काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई परम्परागत भन्ने हलुका टिप्पणी गर्नु तर्क संगत नभएको बताएका छन् ।
मंगलवार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै उनले नीति तथा कार्यक्रममा विगतदेखि कार्यान्वयन र सञ्चालन हुदैँ आएका राम्रा नीति तथा कार्यक्रमलाई निरन्तरता दिएकै आधारमा यसलाई परम्परागत भन्नु उचित नभएको बताए ।
प्रधानमन्त्री दाहालले एउटा दस्तावेजमा सबै कुराहरु समेट्न सम्भव नभएको भन्दै नीति कार्यक्रममा आजको देशको आवश्यकतासँग सम्बन्धित थुप्रै नयाँ कार्यक्रमहरु समावेश भएको उल्लेख गरेका छन् ।
उनले भने, ‘प्रस्तुत नीति तथा कार्यक्रमले सुशासन सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकांक्षा प्रस्तुत गरेको छ । यस नीति तथा कार्यक्रममा आर्थिक तथा सामाजिक रुपान्तरणका नविन स्रोत र कार्यक्रमहरु समेटिएका छन् । यस दस्तावेजमा विगत देखि कार्यानवयन र सञ्चालन हुदैँ आएका राम्रा नीति तथा कार्यक्रमलाई निरन्तरता पनि दिईएको छ । त्यसकै आधारमा मात्रै यसलाई परम्परागत भन्ने हलुका टिप्पणी गर्नु मेरो विचारमा तर्क संगत हुदैँन् । किनकि यो नीति कार्यक्रममा थुप्रै नयाँ कार्यक्रमहरु पनि समावेश गरिएको छ । जुन आजको देशको आवश्यकतासँग सम्बन्धित छ । र, दस्तावेजमा सबै कुराहरु समेट्न सम्भव हुदैँन् । व्यवहारिक रुपमा सम्भव पनि देखिदैन् । ’
प्रधानमन्त्री दाहालले यर्थाथमा भन्ने हो भने यो नीति तथा कार्यक्रम सबैको राष्ट्रिय सहमतिको नीति कार्यक्रम बन्न गएको दावी पनि गरे ।
