Author: खबरमञ्च
काठमाडौँ- नेकपा (एमाले) का सांसद रघुजी पन्तले पत्रकारहरूलाई संसदीय समितिको बैठकमा रोक लगाउनुपर्ने बताएका छन्। सोमबार सिंहदरबारमा “सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०” का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदनमाथि छलफलमा बोल्दै उनले पत्रकारहरूको कारण मिथ्या सूचना फैलिने डरले सरकारी कर्मचारीहरू समितिमा आएर बोल्ने अवस्था नरहेको बताए। पन्तले आफूले अन्तर्राष्ट्रिय अभ्यासहरू हेरेको बताउँदै समिति बैठकमा पत्रकारलाई प्रतिबन्ध लगाएर फाइनल रिपोर्ट मात्रै दिनुपर्ने जिकिर गरे । उनले आफूहरुले भ्रष्टाचारीहरूलाई जोगाउन नखोजेको बताए। उनले फौजदारी मुद्दाको प्रकृति हेरेर मात्रै कदम चाल्नुपर्ने आवश्यकता रहेको बताउँदै कसैलाई पनि अन्याय नहोस् भन्ने आफ्नो चाहना रहेको जिकिर गरे । उनले…
काठमाडौँ- प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले भ्रष्टाचारमा दोषी सेवा निवृत्त कर्मचारीलाई पेन्सन दिने पक्षमा नरहेको बताएका छन् । सोमवार सिंहदरबारमा “सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०” का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदनमाथि छलफलमा बोल्दै उनले सेवाबाट अवकाश भई पेन्सन पाइरहेको व्यक्ति भ्रष्टाचार लगायतका नैतिक पतन देखिने गम्भीर प्रकृतिको मुद्दामा दोषी देखिए पेन्सन दिनुहुन्न भन्ने पक्षमा समिति रहेको बताए । उनले राज्य कोषबाट दोहोरो सुविधा लिनुहुन्न भन्नेमा समितिका सदस्यहरू एकमत रहेको बताए । सभापति खतिवडाले भने, “यो ऐन प्रारम्भ भएपछि अवकाश भई निवृत्तिभरण वा पारिवारिक निवृत्तिभरण पाइरहेको व्यक्ति भ्रष्टाचार,…
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरुलाई जायज माग सम्बोधन गर्न सरकार तयार रहेको भन्दै घर फर्कन आग्रह गरेका छन्। सोमवार नेपाल प्रगतिशील प्राध्यापक संगठनको ११ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान र मुलुकको अर्थतन्त्रको आधारमा गर्न सकिने काम गर्न सरकार तयार रहेको उल्लेख गर्दै शिक्षकका प्रतिनिधिहरूलाई वार्तामा आउनसमेत आह्वान गरे । उनले वर्तमान सरकार दमनकारी नरहेको उल्लेख गर्दै गर्न सकिने कामको लागि आन्दोलन गरिरहनु नपर्ने बताए । उनले त्यसै आउने ऐनलाई हामीले ल्यायौं भन्नको लागि दुःख गरिरहनुनपर्ने बताए । उनले माध्यमिक शिक्षा परिक्षा (एसईई)मा ५२ प्रतिशत फेल गराएर उनीहरुको भविष्य तरबार चलाइएको भन्दै यस सम्बन्धमा…
फुङ्लिङ (ताप्लेजुङ)- ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको बलेरो गाडीमा आगलागी हुँदा चार जना यात्रुको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयको अनुसार मे१च ३०११ नम्बरको बलेरो गाडीमा फुङ्लिङ नगरपालिका–१० सेवारोचोकमा एक्कासि आगलागी भएको थियो । ताप्लेजुङबाट पाथिभरा मन्दिर जाने क्रममा फुङलिङ नगरपालिका १० गुन्द्रे र तेर्सेको छेउमा सडकमा लत्रेको बिजुलीको तारमा गाडी अल्झिँदा मे १ ज ३०११ नम्बरको बोलेरोमा आगो लाग्दा ४ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा फुङलिङ नगरपालिका १० का सवारी चालक दुर्गा भट्टराई, ललितपुर जिल्लाकी वर्ष १६ की आध्या आचार्य, झापा जिल्लाका वर्ष ६९ की सरिता पौडेल, झापाकै वर्ष…
काठमाडौँ- राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरू रिहा भएका छन् । आइतबार सिंहदरबारमा प्रदर्शन गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । अध्यक्ष लिङ्देनसहित बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानेन्द्र शाही, कैलाश कटुवाललगायत पक्राउ परेका थिए । निषेधित क्षेत्र तोड्दै गिरफ्तारी दिने राप्रपाको कार्यक्रम थियो ।
झापा- अभिभावक सङ्घ नेपालले राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ। १९ दिनदेखि शिक्षक तथा विद्यालय कर्मचारीहरू आन्दोलनमा रहेका बेला सङ्घले आयोगको ध्यानाकर्षण गराएको हो। आन्दोलनका कारण सामुदायिक विद्यालयका करिब ५५ लाख विद्यार्थीको पठनपाठन, परीक्षा, नतिजा प्रकाशन, विद्यालय भर्ना लगायतका विषय प्रभावित भएको छ। जसले गर्दा विद्यार्थीहरूको पढ्न पाउने अधिकार हनन् भएको भन्दै अभिभावकहरूको संस्थाको ध्यानाकर्षण भएको हो। शिक्षाका सरोकारवालाहरूको समस्या राज्यले हल गर्नु जरुरी रहेको भन्दै सङ्घले शिक्षकका जायज मागहरू तत्काल पूरा गर्न माग गरेको छ। शिक्षक खुशी भए भने मात्रै कक्षा कोठा रमाउने भन्दै शिक्षकलाई सम्मान गर्ने कुरामा राज्य चुक्न नहुने सङ्घको ठहर छ। विद्यार्थीहरूको पढ्न सिक्न पाउने…
मोरङ- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले पूर्वराष्ट्रपति एवं उपराष्ट्रपतिलाई राजनीतिमा पुनः फर्कन कुनै बन्देज नभएको बताएका छन् । विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पूर्वराष्ट्रपति एवं उपराष्ट्रपतिलाई राजनीतिमा पुनः फर्कन संवैधानिक कानुन र अन्तरराष्ट्रिय परम्पराले पनि नरोक्ने बताए। माओवादी केन्द्रका अध्यक्ष दाहालले शनिबार प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र आफूबीच भएको बैठक शान्ति प्रक्रिया टुङ्ग्याउने विषयमा केन्द्रित भएको जानकारी दिए। अध्यक्ष दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका निम्ति तीन राजनीतिक दलबीच कुनै किसिमको विमति नरहेको स्पष्ट गरे।
काठमाडौँ- विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले आज पनि प्रदर्शन जारी राखेका छन् । करिव १५ दिनदेखि शिक्षकहरू काठमाडौंको माइतीघर मण्डलामा आन्दोलनरत छन् । शिक्षामन्त्री, सभामुख, प्रधानमन्त्रीसँग समेत छलफल गरे पनि निस्कर्ष शिक्षकहरूले आन्दोलन छोडेका छैनन् । विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहने शिक्षकहरूको अडान छ । आन्दोलनमा सहभागी एक शिक्षकले कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि शुरु हुने र यसमा पनि शिक्षकहरू समावेश नहुने जानकारी दिए। राज्यले आफूहरुका माग छिटो सम्बोधन गर्नेमा आशावादी रहेको उनको भनाइ छ । शिक्षकहरूले शनिवारसम्म बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म आन्दोलन गर्दै आएकोमा आइतवारबाट भने बिहान ९ देखि…
काठमाडौँ- वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने भएको छ । आइतवार भक्तपुरमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । भक्तपुर सांगीतिक समाज र भक्तपुर चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने र सांगीतिक साँझ भक्तपुरको सल्लाघारीस्थित इम्पेरियल बैंक्वेटमा हुने जानकारी दिइएको छ । कार्यक्रममा १ हजार २ सय सम्मको उपस्थिति रहने आयोजकको भनाइ छ । सहभागिताको लागि प्रतिव्यक्ति एक हजार, १ हजार ५ सय र २ हजार ५ सय सम्मको प्रवेश टिकट रहने आयोजकको भनाइ छ । कार्यक्रम स्थलमा विभिन्न उत्पादनहरु एवं विभिन्न परिकारका खानाका स्टलहरुसमेत रहने बताइएको छ । पत्रकार…
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । आइतवार मध्यान्ह राप्रपाका नेता/कार्यकर्ताहरुले माइतीघरमा भेला भएर व्यवस्था परिवर्तनको माग गर्दै प्रदर्शन गरेका हुन् । उनीहरूले गत वर्षको चैत्र १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र पार्टीका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य धवलसमशेर जबरालाई निःशर्त रिहा गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । उनीहरूले राजा आउ देश बचाउ, हाम्रो राजा, हाम्रो दशे, प्राण भन्दा प्यारो छ, लगायत सरकारबिरोधी नारा लगाएका छन् । आन्दोलनलाई मध्यनजर गरी सरकारले सुरक्षा व्यवस्था मजबुत बनाएको छ ।