Author: खबरमञ्च

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा रहेका नेपालीको मृत्युपछि उनका परिवारले पाउने बीमा रकममा समेत ठगी हुने गरेको तथ्य खुलेको छ । सरकारी कर्मचारीकै मिलेमतोमा मृतकको विमा रकममा ठगी गर्ने गिरोहका ६ जनालाई पक्राउ गरी शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार सार्वजनिक गरेको हो । विमा बापतको रकम लिन सहजिकरण गर्ने नाममा गठी गर्ने रोशी – १२, काभ्रेका रामबहादुर तामाङ, लालबन्दी–८, सर्लाहीका विनोदकुमार लामा, डिकबहादुर मल्ल, रविन भन्ने रविन्द्र मोक्तान, प्रकाशबहादुर गोले र रुद्रमान गोलेलाई प्रहरीले जान सार्वजनिक गरेको हो । प्रहरीले सरकारी अधिकारीको बारेमा भने तत्काल कुनै जानकारी दिएको छैन् । अनुसन्धानपछि थप विवरण सार्वजनिक गर्ने प्रहरीको तयारी छ…

Read More

काठमाडौं । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले जिन्दगीका हरेक उतार चढाव फोटोग्राफीले यादगार बनाएको बताएकी छिन् । शुक्रबार काठमाडौंमा फोटोग्राफर संघले आयोजना गरेको क्यालेन्डर विमोचन कार्यक्रममा उनले आफ्नो जीवनमा फोटोग्राफीले निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन् । पछिल्लो समय फोटोग्राफीमा धेरै नै परिवर्तन भए पनि पहिलेको फोटोसँग आफ्नो भावनाहरू जोडिएको उनको भनाई छ । ‘फोटोको अर्थ धेरै छ । पहिलेको तुलनामा अहिले फोटोग्राफीमा निकै परिवर्तन आएको छ । अहिले हामी फेसबुकमा फोटो हाल्नको लागि मात्र हामी फोटो खिच्छौं । तर मन परेर घरको भित्तामा राखेको फोटो र फेसबुकको फोटोमा अन्तर छ । मैले त्यतिबेला मेरी आमाको फोटो नखिचेको भए अहिले…

Read More

झापा । सरकारले कोशी नामकरणको विरोधमा आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बूलाई सहिद घोषणा गर्ने निणर्य गरेको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निणर्य गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । साथै मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निणर्य पनि मन्त्रीपरिषद्ले गरेको छ । उनले भनिन्, ‘कोशी नामकरण सन्दर्भमा कोशी प्रदेशमा आन्दोलनको क्रममा पदमबहादुर लिम्बूको निधन हुन पुग्यो । त्यसपछि आन्दोलनकारीसँगको छलफलबाट छानबिन समिति बनेको थियो । त्यसपछि काम प्रक्रिया अघि बढ्ने क्रममा आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बूलाई सहीद घोषणा गर्ने र क्षतिपूर्ति उपलब्ध गराउने निणर्य भएको छ…

Read More

काठमाडौँ । नेपाल प्रहरीका चार प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) बुढुवा गरिएको छ । आज शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले बढुवा समितिले गरेको सिफारिस अनुसार बढुवाको निर्णय गरेको हो । डीआईजीबाट एआईजीमा बढुवा हुनेहरुमा सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङ रहेका छन् । गत चैत १३ गते सोमबार गृह मन्त्रालयका सचिव नेतृत्वको बढुवा समितिको बैठकले नेपाल प्रहरीको जनपद समूहतर्फका ४ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

Read More

काठमाडौं । आउँदो बैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको लागि आजबाट आचारसंहिता लागू भएको छ ।  चितवन, बारा र तनहुँ जिल्लाभर निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू  भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा ९२० ले दिएको अधिकार प्रयोग गरी चितवन, बारा र तनहुँ जिल्लाभर देहायका व्यक्ति, निकाय तथा अधिकारीलाई संवत् २०७९ साल चैत २४ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता,…

Read More

काठमाडौं । नेपाल टेलिकमले एसईईका विद्यार्थीहरुका लागि एसईई २०७९ अफर उपलब्ध गराउने भएको छ । यस अन्तर्गत कम्पनीले एसईई परीक्षा दिएका विद्यार्थीहरुलाई निःशुल्क सिम उपलब्ध गराउने छ र त्यसमा बोनस अन रिचार्ज पनि उपलब्ध हुनेछ । २०७९ चैत २४ देखि उपलब्ध हुने यो अफर ३ महिना (९० दिन) सम्म उपलब्ध हुनेछ भने बोनस अन रिचार्ज ६ महिनासम्म उपलब्ध गराइने छ । उक्त सिम नेपाल टेलिकमका देशभरका कार्यालयहरुबाट निःशुल्क उपलब्ध हुनेछ । सिमकार्ड प्रयोगमा आउनासाथ ३० दिनसम्मका लागि विभिन्न अफरहरु उपलब्ध हुनेछन् । विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने सोही सिममा यी अफरहरु उपयोग गर्न सकिने व्यवस्था गरिएको छ…

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले राष्ट्रिय सहमतिको साझा न्यूनमत कार्यक्रम ल्याएको दाबी गरेका छन् । बिहीबार सत्तारुढ गठबन्धनमा आवद्ध १० दलले संयुक्त सहमतिमा तयार गरेको १३ पृष्ठ लामो न्यूनमत साझा कार्यक्रम सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीले यो साझा कार्यक्रम राष्ट्रिय सहमतिको भएको जिकिर गरे । ‘यो राष्ट्रिय सहमतिको साझा न्यूनमत कार्यक्रम हो ’उनले भने । प्रधानमन्त्री प्रचण्डले यो न्यूनमत साझा कार्यक्रममा अघिल्ला सरकारका राम्रा विषयलाई विकसित र परिर्माजित गरेर ल्याइएको बताए । शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा बनेको र अघिल्लो गठबन्धनले बनाएको राम्रा विषय यसमा समेटिएको भन्दै उनले इमान्दार कार्यान्वयन गर्ने हो भने अहिले देखिएका समस्या र असन्तुष्टिहरु सम्बोधन हुने…

Read More

काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार बैठक अपराह्न १ बजे बस्नेछ । बैठकमा कार्य व्यवस्था समितिका सदस्यहरूलाई सभामुखले मनोनयन गर्ने कार्य तालिका रहेको छ । संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक २०७८ र सुरक्षण मुद्रण सबन्धी विधेयक २०७८ का सबन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ । यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोक सेवा आयोगको ६३ औँ वार्षिक प्रतिवेदन पेश गर्ने कार्य तालिका रहेको संघीय संसद्को महासचिव भरतराज गौतमले जानकारी दिए ।

Read More

काठमाडौं । सत्ता गठबन्धनले आज(बिहीवार) न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । न्यूनतम साझा कार्यक्रम निर्माणका लागि सत्ता साझेदार दलले बिशेष कार्यदल गठन गरेको थियो । कार्यदलमा कांग्रेसका तर्फबाट रमेश लेखक, माओवादी केन्द्रका तर्फबाट शक्तिबहादुर बस्नेत, जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ र नेकपा एकीकृत समाजवादीबाट विजय पौडेल सहभागि छन् । सत्ता साझेदार दलबीच गत मंगलवार बैठक बसेको थियो । उक्त बैठकमा न्यूनतम साझा कार्यक्रमको सन्दर्भमा छलफल भएको थियो । कार्यदलले बिशेषगरी सम्वन्धित दलले निर्वाचनका बेला गरेको घोषणा पत्रलाई अध्ययन गरि न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको छ । कार्यदललाई न्यूनतम ९ वटा विषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाउन…

Read More

काठमाडौं । विश्वका अर्बपतिहरूको सम्पत्ति घटिरहेका बेला नेपालका एक मात्र खर्बपति विनोद चौधरीको भने सम्पत्ति बढेको छ । फोर्ब्सले सार्वजनिक गरेको सन् २०२३ का विश्वका अर्बपतिहरूको समग्र सम्पत्ति मूल्य ५ खर्ब डलर (५ सय बिलियन) घटेको छ भने चौधरीको सम्पत्ति बढेको छ । फोर्ब्सका अनुसार अर्बपतिहरूको सम्पत्ति अहिले १ सय २२ खर्ब डलर (१२ दशमलव २ ट्रिलियन) भएको छ । सन् २०२२ मार्चको तुलनामा अहिले यी अर्बपतिहरूको समग्र सम्पत्ति ५ खर्ब डलरले घटेको छ । अर्बपतिको सूचीमा पहिलो नम्बरमा फ्रान्सका बेर्नार्ड अर्नोल्ट परेका छन् । लुइस भ्यूटन तथा सेफोसहित विभिन्न ७५ कस्मेटिक ब्रान्डका ७४ वर्षे मालिक बेर्नार्डको समग्र सम्पत्ति भने…

Read More