Author: खबरमञ्च

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय संसदमा गएर आफ्नै भूमि समेटिएको भारतीय झण्डा अगाडि उभिएर हात हल्लाए भन्नु आश्चर्यको कुरा भएको बताएका छन् । सांसद उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले आफू भारतिय संसद भवनमा आफू पुग्दै नपुगेको कुरालाई अतिरन्जित गरिएको तर्क गरे । उनले भने, ‘भारतिय नयाँ संसद भवनका राखिएको नक्साको बारेमा मोदीसंग हात हल्लायर फोटो खिच्ने भन्नु भयो । म लाई अचम्म लाग्यो म त्यो नयाँ संसद भवन अगाडी गएकै छैन् । मोदी म त्यहाँ पुगेकै छैनौं । देखेको पनि छैन् मैले त टिभीमा मात्र देखेको हो । त्यो पनि यहिँ नेपाल मै देखेको हो ।’ त्यस्तै आफूले…

Read More

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्त विरुद्धको थुनछेक बहस आज(सोमवार) पनि जारी रहनेछ । उनीहरु विरुद्ध आइतवारबाट बहस सुरु भएको हो । सरकारी वकिलकोतर्फबाट उनीहरु विरुद्ध बहस चलिरहेको छ । जिल्ला अदालत काठमाडौंका अनुसार सरकारी वकिल पक्षको बहस सकिन साथ प्रतिवादीको पक्षबाट बहस सुरु हुनेछ । सरकारी वकिलको बहस मंगलवार सकिनेछ । बहस अदालतका न्यायधिश प्रेमप्रसाद न्यौपानेको इजलासमा चलिरहेको छ । आगमी ३१ जेठसम्म बहस सकेर अदालतले अभियुक्तलाई पुर्पक्षका लागि जेल पठाउने वा धरौटीमा रिहा गर्ने निर्णय लिनेछ । प्रतिवादी कुनै हालतमा धरौटी राखेर हिरासत मुक्त हुने पक्षमा छन् । त्यसो हुँदा उनीहरुले बहसका निम्ति ‘हाइप्रोफाइल’ अधिवक्ता…

Read More

काठमाडौँ । विगत केही दिनदेखि देशभरको अधिकतम र न्यूनतम तापक्रम बढ्दो क्रममा रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही भू-भागहरूमा तातो हावा र लू चलिरहेको छ। बढ्दो गर्मीसँगै तराई क्षेत्रमा दिउँसो तातो हावा लू चलिरहेको छ। तापक्रम उकालो लागेपछि अधिकांश भेगको जनजीवन प्रभावित बन्न थालेको छ। गर्मी मौसममा खास गरी वैशाखदेखि भदौसम्म तराईमा उष्ण र शुष्क हावा बहन थाल्छ, जसलाई ‘लू’ भनिन्छ। यो समयमा तापक्रम बढेर ४० देखि ४२ सेन्टिग्रेडसम्म पुग्छ। दिपायल, धनगढी, वीरेन्द्रनगर, नेपालगन्ज, भैरहवा, दाङ, जनकपुर, सिमरा र आसपासका भेगको तापक्रम निकै बढेको छ। पश्चिमी वायु कमजोर रहेकाले अझै केही दिन तापक्रम…

Read More

काठमाडौं । भारत सरकारले निःशुल्क दिने उच्च प्रजनन क्षमताको मुर्रा राँगो भैसीको प्रजनन क्षमता र नस्ल सुधारमा सहयोग हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रष्ट पारेको छ । सामाजिक सञ्जालमा अत्यधिक ट्रोल भएपछि नेपालले सन् २०१८ मै गरेको आग्रहका आधारमा भारतले नेपाललाई मुर्रा राँगो निशुल्क उपलब्ध गराएको र यसबाट नेपालले वार्षिक कम्तिमा एक लाख भैंसीमा गर्भधारण गर्ने लक्ष्य लिइएको मन्त्रालयले प्रष्ट पारेको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा १५ वटा मुर्रा राँगोबाट ३ वर्षपछि वार्षिक डेढ लाख डोज बीर्य प्राप्त गर्न सकिने र यसले दूध उत्पादनमा उल्लेख्य सुधार हुने उल्लेख छ ।

Read More

जनकपुरधाम । तत्काल नागरिकता नबन्ने भएपछि जनकपुरधाममा युवाहरुले विरोध प्रर्दशन गरेका छन् । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण गरेसंगै नागरिकता बनाउन पुगेका युवालाई तत्कालका लागि नबन्ने जानकारी जिल्ला प्रशासन कार्यालयले गराएपछि युवाहरु आक्रोसित भएका हुन् । आइतबार विहानैदेखि नागरिकता बनाउन पुगेका युवाहरुलाई बेलुकीसम्म कुराएर नागरिकता नबन्ने भनिएको भन्दै उनीहरुले चक्काजाम गदै विरोध जनाएका छन् । अहिले जिल्ला प्रशासन कार्यालय अगाडिको बाटो अबरुद्ध छ । आक्रोसित युवाहरुले टायरसमेत बालेर प्रमुख जिल्ला अधिकारी मुर्दावादको नारा लगाउँदै छन् । प्रहरी प्रशासनले स्थित नियन्त्रणमा लिने प्रयास गर्दै छन तर आक्रोसित युवाहरुले नागरिकता नबनुनजेल सडक अबरुद्ध गर्ने भन्दै बिरोध गर्दै आएका छन् ।

Read More

काठमाडौं । सर्वोच्च अदालतले नागरिकता ऐन यथास्थितिमा राख्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले दुवै पक्षलाई छलफलमा झिकाउन कारण देखाउ आदेश जारी गर्दै तत्काल राष्ट्रपतिले गरेको प्रमाणीकरणलाई कार्यन्वयन नगर्न आदेश दिएको हो । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै अदालतले तत्काल राष्ट्रपतिले गरेको प्रमाणीकरण कार्यन्वयनमा रोक लगाएको छ । संविधान बमोजिम निष्क्रिय भइसकेको विधेयक प्रमाणीकरण गर्नु गैरसंवैधानिक भएको निवेदकको जिकिर छ ।

Read More

काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलिका लागि सरेको छ । आइतवार प्रतिपक्ष दलहरुको अवरोधपछि एक घण्टाको लागि स्थगित भएको बैठक भोलिका लागि सरेको हो । संसद सचिवालयका सचिव पद्मप्रसाद पाण्डेले सूचना जारी गर्दै सोमबार ११ बजे पुःन बैठक बस्ने जानकारी दिएका छन् । राष्ट्रपतिबाट संसद् छलेर असंवैधानिक रूपमा विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा प्रधानमन्त्रीले विदेशी भूमिमा गएर देशको भूभाग साटफेर गर्ने भनी दिएको अभिव्यक्ति राष्ट्रघाती रहेको भन्दै प्रधानमन्त्रीले माफी नमागेसम्म संसद चल्न नदिने प्रतिपक्ष दलहरुको अडान छ।

Read More

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाणले थुनछेक बहसमा पूर्व महान्यायधिवक्तादेखि नेपाल बार एसोशियसनका अध्यक्षसम्मलाई उतार्दै छन् । जिल्ला अदालत काठमाडौंमा पेश विवरण अनुसार खाणको पक्षबाट बहसमा उत्रिने पूर्व महान्यायधिवक्ता खम्मबहादुर खाती हुन् । उनी गृहमन्त्री छँदा खाती महान्यायधिवक्ता थिए । उनको पक्षबाट बहसमा उत्रिने सबै अधिवक्ताको नेतृत्व खातीले नै गर्ने छन् । टोलीमा नेपाल बारका पूर्व अध्यक्ष शेरबहादुर केसी र गोपालकृष्ण घिमिरे पनि सहभागी छन् । त्यस बाहेक महादेवप्रसाद यादव, योगेन्द्र अधिकारी, प्रेमबहादुर खड्कासहित १८ जना अधिवक्ता उनको पक्षबाट बहसमा सहभागी हुँदै छन् । त्यस्तै, पूर्व उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले थुनछेक बहसमा ‘हाइप्रोफाइल’…

Read More

काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आइतबारदेखि बजेटमाथि छलफल सुरु हुने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत आयब्यय अनुमानमाथि छलफल सुरु हुने संसद सचिवालयले जनाएको हो । अर्थमन्त्री प्रकाशशरण महतले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेश गरेका थिए । बजेट पेश भएपछि प्रतिनिधिसभाको बैठक पहिलो पटक बस्न लागेको हो । बजेटमा ब्यवस्था गरिएका कतिपय करका दर र नयाँ ब्यवस्था विवादित बनेका छन् ।

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा सिमा समस्या समाधानका लागि गम्भीर कुराकानी भएको बताएका छन् । चारदिने भारत भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसंग सीमा समस्या समाधानका लागि भारत सरकार समेत गम्भीर भएको दाबी गरे । भारतीय प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनमै सिमा लगायतका थाँती रहेका सबै समस्या समाधान गरिनेछ भनेर प्रष्ट पारेको भन्दै उनले भने, ‘भारतीय प्रधानमन्त्रीले लगायतका थाँती रहेका सबै समस्या समाधान गरिनेछ भन्ने भावना स्पष्ट ढंगले व्यक्त गर्नु भएको छ । धेरै समयपछि भारतीय प्रधानमन्त्रीबाट सीमा सम्बन्धमा आएको यो सकरात्मक अभिव्यक्तिबाट हामी उत्साहित भएका छौं ।’ पत्रकार सम्मेलनमा उनले नेपाल भारत पारवहन…

Read More