Author: खबरमञ्च
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । लामिछानेविरुद्ध प्रतिनिधिसभा सदस्य हुन अयोग्य रहेको दाबी गर्दै युवराज पौडेल सफलले दायर गरेको रिट बुधबार अदालतमा दर्ता भएको हो । यसअघि सफल दिएको रिट निवेदन दरपिठ गर्ने आफ्नै प्रशासनको निर्णय बदर गर्दै ८ गते न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले रविविरुद्धको रिट दर्ता प्रक्रिया गरी अघि बढाउन आदेश दिएको थियो । अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाई कायम नरहेको नागरिकताको प्रतिलिपिबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकाले लामिछाने प्रतिनिधिसभा सदस्य हुन अयोग्य रहेको दाबी गर्दै युवराज पौडेल सफलले दिएको रिट बुधबार दर्ता भएको हो । उक्त आदेशपछि बुधवार रिट…
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ । बुधबार सरकारी वकिल कार्यालयले एमाले नेता तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, कांग्रेस नेता बालकृष्ण खाँण, पूर्वसभासद आङटावा शेर्पालगायत ३० जनाविरुद्ध मुद्दा दर्ता गराएको हो । उनीहरुविरुद्ध ठगी, सरकारी कागजात कीर्ते, राष्ट्रहित विरुद्धको कसूर र संगठित अपराध मुद्दामा कारबाही गर्न माग गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ । नक्कली शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा प्रहरीले प्रतिवेदनका साथमा पक्राउ परेका १६ जनालाई पेश गरेको थियो। यस प्रकरणमा प्रहरीले १४ जनालाई फरार प्रतिवादी बनाइएको छ।
काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले व्यवहारिक प्रयोगको शिक्षाको विषयमा नेपाली पाठ्यक्रम अति कमजोर भएको बताएका छन् । गत पुष ३ गते खाना पकाउने ग्यास लिक हुँदा भएको आगलागीबाट जले गम्भीर घाइते भएका सांसद भण्डारी उपचारपछि पहिलो पटक प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै यस्तो बताएका हुन् । उनले विज्ञानले गरेको विकासको प्रयोगको बारेमा हरेकलाई जानकारी गराउन आवश्यक भएको बताए । आफूले भोगेको पीडा र उपचारपछि अवस्थाको अनुभव सुनाउँदै उनले भने, ‘अहिले जलन केस देशभरि फैलिएको छ, हामीले जसरी विज्ञानको विकास गर्यौ गाउँ गाउँमा ग्यास पुग्यो, गाउँ गाउँमा विजुली पुग्यो तर हामीले के गर्नुहुन्छ के गर्नुहुन्न भन्ने कुरा पाठ्य पुस्तकमा…
काठमाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले नागरिकता विधेयक तत्काल पारित गर्नु पर्ने माग गरेका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै दुई पटक संसदबाट पारित भएर गएको विधेयक संसदमा फिर्ता आउन नहुने भन्दै यसलाई पारित गर्ने विषयमा सरकार सक्रिय भएर लाग्नु पर्ने बताए । उनले भने, ‘यो नागरिकता विधेयक पारित गर्नको लागि कानुनी अथवा संवैधानिक आधारहरु खोज्नु भएको छ रे, यो संसद मार्फत सरकारको के ध्यानाकर्षण गराउन चाहान्छु भने, संसदबाट दुई दुई पटक पारित भएर गएको विधेयक संसदमा फिर्ता आउनु हुँदैन । पारित र प्रमाणित नै हुनुपर्छ । राष्ट्रपतिलाई सल्लाह गरेर यो नागरिकता विधेयक तत्कालनै प्रमाणित गर्न लगाउने कुरामा…
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले शरणार्थी प्रकरणमा संसदीय विशेष समिति बनाएर छानबिन गर्नुपर्ने बताएका छन्। अहिले आरोप लाग्न बाँकी कुनै राजनीतिक दल बाँकी नरहेकाले कसैलाई विश्वास गर्ने वातावरण नभएको बताए। अहिले सरकार यस प्रकरणमा नाम मुछिएकालाई सोधपुछ गर्न पनि डराएको आरोप लगाए। ‘जुनजुन निकाय यसमा लागि परेका छन्, कसैको पनि विश्वास गर्ने वातावरण छैन। ज-जसको नाम आएको छ तिनलाई छानबिनको दायरमा पनि ल्याउन नसक्नेगरी सोधपुछ सम्म गर्न नहुनेगरी किन डराएको हो?’ उनले भने। उनले सर्वसाधारणको हकमा बयान लिन आउँछु भन्दाभन्दै समातिएकोव तर अहिले उच्च पदस्थलाई आरोप लाग्दा सोधपुछ समेत नगरिएकोमा आपत्ति जनाए। ‘गृहमन्त्रीले मुटु दरो छ, प्रधानमन्त्रीले…
काठमाडौँ । आज संघीय संसदको संयुक्त बैठक बस्ने भएको छ । संघीय संसद भवन, बानेश्वरमा उक्त संयुक्त बैठक बस्न लागेको हो । बैठक ४ बजे बोलाइएको छ । ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिका माननीय सभापति श्री ध्रुवबहादुर प्रधानले ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८०’ पेस गर्नु हुने’ सम्भावित कार्यसूचीमा उल्लेख छ ।
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका क्रममा रहेका विभिन्न ‘हिरासतमा रहेका’ व्यक्तिहरूको बयान सार्वजनिक भएको छ । उनीहरूमध्ये कतिपयले अभियोग स्विकारोन्मुख बयान दिएका छन् भने उच्च तहका नेताहरूले इन्कारी बयान दिएका छन् । प्रहरीले विभिन्न मितिमा पक्राउ गरी अनुसन्धान गरिरहेका आरोपीहरूविरुद्ध सरकारी वकिलको कार्यलयमार्फत मुद्दा दर्ताको प्रक्रियासमेत अघि बढेको छ । आरोपीहरूलाई राज्यविरुद्धको र सांगठिक अपराध अन्तर्गतको मुद्दा चलाइने प्रहरीले जनाएको छ । पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसीले इन्कारी बयान दिनुभएको छ । खाँणले बयानमा भन्नुभएको छ ‘भुटानी शरणार्थीको नाममा नेपालीहरूलाई मिसाई भुटानी शरणार्थी बनाई तेस्रो देश पठाई दिन्छौं भनी रकम लिएको भन्ने आरोपमा मेरो…
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका १६ जनालाई काठमाडौं जिल्ला अदालतले थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ । हिरासतमा रहेकाहरुमाथि अनुसन्धान गरिरहेको प्रहरीले यस अघि लिएको ३ दिनको म्याद गुज्रिएपछि मंगलबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो । अनुसन्धान प्रतिवेदन सोमबार बुझाइसकेको प्रहरीलाई पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो । नक्कली शरणार्थी प्रकरणमा हिरासतमा रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणलगायत १६ जनाविरुद्धको अनुसन्धान प्रतिवेदनको अध्ययन सकिएपछि सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दायर गर्नेछ ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू जस्तो प्रधानमन्त्री नेपालको इतिहासमा सितिमिति नभेटिने बताएका छन् । मंगलवार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले पहिलो पटक आफ्नो तर्फबाट प्रधानमन्त्रीको हैसियतले राखेको विचारहरुलाई सबैले ऐतिहासिक भनेर उठेर हात मिलाएको दावी गरे । उनले त्यस्तो विचार नेपालको संसदीय इतिहासमा दुर्लभ भेटिने हुनाले यो कुरालाई ध्यान दिएर सरकारको नीति कार्य बारे धारणा बनाउन आग्रह गरे । उनले भने, ‘अघिल्लो पटक सत्ता पक्ष र प्रतिपक्ष दुवैले समर्थन गरेको प्रधानमन्त्री हुँ म चाहीं यस्तो प्रधानमन्त्री पनि सितिमिति भेटिदैँन् । नेपालको इतिहासमा मौलिकता भेटिएको छ । शतप्रतिशत प्रतिनिधि सभाका सदस्यहरुको समर्थन गरेर बनेको प्रधानमन्त्री हिजो सत्ता पक्ष…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई परम्परागत भन्ने हलुका टिप्पणी गर्नु तर्क संगत नभएको बताएका छन् । मंगलवार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै उनले नीति तथा कार्यक्रममा विगतदेखि कार्यान्वयन र सञ्चालन हुदैँ आएका राम्रा नीति तथा कार्यक्रमलाई निरन्तरता दिएकै आधारमा यसलाई परम्परागत भन्नु उचित नभएको बताए । प्रधानमन्त्री दाहालले एउटा दस्तावेजमा सबै कुराहरु समेट्न सम्भव नभएको भन्दै नीति कार्यक्रममा आजको देशको आवश्यकतासँग सम्बन्धित थुप्रै नयाँ कार्यक्रमहरु समावेश भएको उल्लेख गरेका छन् । उनले भने, ‘प्रस्तुत नीति तथा कार्यक्रमले सुशासन सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकांक्षा प्रस्तुत गरेको छ । यस नीति तथा कार्यक्रममा आर्थिक…