Author: खबरमञ्च
झापा- धान, सुपारी, रबर, मकैपछि झापामा माछा र तरकारी जोन कार्यक्रम सञ्चालनमा आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्लाको चार पालिकामा ‘माछा जोन कार्यक्रम’ थपिएको हो । चालु आर्थिक बर्ष २०८१÷८२ बाट शिवसताक्षी, गौरादह, कमल र गौरीगञ्ज पालिकाको सबै वडामा ‘माछा जोन कार्यक्रम’ सञ्चालन भइरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका सूचना अधिकारी रविन निरौलाले बताए। समान किसिमको बालीको उत्पादन हुने ५०० हेक्टर क्षेत्रफललाई समेटेर सरकारले जोन घोषणा गर्दै विभिन्न सहुलियत र सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको छ । चार पालिकाका ४९ कृषि फार्म र चार कृषक समूहका ११६ महिलासहित २२० कृषक माछा जोन कार्यक्रममा सूचीकृत रहेको निरौलाले जानकारी दिए। गौरीगञ्ज–३…
झापा- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले झापासहित देशभर जन प्रदर्शन गर्ने भएको छ। पार्टीको हालै सम्पन्न पोलिटब्युरो बैठकले जन प्रदर्शन सहित विभिन्न संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ। आगामी चैत्र २४ गते झापासहित देशभरका ७७ वटै जिल्लामा जन-प्रदर्शन गर्ने, चैत्र २७ गते देशभरका पालिकास्तरमा मसाल जुलुस गर्ने र वैशाख ५ गते सम्पूर्ण जिल्लाहरूमा कोण सभा गर्ने कार्यक्रम सार्वजनिक गरेको छ। यसैबीच नेकपा झापाले बुधबार पार्टी कार्यालय बिर्तामोडमा पार्टी सचिवालय बैठक बस्दै पार्टीको केन्द्रीय कार्यक्रमहरू सम्पन्न गर्ने निर्णय गर्दै तयारीमा जुटेको छ। पार्टीका जिल्ला इन्चार्ज सुमनसिंह ‘सी’को नेतृत्वमा बसेको बैठकले सचिवालय सदस्यहरूलाई विभिन्न जिम्मेवारी हस्तान्तरण गर्दै कार्यक्रमको तयारी भएको जानकारी दिएका छन्।…
झापा- भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले गत चैत १५ गतेको घटनामा मृत्यु भएका दुई युवाको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । बुधबार कोटेश्वर भाटभेटनी सुपरमार्केटमा कर्मचारी सम्मान कार्यक्रम आयोजना गरिएको कार्यक्रम बोल्दै उनले यस्तो घोषणा गरेका हुन्। उनले सुरेशको परिवारलाई ५ लाख र सविनको परिवारलाई ३ लाख दिने घोषणा गरे ।
बिर्तामोड- झापाको बिर्तामोडमा १८औँ विश्व अटिजम सचेतना दिवस विविध कार्यक्रमसहित सम्पन्न गरिएको छ। बिर्तामोडको मुक्तिचोकबाट प्रभातफेरी निकाल्दै अटिजमबारे जनचेतना फैलाइएको थियो। हनुमान सेन्ट्रलबाट सुरु भएको प्रभातफेरी वान स्टप मल हुँदै इलाका प्रहरी कार्यालयसम्म पुगेपछि पुनः हनुमान सेन्ट्रलमै कोणसभामा परिणत भएको थियो। कार्यक्रममा बिर्तामोडका कार्यबाहक नगर प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले अटिजम कुनै रोग वा अपाङ्गता नभई एउटा अवस्था भएको बताउँदै यसबारे समाजमा सकारात्मक सोच बनाउनुपर्नेमा जोड दिए। उनले अटिजम भएका बालबालिकाको संरक्षण र व्यवस्थापनका लागि बिर्तामोड नगरपालिकाले आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए। साथै, महेन्द्ररत्न माविमा अटिजम भएका बालबालिकाको अध्ययनका लागि विशेष व्यवस्था मिलाइएको जानकारी गराए महेन्द्ररत्न माविका प्रधानाध्यापक खड्गप्रसाद खरेलले अटिजम…
काठमाडौँ- परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बिमस्टेक राष्ट्रहरूमा आकस्मिक घटनामा काम गर्न विशेष संरचना बनाउन आवश्यक रहेको बताएकी छन्। थाइल्याण्डको राजधानी बैंककमा आयोजित छैठौँ बिमस्टेक समिटको पूर्वसन्ध्यामा आज इण्डिया फाउन्डेसनद्वारा आयोजित तेस्रो बिमस्टेक डायलगलाई सम्बोधन गर्दै दक्षिण एशिया क्षेत्रमा बढिरहेको जोखिमलाई हेरेर आकस्मिक घटनामा तत्काल काम गर्नसक्ने विशेष संरचना बनाउन आवश्यक रहेको बताइन्। गत मनसुनमा नेपाल—भारतमा आएको बाढी, पहिरो, केही दिनअघि म्यानमार र थाइल्याण्डमा आएको भूकम्प, बंगलादेशमा आएको बाढी जस्ता धेरै विपद् र आकस्मिक घटनामा संयुक्त पहल गर्नसके जोखिम र क्षति कम गर्न सकिने उनले बताइन्। संयुक्त प्रयासले आपसी भाइचारा र सहयोगको बाटो औपचारिक रुपमा खुल्ने उनको भनाइ थियो। उनले…
काठमाडौँ– नेपाल र थाइल्याण्डबीच विभिन्न आठ समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा दुई देशका सरकारी पक्षबीच दुईवटा र गैरसरकारी पक्षबीच छवटा समझदारीपत्रमा हस्ताक्षर भएको हो। समझदारीपत्रमा हस्ताक्षर समारोहअघि प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्ले द्विपक्षीय भेटवार्ता गरेका छन्। राजनीतिक तथा द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहकार्य, उड्डयन, पर्यटन तथा संस्कृति, विकास सहकार्य, तथा क्षेत्रीय र बहुपक्षीय मुद्दाका सम्बन्धमा आ–आफ्ना धारणा व्यक्त गरे। दुवै देशका प्रधानमन्त्रीको समुपस्थितिमा सरकारी तवरबाट संस्कृति तथा पर्यटनका क्षेत्रमा दुईवटा समझदारी भएको छ भने गैरसरकारी क्षेत्रबीच विभिन्न छ वटा विषयका समझदारीपत्रमा हस्ताक्षर भएको छ। नेपाल सरकारको तर्फबाट…
काठमाडौँ- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीलाई तीन खम्बे अर्थनीतिको एक खम्बा हो भन्ने प्रमाणित गर्न सबैले भावनात्मक रुपले अगाडि बढ्न जरुरी रहेको बताएका छन्। ६८औँ राष्ट्रिय सहकारी दिवस तथा अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को अवसरमा बुधवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले सहकारी ऐन, ०७४ ले सहकारीका सहकारीका समस्याहरू अटाउन नसकेको कारण सरकारले अध्यादेशमार्फत कानून बनाएको स्पष्ट पारेका हुन्। उनले सरकारले सहकारीहरूको व्यवस्थापनका लागि नियमन प्राधिकरण, कर्जा असुली न्यायाधीकरण तथा वचत सुरक्षण कोष आवश्यक रहेको महसुस गरेर ऐन संशोधन गरेको जिकिर गरे। उनले भने, ‘सहकारीमा देखिएका समस्याहरू र सहकारीहरूलाई भड्काएर फाइदा लिन खोज्ने तत्वहरुले विभिन्न…
बैंकक- प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)कोे छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा मंगलबार थाइल्यान्डको बैंकक आइपुगेका छन् । प्रधानमन्त्री ओली साँझ स्थानीय समय अनुसार ६.१५ बजे बैंकक आइपुगेका हुन् । उनलाई सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिट, संस्कृति तथा खेलकुदमन्त्री सोरावोङ थेनबोङ र थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली, नेपालका लागि थाइल्यान्डका राजदूत सावापोङ सिरिसोर्नसहितले स्वागत गरे । थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलो पटक थाइल्यान्डको औपचारिक भ्रमण भएको हो । प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला…
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली ५ दिने औपचारिक भ्रमणका क्रममा थाइल्याण्ड प्रस्थान गरेका छन्। मंगलवार दिउँसो प्रधानमन्त्री ओली ५ दिने आपचारिक भ्रमणका क्रममा आज त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै थाइल्याण्ड प्रस्थान गरेका हुन्। नेपाल–थाइल्याण्ड दौत्य सम्बन्ध गाँसिएको ६५ वर्षको इतिहासमा नेपालका प्रधानमन्त्रीले थाइल्याण्डको औपचारिक भ्रमण गर्न लागेको यो पहिलोपटक हो । सन् १९५९ नोभेम्बर ३० मा नेपाल र थाइल्याण्डबीच कुटनीतिक सम्बन्ध गाँसिएको थियो । त्यसयताका ६५ वर्षमा थाइल्याण्डका प्रधानमन्त्रीले एकपटक मात्र नेपाल भ्रमण गरेका छन्। यसबाहेक दुई देशबीच उच्चस्तरीय भ्रमण हुन सकेको थिएन । प्रधानमन्त्री ओली बिमस्टेकको छैटौँ शिखर सम्मेलनलाई सम्बोधन गर्न थाइल्याण्ड गएका हुन् । बिमस्टेकको छैटौँ शिखर सम्मेलन थाइल्याण्डमा…
काठमाडौँ- प्रतिनिधि सभाले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बोहराको निधनमा शोक प्रस्ताव पारित गरेको छ । मंगलवार बसेको सभाको बैठकले सर्वसम्मतले शोक प्रस्ताव पारित गरेको हो । २०७९ मंसिर ४ गतेको निर्वाचनमा रुपन्देही जिल्ला क्षेत्र नम्बर ३ बाट संघीय संसद प्रतिनिधि सभामा निर्वाचित हुनुभएका बोहराको मंगलवार नै उपचारका क्रममा निधन भएको हो । बोहरा विभिन्न पटक राष्ट्रिय पञ्चायत र प्रतिनिधि सभामा निर्वाचित सदस्य, ८ पटक नेपाल सरकारको मन्त्री भइसकेका थिए। बोहराको ७४ वर्षको उमेरमा भएको जानकारी सदन समक्ष गराउँदै सभामुख घिमिरेले उनीप्रति श्रद्धाञ्जली अर्पण गर्नुको साथै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे । उनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट रुपन्देही…