्रममा तीन मिटरभन्दा गहिरो जग र केही प्राचीन सामग्रीहरू भेटिएका हुन् । भेटिएको जगको इँटाहरू विगतमा फेला परेका इँटासँग मिल्दोजुल्दो छ । “यसपटक…
झापा- ताप्लेजुङबाट झापातर्फ आउँदै गरेको बोलेरो ब्रेकफेल भइ इलाममा दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । आज साँझ ५.०७ बजे इलाम नगरपालिका १ सीटीइभीटी नेपालटारस्थित सडकमा ताप्लेजुङबाट झापातर्फ आउँदै गरेको मे १ ज २६ ४५ नं. को बोलेरो अचानक ब्रेकफेल भई सडकबाट अन्दाजी १५ मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा घाइते हुने यात्रुहरु निम्न छन्ः १) ताप्लेजुङ फुङ्लिङ –१० बस्ने ३९ वर्षीय मंगलबिर लिम्बू (दाहिने हातमा चोट, अवस्था बोल्न सक्ने सामान्य रहेको )२) ताप्लेजुङ मिक्वा खोला –१ बस्ने अन्दाजी ४१ वर्षीया कमला लिम्बू ( कम्मरमा चोट, अवस्था बोल्न सक्ने सामान्य रहेको )३) ताप्लेजुङ फुङ्लिङ– १० बस्ने अन्दाजी…
झापा- सेवा क्यानडा इन्टरनेशनल एण्ड सेवाले झापाको कचनकवल–६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र बनियानीलाई अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ । सोमबार एक औपचारिक कार्यक्रमबीच सेवा क्यानडाले स्वास्थ्य केन्द्रलाई उक्त प्लान्ट हस्तान्तरण गरेको हो । कार्यक्रममा दाता संस्थाका केन्द्रीय अध्यक्ष छिवाङ कर्मा, झापा जिल्ला संयोजक पुनम सिंह राजवंशी, जिल्ला कार्यसमिति सदस्य हरिस गणेश, केन्द्रीय महासचिव सागर पनेरु लगायतले स्वास्थ्य केन्द्रलाई प्लान्ट हस्तान्तरण गरेका हुन् । प्रमुख अतिथि कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशी तथा कार्यक्रम अध्यक्षता व्यवस्थापन समिति अध्यक्ष रोमसोम राजवंशीले गरेका थिए । स्वास्थ्य केन्द्र अध्यक्ष राजवंशीले सेवा क्यानडाको सहयोगप्रति आभार व्यक्त गर्दै भने, “यस अक्सिजन प्लान्टले बिरामीहरूको उपचारमा महत्वपूर्ण…
काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विद्युत कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गरेको बताएका छन्। सोमवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री शर्माले घिसिङलाई बाँकी समय काम गर्न दिनुपर्नेमा सरकारले हटाएर गल्ती गरेको बताए । उनले अदालतमा विचाराधीन विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ किन दिनुभयो ? भन्दै प्रश्न समेत गरे । उनले अदालतमा विचाराधिन मुद्दामा सदनमा छलफल गर्नु उचित नहुने बताए। उनले भने, ‘सभामुख महोदय कुलमान घिसिङलाई बाँकी समय काम गर्न दिनु पर्थ्यो। हामी पनि सत्तारुढको कित्ताबाट भनिरहेका छौं । सरकारले हटाएर गल्ति गरेको छ हामीले भनेका छौं । तर यो विषय अदालतको विषय भइसकेको कारण प्रतिपक्षीले…
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले उन्मुक्ति नपाउने बताएका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकलाई सम्बोधन गर्दै उनले तीनकुनेमा गत शुक्रवार भएको राजावादी समूहको आन्दोलन हिंस्रक हुनुमा पूर्वराजा शाहकोसमेत संलग्नता भएको उल्लेख गरेका छन् । उनले जुनसुकै आवरणमा पनि हिंस्रक आन्दोलन गर्ने जोसुकैलाई कानूनी दायरामा ल्याइने दाबी गरे । उनले पूर्वराजा शाहले भिडियो वक्तव्य जारी गरी भीड उक्साउने काम गरेकोसमेत आरोप लगाए। उनले व्यवस्था मासेर फेरि राजा बन्छु भन्नेले उश्रृंखल श्रृंखलावद्ध घटनामा आफ्नो धारणा सर्वजनिक गर्नु पर्दैन ? भन्दै प्रश्नसमेत गरे । उनले भने, ‘पूर्वराजा ज्ञानेन्द्र शाहले गत फागुन ७ गते सार्वजनिक भिडियो वक्तव्य जारी गर्दै भिड उत्साउने…
भद्रपुर (झापा)- गत फागुनमा यहाँको हल्दीबारी गाउँपालिका–४ का ७६ वर्षीय भीमप्रसाद भट्टराईको हात्तीको आक्रमणमा परी ज्यान गयो । भट्टराई आफ्नो घरदेखि चार किलोमिटर दक्षिणस्थित चौकी बिराम सामुदायिक वनमा मृत फेला परेका थिए । गत पुसमा कचनकवल– ७ की कैलावती राजवंशीले हात्तीको आक्रमणमा परी ज्यान गुमाइन् । यस वर्ष मात्रै जिल्लामा हात्तीको आक्रमणमा परी चार जनाले ज्यान गुमाए । बितेको १४ वर्षमा हात्तीको आक्रमणमा परी ६४ जनाले जिल्लामा ज्यान गुमाएको डिभिजन वन कार्यालय झापाका पशु चिकित्सक सोनाम भालले जानकारी दिए। सोही अवधीमा हात्तीको आक्रमणमा परी मृत्यु हुने विदेशी नागरिकको सङ्ख्या आठ रहेको छ । वि.स. २०६२ देखि हालसम्म झापामा २२ वटा…
झापा- गत जेठमा भागी विवाह, असारमा गर्भधारण अनि चैत १ गते ९ महिनाको गर्भ बोकेकी श्रीमतीलाई गर्भको बच्चासहित नै हत्या गरेर शव गायब। यो घटना इलामको फाकफोकथुको हो। फाकफोकथुम गाउँपालिका वडा नं ३ सल्लेरी बस्ने २५ वर्षीय उमेश गिरीले १९ वर्षीया श्रीमती बिमला कट्टेललाई त्यसरी गर्भको बच्चासहित नै हत्या गरेर गाडिदिएका प्रहरीले जनाएको छ। गर्भवती विमलाको हत्या गरेको आरोप लागेका उमेशलाई जिल्ला प्रहरी कार्यालय इलामले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। विमला हराएको निवेदन चैत १ गते आमचोक प्रहरीमा परेपछि प्रहरीले विशेष टोली बनाएर उनको खोजतलास थालेको थियो। दुई सातापछि चैत १५ गते बिहानको राति १ बजे प्रहरीले घरभन्दा…
फुङ्लिङ (ताप्लेजुङ)- जिल्लामा पछिल्लो समय आगलागीका घटना बढिरहेका छन् । विशेष गरी सुक्खायाम सुरु भएसँगै आगलागीको जोखिम उच्च बनेको हो । गत आइतबार मेरिङ्देन गाउँपालिका–५ सिङ्थाप गाउँमा दिउँसो ३ बजे सन्तोष तामाङको घरमा आगलागी भयो । केहीबेरमा घर जलेर पूर्ण रूपमा नष्ट भएपछि तामाङ परिवार विस्थापित हुनुपर्यो । यस घटनाबाट करिब रु छ लाख बराबरको क्षति भएको छ । यसैगरी, मङ्गलबार आठराई त्रिवेणी गाउँपालिका–२ फूलबारी चोकपुर गाउँका लालबहादुर कालीकोटेको घरमा आगलागी हुँदा उनको परिवार पनि विस्थापित भयो । अघिल्लो आइतबार फुङ्लिङ नगरपालिका–३ साउनेपानी गाउँमा प्रेम निरौलाको घरमा आगलागी भयो । नगरपालिकाले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिए पनि उक्त घटनाबाट रु…
झापा- अग्रसेन भवन बिर्तामोड सेवा प्रारम्भको रजत जयन्तीको अवसरमा भवनको नवनिर्मित माथिल्लो तल्ला उद्घाटन तथा श्रीराम कथा आयोजना गरिने भएको छ। आगामी चैत २२ गतेदेखि ३० गतेसम्म कार्यक्रमहरू आयोजना गरिने भएको आइतबार बालाजी धाम परिसरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो। चैत २२ गते मानस ग्रन्थ र शोभा यात्रा तथा नवनिर्मित माथिल्लो तल्ला उद्घाटन गरिने अग्रसेन भवनका अध्यक्ष सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’ले जानकारी दिए। उनले भने, ‘हामीले रामनवमीको अवसरमा श्रीराम कथाका साथै रक्तदान, कृत्रिम खुट्टा वितरण तथा योग शिविर पनि सञ्चालन हुनेछ।’ राम कथा भने चैत २२ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने उनले बताए। यो सामाजिक काममा सबैले साथ दिनेमा विश्वास…