Author: खबरमञ्च

काठमाडौं । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले सरकारी वार्ता टोलीसँग गरेको वार्ता भंग गरेको छ। बिहीवार गृह मन्त्रालयमा भएको वार्तामा सरकारले आफ्ना मागहरु सम्बोधन नगरेकोले वार्ताको औचित्य सकिएको समितिको भनाई छ । अन्तिम एवं निर्णायक भनिएको वार्तामा सहमति नजुटेपछि मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले आजैदेखि आन्दोलनलाई निरन्तरता दिएको छ । ५ दिनसम्म भएको वार्तामा सरकारी वार्ता टोलीले माग सम्बोधनका लागि कुनै पनि तदारुकता नदेखाएकाले वार्ता भंग गर्नुपरेको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नविनले जानकारी दिए । उनले भने ‘ राज्यले बनाएको औपचारिक वार्ता टोलीसँग हामीले ५ दिन वार्ता गर्यौँ उहाँहरु ६ बुँदे…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठको ठाउँमा विन्दबासिनी कंशाकारलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको छ।श्रेष्ठको ठाउँमा रास्वपाले अब अर्को व्यक्तिलाई समानुपातिक सांसद बनाउन पाउँछ। अडिओ प्रकरणमा सांसद श्रेष्ठ मुछिएपछि रास्वपाले कंशाकारलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको हो।उनी एसिड आक्रमण पीडित समेत हुन्।

Read More

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना समानुपातिक तर्फका सांसद ढाकाकुमार श्रेष्ठलाई सांसद पद खारेज गरेर रिक्त ठाउँमा विन्दबासिनी कंसाकारलाई सांसद बनाउने निर्णय गरेको छ । काठमाडौँको बसुन्धारास्थित रास्वपाको पार्टी केन्द्रीय कार्यालयमा बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले श्रेष्ठको सांसद पद खारेज गर्दै पार्टीको साधारण सदस्यबाट समेत हटाएको हो । रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले श्रेष्ठको सांसद पद खारेज गरी रिक्त ठाउँमा कंसाकारलाई निर्वाचित गर्ने निर्णय समेत गरेको हो । आज केन्द्रीय समितिको बैठकपछि पत्रकार सम्मेलनमा रास्वपाका सभापति रवि लामिछानेले बैठकका निर्णय सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् ।

Read More

सिन्धुली । गएराति बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु भएको छ। दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार दुर्घटना गएराति १२ स् ३० बजे भारतीय नम्बरप्लेटको बीआर०६ डिडी ०६८७ कार अनियन्त्रित भएर दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते एक पुरुषलाई थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ। कारमा पाँच जना सवार थिए। मृतक चारै जना पुरुष हुन्। मृतकमध्ये एक पुरुषको शव सिन्धुली अस्पतालमा र अरु तीन पुरुषको शव घटनास्थलमै रहेको सिलवालले जानकारी दिए। राजमार्गको भिर भएको स्थानमा कार सडकबाट पाँच सय मिटर तल…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रूपैयाँको ‘डिल’ गरेको अडियो (श्रव्य सामग्री) बाहिरिएपछि उनको सांसद पद धरापमा छ। सञ्चार माध्यमबाट आइतबार उक्त अडियो सार्वजनिक भएलगत्तै रास्वपाले विज्ञप्ति निकालेर श्रेष्ठलाई तत्काल सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले कुनै पनि कामकारबाही नगर्नरनगराउन निर्देशन दिएको थियो। त्यस्तै रास्वपा केन्द्रीय अनुशासन तथा आचरण समितिले पनि २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न श्रेष्ठलाई निर्देशन दिएको थियो। सांसद श्रेष्ठले सोमबार अनुशासन तथा आचरण समितिमा स्पष्टीकरण पत्र पेस गरेका थिए। स्पष्टीकरणमा उनले उक्त अडियोको आवाज आफ्नो नभएको दलील गरेको स्रोत बताउँछ। सोही कुरा सोमबार श्रेष्ठको सचिवालयले जारी गरेको…

Read More

काठमाडौं । वैवाहिक बलात्कारको आरोपमा जिल्ला न्यायाधीश भुवन गिरी काठमाडौंबाट पक्राउ परेका छन्। न्यायाधीश गिरीकी पत्नीले आफ्नो इच्छाविपरीत यौन सम्बन्ध राखेको आरोपमा प्रहरीमा उजुरी दिएकी थिइन्। सोही कारण न्यायाधीश गिरीलाई प्रहरीले पक्राउ गरेको हो। वैवाहिक बलात्कारको मुद्दामा न्यायाधीश पक्राउ परेको सायद यो पहिलो घटना हो। कानुनमा पतिले पत्नीलाई जबरजस्ती करणी गरेमा अपराध मानिन्छ। पतिले पत्नीको इच्छाविपरीत यौन सम्पर्क राखेमा उजुरी गर्न पाउने कानूनी व्यवस्था छ। कपिलवस्तु जिल्ला अदालतमा दरबन्दी भएका न्यायाधीश गिरी डेढ महिनाअघि न्यायपरिषद्मा तानिएका थिए। विवादमा आएपछि गिरीलाई न्यायपरिषद्ले काजमा तानेको हो। पति गिरीले आफूमाथि जबरजस्ती करणी गरेको दाबीसहित दोस्री पत्नी आरती रावलले न्यायपरिषदमा पनि उजुरी दर्ता गरेकी…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अनुशासन आयोगको बैठक बोलाएको छ । मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रतिनिधिसभा सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो टेपबारे छलफल हुनेछ । पार्टी कार्यालय बसुन्धरामा बस्ने बैठकले श्रेष्ठबारे निर्णय गरेर केन्द्रीय समितिलाई सिफारिस गर्ने बताइएको छ । अडियो सार्वजनिकलगत्तै स्पष्टीकरण सोधिएकोमा श्रेष्ठले सोमबार स्पष्टीकरण बुझाइसकेका रास्वपा अनुशासन आयोगका संयोजक भरतमणि देवकोटाले जानकारी दिए । उनले स्पष्टीकरणमा आफूलाई जोडेर आएको अडियो नक्कली भएको उल्लेख गरेका छन् । सांसद श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग आफू स्वास्थ्य मन्त्री हुन लागेकाले २ करोड सहयोग गर्न आग्रह गरेको अडियो आइतबार सार्वजनिक भएको…

Read More

काठमाडौं । मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार परिसरबाट तीन दिनयता फोहोर उठ्न सकेको छैन । दैनिक जम्मा हुने झन्डै पाँच टन (सात घनमिटर) फोहोर नउठ्दा त्यहाँ दुर्गन्ध बढ्न थालेको छ । फोहोरमैला व्यवस्थापन संघ नेपालका महासचिव तथा परिवर्तन सेवा प्रालिका अध्यक्ष मित्र घिमिरेका अनुसार महानगरका मेयर बालेन्द्र (बालेन) साहले शुक्रबार साँझ टेलिफोन गरेर शनिबारदेखि सिंहदरबार, राष्ट्रपति निवास तथा प्रधानमन्त्री निवास बालुवाटारमा फोहोर नउठाउन कडा निर्देशन दिएका थिए। ‘फोहोर उठाए लाइसेन्स नै खारेज गर्छु भन्ने चेतावनी दिनुभएको छ,’ घिमिरेले भने, ‘त्यसैले हामीले ती तीन निकायमा फोहोर उठाउन बन्द गरेका हौं ।’ संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले सिंहदबार, शीतल निवास, मन्त्री…

Read More

विराटनगर । विराटनगर महानगरपालिकाले आउँदो वैशाख १ गतेदेखि सार्वजनिक स्थलमा धुमपान, खैनी, चुरोट, पानपराग, गुट्खालगायत सेवन गर्न निषेध गर्ने भएको छ । गत पुस २७ गते बसेको नगरसभाको निर्णयानुसार महानगर क्षेत्रभित्र धुमपानदेखि प्रेसर हर्न बजाउन निषेध (नो हर्न) गर्न लागिएको महानगरका प्रमुख नागेश कोइरालाले जानकारी दिए । ध्वनि प्रदूषण नियन्त्रण गर्ने महानगरको योजनाअन्तर्गत सवारी साधनको प्रेसर हर्न बजाउन निषेध गर्न लागिएको उनको भनाइ छ ।  केही हप्ताअघि महानगरले धार्मिक संघसंस्था, साउन्ड सिस्टम प्रतिनिधिलगायतलाई बोलाएर ध्वनि प्रदूषण नियन्त्रण एवं धुमपान र गुट्खा, खैनी खाएर सहर फोहोर गर्ने गरेका विषयमा छलफल गरेको थियो । विराटनगर कोसी प्रदेशको राजधानीसँगै प्रदेशको एकमात्रै महानगरपालिका भएकाले यसलाई व्यवस्थित…

Read More

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले नेपाली सुरक्षाकर्मीमाथि अविश्वास पैदा हुने गरि भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गरेको भन्ने घटनाप्रति गम्भिर ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको बैठकमा सोमबार उनले भारतका स्थानीय आन्दोलनकारी अमृत पाल सिंह नेपाल प्रवेश गरेको र उनलाई खोज्दै भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गरेको भन्ने घटनाप्रति आपत्ति जनाएका हुन् । उनले भने ‘भारतका स्थानीय आन्दोलनकारी अमृत पाल सिंह नेपाल प्रवेश गरे भन्ने समाचार आइरहेको छ । हाम्रो सुरक्षा संयन्त्रले खोज्दा पत्ता लगाउन सकेको छैन । तर विरगञ्ज नाका र बाँकेको जमुना नाका हुँदै भारतीय सुरक्षाकर्मीहरू नेपाल प्रवेश गरेका छन् । हाम्रो देशको सुरक्षा संयन्त्रमाथि अविश्वास भयो र…

Read More