Author: खबरमञ्च
काठमाडौं । मुलुकको पछिल्लो घटनाक्रममा बिषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेर बहादुर देउवाबीच छलफल भएको छ । प्रधानमन्त्री निवास तीन शीर्ष नेताहरुबीच आगामी बर्षको बजेट, नक्कली भुटानी शरणार्थी प्रकरणलगायतका बिषयमा छलफल भएको बुझिएको छ । नक्कली शरणार्थी प्रकरणको छानविनमा नेताहरुको संलग्नता देखिएपछि शीर्ष तहहरुबीच लगातार छलफल भइरहेको छ । प्रधानमन्त्रीको निजी सचिवालयले समसामायिक राजनीतिक घटनाक्रममा बिषयमा तीन नेताबीच छलफल भएको जानकारी दिएको छ ।
काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक मंगलबार बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी मुख्यालय ललितपुरमा बस्न लागेको हो । बैठकले आसन्न केन्द्रीय कमिटीको बैठकका एजेन्डालगायतका विषयमा छलफल गर्ने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । एमालेको केन्द्रीय समिति बैठक यही वैशाख २८ देखि सुरु हुँदैछ ।
काठमाडौं । भुटानी शरणार्थी बनाएर अमेरिका लाने भन्दै नेपाली नागरिकबाट रकम असुल्ने गिरोहलाई सहजीकरण गर्न उच्च राजनीतिक नेतृत्व नै संलग्न भएको पाइएको छ । कांग्रेसभित्र उपल्लो तहमा प्रभाव राख्ने कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु राणा देउवा र तत्कालीन गृहमन्त्री बालकृष्ण खाणकी पत्नी मन्जु खाण नै लेनदेनमा संलग्न भएको अडियो बाहिरिएपछि गिरोहलाई सहजीकरण गर्न राजनीतिक नेतृत्व नै संलग्न भएको आशंका बढेको छ । साथै गृह मन्त्रालयको निरन्तर उत्तराधिकारीका रूपमा आएका तत्कालीन बालकृष्ण खाणले नै भुटानी शरणार्थीको समस्या समाधान गर्ने नाममा गिरोहलाई पैसा उठाउन बल पुग्नेगरी ताकेता गर्दा उनको संलग्नता लुकाउने ठाउँ भेटिएको छैन । यद्यपि खाण र…
काठमाडौं । कोशी प्रदेशको पुनः नामाकरणको हुनुपर्ने माग राख्दै आन्दोलनरत प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले कोशी नाम खारेजी जागरण अभियान अन्तर्गत आमसभा, बहिष्कार, तालाबन्दी, कालो झण्डा गाड्नेलगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । समितिले कोशी नामकरणमा हस्ताक्षर गर्ने सांसद र प्रमुख दलका नेताबिरुद्ध उनीहरु सहभागी कार्यक्रममा विरोध प्रदर्शन गर्ने र उनीहरुलाई होटलमा बस्न र कार्यक्रम नगर्न हल नदिन आग्रह गर्ने जनाएको छ । त्यस्तै आन्दोलनलाई शसक्त बनाउनका लागि बैशाख २६ गते झापाको दमकमा राँके जुलुस प्रदर्शन गर्ने किरात राई यायोक्साका अध्यक्ष जीवन हाताचो राईले जानकारी…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैलाई जोगाउने काम नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा पूर्वबजेटमाथिको छलफलका क्रममा लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणलाई सिंगो अन्तर्राष्ट्रिय समुदायले समेत हेरिरहेको भन्दै मिलीजुली एकअर्कालाई जोगाउने काम नगर्न ध्यानाकर्षण गराएका हुन् । उनले अहिले भएको भ्रष्टाचार काण्डमा ताप्केको बिँड तातेपछि बिस्तारै सेलाउँदै गएको आभाष भएको जिकिर गरे । त्यस्तै लामिछानेले सरकारले पेश गरेको पूर्वबजेट प्रस्ताव आशा लाग्दो नभएको र विश्वास गर्न सक्ने आधार नै नभएको बताए । उनले असधारण अवस्था रहेको अर्थतन्त्रलाइ सहि बाटोमा ल्याउनका लागि आशाका पुलिन्दा नभई समाधानमूखी नीति अंगिकार गर्न सरकारलाई सुझाव…
काठमाडाैं । नेकपा एमालेले राष्ट्रिय सभाको साेमबारको बैठकमा सुरुमै नियमापत्ति जनाएको छ । सोमबार बसेको बैठकमा एमालले आइतबारको बैठकमा नेपाली कांग्रेसका राष्ट्रिय सभाका सदस्य रमेशजंग रायमाझीले दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्दै नियमापत्ति जनाएको हो । आइतबार राष्ट्रिय सभा सदस्य रायमाझीले एमाले सचिव टोपबहादुर रायमाझीलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीको ‘झड्केलो’ छोरो भन्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर एमालेले नियम आपत्ति जनाएको हो। बैठकमा राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले रायमाझीले दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरे । नियमापत्तिसँगै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अडियो सुनेर नियम विरुद्धमा रहेको भए मंगलबार बस्ने बैठकमा जानकारी गराउने प्रतिवद्धता जनाएका थिए…
सभामुख देवराज घिमिरेले बोल्न नदिएपछि स्वतन्त्र सांसद अमरेशकुमार सिंहले संसदमा कपडा खोलेर विरोध जनाएका छन् । सांसद सिंहले शरिरको माथिल्लो भागमा लगाएका लुगा खोलेपछि सभामुख घिमिरेले उनलाई शिष्ट भएर व्यवहार गर्न नभए थप कारबाही गर्ने चेतावनी दिएका छन्।
काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि-बजेट) माथि छलफल सुरु हुने भएको छ । बैठक आज बिहान ११ बजे बोलाइएको छ । प्रतिनिधि सभा बैठकमा आजदेखि २७ गतेसम्म प्रि-बजेट छलफल हुने संसद सचिवालयले जनाएको छ । बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म प्रि-बजेटमाथि छलफल गर्ने र २७ गते अर्थमन्त्री डा. महतले जवाफ दिने कार्यक्रम तय भएको छ । वैशाख २४ गते नै अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेका थिए । आजदेखि त्यसैमा छलफल हुन लागेको हो । प्रि-बजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नका जवाफ अर्थमन्त्रीले दिइसकेपछि सरकारको नीति तथा कार्यक्रम आउने छ । त्यसपछि…
काठमाडौँ । नेपाल प्रहरीका १८ प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बढुवा हुनेमा विश्व अधिकारी, भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अभिनारायण काफ्ले, सोमेन्द्रसिंह राठौर, मुकुन्द मरासिनी, दिपशम्शेर जबरा रहेका छन् । यसैगरी बेलबहादुर पाण्डे, दिनेशराज मैनाली, गोपालचन्द्र भट्टराई, प्रवीण पोखरेल, गंगा पन्त, कृष्णबहादुर पल्लीमगर, विश्वमणि पोखरेल, तारादेवी थापा र प्रज्वल महर्जन पनि एसएसपीमा बढुवा भएका हुन् ।
काठमाडौँ । संसदीय राजनीतिक इतिहासका ४४औं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का साढे चार महिना गठबन्धन र मन्त्री फेरबदलमै बितेको छ । गत पुस १० मा नियुक्त भएका प्रधानमन्त्री प्रचण्डको यो अवधि जनसरोकारका विषयभन्दा पनि सरकारका मन्त्री फेरबदल, मन्त्रालय भागबण्डा र गठबन्धन परिवर्तनमै बितेको छ । प्रधानमन्त्री प्रचण्डले यस बीचमा १० पटक मन्त्रीमण्डल विस्तार गरे भने चारपटक मन्त्रीहरूको राजीनामा स्वीकृत गरे । त्यस्तै, साढे चार महिनाको अवधिमा तीनपटक गठबन्धन फेरबदल गरेका प्रचण्डले दुईपटक संसद्बाट विश्वासको मत लिए । उनले १० औं पटक गत आइतबार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा सुरेन्द्रराज आचार्यलाई नियुक्त गरे । आचार्यलाई मन्त्री बनाएसँगै मन्त्रिपरिषद् २३ सदस्यीय भएको छ…