Author: खबरमञ्च
काठमाडौं । नेकपा एमालेका सांसद महेश बर्तौलाले गाई पालक किसानहरुलाई राहत प्रदान गर्न सरकारसंग माग गरेका छन् ।मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले यो विषयमा पटक पटक संसदमा कुरा उठ्दा पनि सरकारले वेवास्था गरेको गुनासो गरे । सांसद बल्छी बर्तौलाले भने ‘ यदि सरकारको आँखा र कान छ भने यो सदनमा पटक पटक लम्पी स्किनका बारेमा विषय राखेका छौं । तर मकवानपुरमा २०० भन्दा गाईहरु मरिसके ५ हजार भन्दा बढी गाईहरु संक्रमित छन् । पटक पटक भनियो सरकार सुन्दैन् । सरकार देख्दैन् किसानहरुलाई राहत प्रदान गर्न म आग्रह गर्न चाहान्छु । ’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार राष्ट्रिय सभामा सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिने भएका छन् । राष्ट्रिय सभाको बैठक अहिले चलिरहेको छ। राष्ट्रिय सभाको सचिवालयका अनुसार तीन दिन (जेठ ७, ८ र ९ गते) छलफलपछि प्रधानमन्त्री प्रचण्डले जवाफ दिन लागेका हुन् ।
काठमाडौं । सोलुखुम्बुका कामीरिता शेर्पाले विश्वकै अग्लो हिमाल सगरमाथामा सबैभन्दा धेरैपटक पुग्ने कीर्तिमान कायम गरेका छन् । मंगलबार बिहान २८ औं पटक सगरमाथा आरोहण गरेसँगै उनले उक्त कीर्तिमान कोरेका हुन् । उनी आवद्ध सेभेन समिट ट्रेक्स प्रालिका अनुसार कामीरिता मंगलबार आरोहण दलमा रहेका विदेशीहरुसँगै शिखर पुगेका थिए । उनी बिहान ९ बजेर २० मिनेटमा सगरमाथाको चुचुरोमा पुगेका थिए । उनी २७ औं पटक सगरमाथा चुचुरोमा पुगेसँगै सोलुखुम्बुको पाङबोचेका पासाङ दावा शेर्पाले उनको २७ औं रेकर्ड बराबरी गर्दै गत साता सगरमाथा आरोहण गरेका थिए । योसँगै सगरमाथामा सर्वाधिक आरोहण गर्नेको संख्या दुई पुगेको थियो ।
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका मध्ये सन्देश शर्माले असुल गरिएको रकम समेत हिनामिना गरेर धन्दाका साझेदारलाई धोका दिएको खुलेको छ । प्रहरीका अनुसार नक्कली भुटानी शरणार्थीबाट असुल गरिएको रकम सरकारी गाडीमा राखेर नयाँ बानेश्वरस्थित सन्देशले सञ्चालन गरेको सशुल्क पार्किङस्थित भाडाको घरमा जम्मा गरिन्थ्यो र आपसमा बाँडफाँड गरिन्थ्यो । सोही क्रममा सन्देशले असुल गरिएको १० करोड रुपैयाँ हिनामिना गरेर साझेदारलाई धोका दिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । सन्देशले नयाँ बानेश्वरस्थित थकाली भन्साघरनजिकै खाली रहेको जग्गा भाडामा लिई कार्यबिनायक नामको पार्किङ चलाउँथे । घटनाको अनुसन्धानमा संलग्न एक उच्च प्रहरी अधिकृतले भने,‘घटनामा पक्राउ परेको मध्ये सन्देश शर्मा सबैलाई चक्मा दिने…
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बारेमा छानवीन गरिरहेको नेपाल प्रहरीले तयार पारेको झण्डै ३ हजार पेजको प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौमा बुझाएको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर लैजाने गिरोहबिरुद्ध प्रहरीले राज्य बिरुद्धको अपराध, संगठित अपराधका साथै ठगी मुद्दामा कारवाही हुनुपर्ने निष्कर्षसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो । गत चैत १२ गतेबाट औपचारिक रुपमा नक्कली भुटानी शरणार्थी प्रकरणका बारेमा अनुसन्धान शुरु गरेको प्रहरीले आफ्नो तर्फबाट गर्नु पर्ने पहिलो चरणको अनुसन्धान पुरा गरी प्रतिवेदन बुझाएको हो । प्रहरीले यो प्रकरणको अनुसन्धानलाई भने खुल्ला राखेको छ । काठमाडौ प्रहरी परिसरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले…
काठमाडौँ । सरकारले संसदमा पेस गरेको आगामी नीति तथा कार्यक्रम ‘पुनर्लेखन’ गर्नुपर्ने अडानमा प्रतिपक्षी दल उभिए पनि सत्तारूढ दलका नेताले सच्याउनसम्म तयार छैनन् । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आइतबारको छलफलमा सरकारको नीति तथा कार्यक्रम अहिलेको समस्या समाधान गर्ने किसिमको नभएको बताउँदै पुनर्लेखन गर्नुपर्ने बताएका थिए । सोमबारको छलफलमा प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पनि सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पुनर्लेखन गर्न जरुरी रहेको बताएका छन् । उनले सत्तापक्षको बहुमत भएकाले सो नीति तथा कार्यक्रम पास गर्न सकिने तर, त्यसले सिंगो देश नै बिग्रने जिकिर गरे…
झापा । झापा बिर्तामोडको कृषिथोक बजार भित्र टहरा बनाएर व्यापार गर्दै आएका व्यापारीले टहरा भत्काउन नमानेपछि बिर्तामोड नगरपालिकाले सोमबार डोजर लगाएर उक्त स्थान खाली गरेको छ । सरकारी स्वामित्व रहेको उक्त स्थानमा सवारी साधनको पार्किङ सुविधासहितको बहुतले व्यावसायिक भवन निर्माण गर्ने योजना नगरपालिकाले अघि सारेको छ । तर केही राजनीतिक दलको सहयोगमा उद्योग वाणिज्य संघका केही पदाधिकारीलगायत व्यापारीले नगरपालिकाले दिएको अल्टिमेटम वेवास्ता गर्दै आएका थिए । धेरै पटकको सूचना र पछिल्लो समय शनिवार गरिएको माइकिङपछि सोमबार नगरपालिका कार्यालय एक्सनमा उत्रेको हो । बिर्तामोड नगरपालिकाका निर्वतमान नगरप्रमुख धुव्रकुमार शिवाकोटीको कार्यकालमा २०७७ सालमा सम्झौता भइ अस्थायी संरचनाहरू भत्काउने योजना नगरपालिकाले अघि सारेको…
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले २०४६ सालपछिका उच्च पदस्थ नेता र कर्मचारीको छानबिन गर्न स्वतन्त्र नागरिक आयोग गठन गर्न माग गरेका छन् । सोमबार नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०४८ सालपछिको उच्च पदस्थ नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्ने भनेको र प्रमुख प्रतिपक्षी दलको नेता पनि तयार भएको भन्दै नीति तथा कार्यक्रममै स्वतन्त्र नागरिक आयोग गठनको विषय उल्लेख गर्न आग्रह गरेका छन् । ‘प्रधानमन्त्री पनि २०४८ सालपछिको उच्च पदस्थ नेता कर्मचारीको सम्पत्ति छानबिन गर्ने भन्नुहुन्छ । प्रमुख प्रतिपक्ष दलका नेताले त भनिसक्नुभएको छ’, उनले भने, ‘पहिलो चोटी यस प्रकारको सहमति भएका बेला…
काठमाडौं । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय काठमाडौंमा पेश गरेको छ। अनुसन्धानको ५८ दिनपछि प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको हो। प्रहरीले घटनामा संलग्न ३२ विरुद्ध राज्य विरुद्धको अपराध, संगठित अपराध र ठगि कसूर अन्तर्गत मुद्धा लगाउन माग गरेको छ । घटनामा संलग्न १६ पक्राउ परेका छन् भने बाँकी १६ फरार रहेका छन् । सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सहन्यायधिवक्ता अच्यूतमणी नेउपानेले अनुसन्धान प्रतिवेदन कार्यालयमा पेश भएको बताए । उनले भने,‘नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन हामी कहाँ पेश भएको छ । अब प्रतिवेदन माथि अध्ययन हुनेछ । र मुद्या अदालतमा अभियोजन हुनेछ ।’ आइतवारसम्म नक्कली शरणार्थीका…
काठमाडौं । नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले नीति तथा कार्यक्रममा जनयुद्ध शब्द राखिएको भन्दै आपत्ति जनाएका छन् ।प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे आफ्नो धारणा राख्दै उनले एक नम्बर बुदाँमा जनयुद्ध शब्द राखिएको भन्दै त्यसलाई काङ्ग्रेसले स्विकार गर्छ भने नेपाली काङ्ग्रेसको इन्ड अफ द हिस्ट्रि यही नै हो भनेका हुन् । उनले भने, ‘नेपाली काङ्ग्रेसप्रति केही प्रश्न छ, पहिलो नम्बर बुदाँमा हाम्रो असहमति छ । विगतमा भएको आन्दोलनको व्याख्या गर्दै जनयुद्धको कुरा पनि भएको छ । २०७२ सालको संविधानपछि कुनै पनि सरकारी कार्यालयमा यो शब्दको प्रयोग भएको छैन् । पहिलो पटक प्रधानमन्त्रीले यो शब्द राष्ट्रपतिको मुखबाट वाचन गर्न…