काठमाडौं । भारत सरकारले निःशुल्क दिने उच्च प्रजनन क्षमताको मुर्रा राँगो भैसीको प्रजनन क्षमता र नस्ल सुधारमा सहयोग हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रष्ट पारेको छ ।
सामाजिक सञ्जालमा अत्यधिक ट्रोल भएपछि नेपालले सन् २०१८ मै गरेको आग्रहका आधारमा भारतले नेपाललाई मुर्रा राँगो निशुल्क उपलब्ध गराएको र यसबाट नेपालले वार्षिक कम्तिमा एक लाख भैंसीमा गर्भधारण गर्ने लक्ष्य लिइएको मन्त्रालयले प्रष्ट पारेको छ ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिमा १५ वटा मुर्रा राँगोबाट ३ वर्षपछि वार्षिक डेढ लाख डोज बीर्य प्राप्त गर्न सकिने र यसले दूध उत्पादनमा उल्लेख्य सुधार हुने उल्लेख छ ।
Facebook Comments Box
