Author: खबरमञ्च

झापा- गर्मी बढेसँगै फलफूलको व्यापार व्यवसाय बढेको छ ।  अंगुर, स्याउ, मेवा, सुन्तला, नरिवल, केरा लगायतका फलफूलहरु बजारमा धेरै विक्री हुने गरेका छन् । गर्मी याममा जाडोको भन्दा बढी फलफूलहरु खाने गरिन्छ । फलफूलले गर्मीलाई कम गर्ने र शितलता प्रदान गर्ने भएकाले पनि गर्मी याममा फलफूलको व्यापार व्यवसाय बढी हुने गर्दछ । उखु, नरिवलको जुस गर्मीको समयमा बढी खाने गरिन्छ । अहिले विशेषगरी खर्बुजाको सिजन भएकाले मानिसहरू खर्बुजा किन्न बजार जाने गरेका छन्।

Read More

झापा- काठमाडौँबाट झापातर्फ आउँदै गरेको हायस गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । हिजो राति २ बजे सुनसरीको इटहरी उपमहानगरपालिका ५ एपेक्स हस्पिटलनजिकै पूर्वपश्चिम लोकमार्गमा झापातर्फ आउँदै गरेको बा ४ ख ४१८८ नं. को हायस गाडीले सोही दिशा आउँदै गरेका ठेला चलाउने जनताबस्ती बस्ने ७२ वर्षीय केदार खड्कालाई ठक्कर दिएको थियो । टाउको तथा शरीरको बिभिन्न भागमा गम्भीर चोट लागेर इटहरीस्थित एपेक्स हस्पिटलमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बिराट नर्सिङ होम पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले हायस र हायस चालक मोरङ बूढीगंगा गाउँपालिका– १ पुष्पलाल चोक बस्ने ३२ वर्षीय अनोज अधिकारीलाई नियन्त्रणमा लिएको छ…

Read More

काठमाडौँ- आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष माधव भट्टराई बताउँछन् । “विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गति र स्थिति अनुसार विक्रम संवत् चल्दछ, शक संवत्का विशेषतादेखि इश्वी संवत्का व्यावहारिक गुण यसभित्र समावेश गरिएको छ”, उनले भने।…

Read More

बिर्तामोड- बिर्तामोडमा आयोजित ‘प्रथम वार्डस्तरीय ९० प्लस व्याडमिन्टन प्रतियोगिता’को उपाधि राम अवतार घिमिरे र कृष्ण खड्काको जोडीले जितेको छ । मेहरमान स्मृति प्रतिष्ठानको कभर्ड हलमा वडा खेलकुद विकास समिति बिर्तामोड १ द्वारा शनिबारदेखि आयोजित प्रतियोगिताको आइतबार भएको फाइनल खेलमा घिमिरे र खड्काको टोलीले राजेश उप्रेती र सञ्जय भक्तराजको जोडीलाई हराउँदै विजेता बनेको हो । यस्तै राजु घिमिरे र मदन खड्काको जोडी तेस्रो बनेको छ । उपाधि विजेताले नगद २० हजारसहित मेडल, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उप विजेता बनेको उप्रेती र भक्तराजको जोडीले नगद १० हजार र तेश्रो घिमिरे र खड्काको जोडीले ५ हजार रुपैयाँसहित मेडल, ट्रफी…

Read More

झापा- बिर्तामोड नगरपालिकाले बैशाख ३ गते स्थानीय विदा दिएको छ । आदिवासी राजवंशी समुदायको सिरुवा पर्वको लागि बैशाख ३ गते स्थानीय विदा दिइएको नगरपालिकाका उपसचिव तिलचन भण्डारीले आइतबार जारी गरेको सूचनामा उल्लेख छ । राजवंशी समुदायको बाहुल्यता रहेको बिर्तामोडमा विगत केही वर्षदेखि नगरपालिकाले सिरुवाको विदा दिँदै आएको छ । राजवंशीहरुले बैशाख १ , २ र ३ गते सिरुवा पर्व मनाउने गरेका छन् । झापा गाउँपालिकाले पनि बैशाख ३ गते विदा दिएको छ ।

Read More

झापा- प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगर अस्पतालको आइतबार शिलान्यास गरेका छन्। नगरपालिकाको वडा नं १ स्थित चौतु चोकमा आयोजित कार्यक्रममा उनले शिलान्यास गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्माण हुने अस्पतालले स्थानीय बासिन्दाका साथै छिमेकी भारतका जनताको उपचारको सुविधा दिनसक्ने बताए । उनले आवश्यकता आधारमा अस्पतालको सेवा विस्तार गर्दै जान सकिने जनाउँदै सूचना र प्रविधिको उपयोगबाट सरकार हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन क्रियाशील रहेकोे बताए। मुलुकलाई रचनात्मक कामबाट विकसित गराउने अभियानमा सरकार रहेकाले युवाहरूलाई स्वदेशमै व्यावसायिकता र रोजगारीमा लाग्न प्रधानमन्त्रीले आग्रह गरे ।दुई बिघामा रु १२ करोड ५९ लाख ७९ हजार ४९६ को लागतमा २०८३ साल माघ…

Read More

इलाम- नयाँ वर्षको अवसरमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवासहित नेपालका लागि विभिन्न देशका १५ राजदूत कन्याम आइपुगेका छन् । परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजना तथा इलामको सूर्योदय नगरपालिकाको समन्वयमा अनौपचारिक भ्रमणअन्तर्गत उनीहरू आइतबार अपराह्न कन्याम आइपुगेका हुन् । परराष्ट्रमन्त्री डा देउवाको नेतृत्वमा परराष्ट्र मन्त्रालयका सचिव अमृत राईसहितका कर्मचारी, बोर्डका कर्मचारी, १५ देशका राजदूतलागयत ४५ जना उच्च अधिकारीले कन्याम भ्रमण गरेका हुन् । टोलीलाई नगरपालिकाले कन्याममा स्वागत गरेर वडा नं ४ स्थित श्रीअन्तु पुर्याएको छ । अतिथिलाई कन्याममा पञ्चैबाजाले स्वागत गरिएको थियो । परराष्ट्र मन्त्रालयले वार्षिक कार्यक्रमअन्तर्गत राजदूतलाई मुलुकका पर्यटकीय गन्तव्यको भ्रमण गराएको हो । प्रतिनिधिमण्डलमा इजिप्ट, दक्षिण कोरिया,…

Read More

झापा- झापाको अर्जुनधारामा लाखौको चोरी भएको छ । अर्जुनधारा नगरपालिका वडा न.६ डाँसपुल छेउ बस्ने दिपक पराजुलीको घरमा चोरी भएको हो । दुई तले पक्की घरमा कोही नभएको अवस्थामा घरको मुल ढोकाको ताल्चा फुटाई माथिल्लो तल्लाको कोठाभित्र दराजमा रहेको सुनको बिभिन्न गरगहनाहरु अन्दाजी साढे ३ तोला र चाँदीको बिभिन्न गरगहनाहरु अन्दाजी १३५ तोला गरी जम्मा ८ लाख ४५ हजार बराबरको चोरी भएको हो । पराजुली परिवारका सम्पूर्ण सदस्यहरु काठमाण्डौ गएका थिए । हिजो साँझ घर फर्किएर आएपछि घरमा चोरी भएको थाहा पाएका थिए ।

Read More

झापा- करेन्ट लागेर झापा र इलाममा दुई जनाको मृत्यु भएको छ । शनिवार बिहान अन्दाजी ११ बजेको विद्युतीय मोटरबाट करेन्ट लाग्दा झापाको कन्काईमा एकजनाको मृत्यु भएको हो । कन्काई नगरपालिका वडा नंम्बर १ बस्ने ६६ वर्षीय ताराबहादुर बिश्वकर्मा आफ्नै घरमा पानी तान्ने बिद्युतीय मोटरको तार जोड्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका थिए । उनलाई उपचारको लागि आफन्तले बिर्तासिटी अस्पताल बिर्तामोडतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भइसकेको प्रहरीले जनाएको छ । इलाममा पनि सोही समयमा करेन्ट लागेर अर्का एकजनाको ज्यान गएको छ । बिहान ११ बजे इलाम माई नगरपालिका ८ लालखोला बस्ने ४६ वर्षीय मदनकुमार राईले घरमा कोही नभएको अवस्थामा मोबाइल…

Read More

झापा- भोजपुरको भोजपुर नगरपालिका–५ बोखिमबाट गोबर मल लिएर जाँदै गरेको प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्रयाक्टर वडा नं –३ सेतीबगरमा गएराति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा भोजपुर–५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही ठाउँका ५५ वर्षीय भक्तबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज तिम्सिनाले जानकारी दिए। ती दुवैको घटनास्थलमै मृत्यु भएको हो । राति १०.३० बजे मध्यपहाडी लोकमार्गमा बोखिमबाट गोबर मल लोड गरी छिनामखुतर्फ जाँदै गरेको ट्रयाक्टरको अचानक ब्रेक फेल भई सडकबाट अन्दाजी ४० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा चालक सुनसरी धरान ५ बस्ने ३२ वर्षीय बिशाल…

Read More