Author: खबरमञ्च

शिवसताक्षी- झापाको शिवसताक्षी नगरपालिकामा दुईदिने कृत्रिम बुद्धिमत्ता (AI) सम्बन्धी विशेष तालिम सम्पन्न भएको छ। नगरपालिकाको प्रशासनिक कार्यलाई प्रविधिमैत्री, छिटो र प्रभावकारी बनाउने उद्देश्यले शाखा प्रमुख, वडा सचिव र स्थानीय युवाहरूलाई लक्षित गरी यो कार्यक्रम आयोजना गरिएको हो। तालिमको उद्घाटन गर्दै नगरप्रमुख मेगाहाङ थोप्राले आधुनिक प्रविधिको प्रयोगबाट कर्मचारीहरूको कार्यक्षमता अभिवृद्धि हुने बताए। उनले दैनिक प्रशासनिक कामकाजलाई सहज र सरल बनाउँदै सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रवाह गर्न एआई (AI) को भूमिका महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे। प्रविधिसँग अभ्यस्त हुनु आजको आवश्यकता रहेको उनको भनाइ थियो। दुई दिने कार्यक्रम अन्तर्गत पहिलो दिन नगरपालिकाका शाखा प्रमुख तथा वडा सचिवहरूलाई कार्यलयको काममा प्रयोग गर्न सकिने उन्नत…

Read More

झापा- जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले सवारी साधनहरूमा अनाधिकृत रूपमा जडान गरिएका ‘प्रेसर हर्न’ हटाउने विशेष अभियान सुरु गरेको छ। ध्वनि प्रदूषण नियन्त्रण गर्ने र सडक सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले जिल्लाभर यो अभियान संचालन गरिएको हो। अभियानको पहिलो दिन सोमबार जिल्लाका विभिन्न स्थानहरूमा गरिएको चेकजाँचका क्रममा ७३ वटा प्रेसर हर्न निकालिएको छ। यसक्रममा ट्राफिक नियम उल्लंघन गर्ने ११ वटा सवारी साधनहरूलाई नियमानुसार कारबाही समेत गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए। प्रेसर हर्नबाट निस्कने अत्यधिक ठूलो आवाजले ध्वनि प्रदूषण मात्र नबढाई आम नागरिकको मानसिक तथा शारीरिक स्वास्थ्यमा समेत गम्भीर असर पुर्‍याइरहेको प्रहरीको निष्कर्ष छ।…

Read More

काठमाडौँ- सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई थुनामुक्त गर्न माग गर्दै दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश मेघराज पोखरेलको इजलासले आज सो रिट निवेदनमा आधार कारणसहित यो आदेश प्राप्त भएको मितिले बाटोको म्यादबाहेक तीन दिन भित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न भनिएको छ । आदेशमा भनिएको छ, “यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिम बन्दीप्रत्यक्षीकरणको जादेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुनुनपर्ने भए सोको आधार कारणसहित यो आदेश प्राप्त भएको मितिले बाटोको म्यादबाहेक तीन दिन भित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु…

Read More

काठमाडौँ- यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट १५ जनालाई विचौलियाको आरोपमा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुर र मातहत प्रहरी वृत्त सातदोबाटोबाट खटिएको ‘स्विप अप्रेसन’ प्रहरी टोलीले आज ललितपुर महानगरपालिका–१३ एकान्तकुनाबाट उनीहरुलाई पक्राउ गरेको हो । ललितपुर प्रहरीले आज एक सूचना जारी गरी यातायात कार्यालयमा आउने सेवाग्राहीलाई अनावश्यक हैरानी, सास्ती र अवरोध सिर्जना गर्ने गरेको पाइएपछि १५ जनालाई नियन्त्रणमा लिएको उल्लेख गरेको छ । उनीहरुलाई प्रहरी वृत्त सातदोबाटोमा राखिएको र थप आवश्यक अनुसन्धान थालिएको पनि प्रहरी परिसरले जनाएको छ । सन नेपाल लाइफ इन्स्योरेन्सका सिइओ पक्राउ त्यसैगरी नेपाल प्रहरीले सन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजकुमार अर्याललाई पक्राउ…

Read More

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । उनले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार यही चैत १९ गते बिहीबार दिउँसो २ः०० बजे अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए । यसअघि, आजै बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । यसैबीच,संघीय संसद् सचिवालयले राष्ट्रपतिको आह्वानअनुसार दुवै सदनका सदस्यहरूलाई बैठकमा उपस्थितिका लागि अनुरोध गरेको छ । महासचिव पद्मप्रसाद पाण्डेयद्वारा आज जारी सूचनामा सबै सांसदहरूलाई सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको सभाकक्षमा उपस्थितका लागि अनुरोध गरिएको छ ।

Read More

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले विभिन्न तहमा भर्ना लक्षित प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय गरेका छन् । आइतबार मन्त्रिस्तरीय निर्णय गर्दै उनले १ वैशाख २०८३ देखि यस्ता कक्षाहरू पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेका हुन् ।मन्त्रालयका प्रवक्ता तथा सहसचिव शिवकुमार सापकोटाले प्रेस विज्ञप्ति जारी गरेर निर्णयबारे जानकारी गराएका छन् । विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना लक्षित प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्सको नाममा विभिन्न संस्थाहरुले सञ्चालन गर्दै आएका कार्यक्रमहरु बन्द गरिएको विज्ञप्तिमा उल्लेख छ । यस्ता कार्यक्रमहरू सञ्चालन भए अनुगमन गरी प्रचलित कानुन बमोजिम कारवाही प्रक्रिया अघि बढाउनेसम्बन्धी जिल्ला…

Read More

झापा- लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ परेकी छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई गएराति पक्राउ गरेको हो । प्रहरीले उनलाई काठमाडौंको धुम्बाराहीबाट पक्राउ गरेको हो । उनले एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेका थियो । शर्मालाई मुद्दा चलाउन नपर्ने रायसहित जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा तयार भएको फाइल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको थियो । बालिकाको उद्दारका क्रममा महानगरपालिकाको नगर प्रहरी, वडाका प्रतिनिधि र प्रहरी समेत घटनास्थलमा पुगेर मुचुल्का गराएका थिए । काठमाडौं महानगरपालिकामा प्रशिक्षार्थी रहेका केही विद्यार्थीले काठमाडौंको सामुदायिक विद्यालयमा पढिरहेका तर बाबुआमा साथमा नभएका बालबालिकाबारे सर्वेक्षण गरिरहेका थिए । त्यसक्रममा…

Read More

काठमाडौँ- पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्का पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । भदौ २४ मा उनको निवासमा आगजनी गर्दा नेपालीसहित कैयौँ विदेशी मुद्रा फेला पारेको थियो भने उनीमाथि स्काउटको जग्गा हिनामिना गरेको आरोप पनि छ ।

Read More

काठमाडौँ– पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन्। चिकित्सकको सुझावपछि निगरानीमा राख्न उनलाई अस्पताल भर्ना गरिएको सुरक्षा स्रोतले जानकारी दिएको छ। उनलाई अस्पतालको एनेक्स वान भवनस्थित विशेष कक्षको ५०१ नम्बर बेडमा राखिएको छ। उनको रगत परीक्षण, भिडियो एक्सरे लगायतका जाँच गरिएको थियो। पक्राउपछि प्रारम्भिक स्वास्थ्य परीक्षणका लागि ७४ वर्षीय ओलीलाई अस्पताल पुर्‍याइएको थियो। उनलाई २३ र २४ भदौको जेनजी आन्दोलनमा दोषि देखाउँदै छानबिन आयोगले कारबाही गर्न सिफारिस गरेअनुसार प्रहरीले पक्राउ गरेको हो। शनिबार एकाबिहानै भक्तपुरको गुण्डुस्थित निवासबाटै प्रहरीले उनलाई प्रहरीले पक्राउ गरेको थियो। उनको पक्राउको विरोध भइरहेको छ। साथै प्रहरीले पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि…

Read More

काठमाडौँ- नेकपा (एमाले) ले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको गिरफ्तारीलाई प्रतिशोधपूर्ण र गैरकानूनी ठहर गरेको छ। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को अध्यक्षतामा बसेको आकस्मिक सचिवालय बैठकले सरकारको यो कदम लोकतान्त्रिक मूल्य र कानूनी शासनको मर्म विपरीत रहेको निष्कर्ष निकालेको हो। बैठकपछि आयोजित पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेलले पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै गिरफ्तारीको कडा निन्दा र भर्त्सना गरे। एमालेले पक्राउ परेका दुवै नेतालाई तत्काल रिहा गर्न माग गरेको छ। महासचिव पोखरेलका अनुसार सरकारले पूर्वाग्रही ढंगले कदम चालेको भन्दै एमालेले यसको राजनीतिक र कानूनी दुवै रूपमा प्रतिवाद गर्ने…

Read More