Author: खबरमञ्च

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव मिलन थापाले सुनको जलहरीमा आफुले घोटाला गरेको भए मृत्युदण्डको सजाय भोग्न तयार भएको बताएका छन् । उनले आफूलाई समाजमा सुन चोर भनेर चिनाइएको गुनासो गर्दै पशुपतिनाथमा आएर धर्म हुनुपर्ने ठाउँमा आफूले पाप भोगिरहेको जिकिर गरे । मंगलबार बसेको राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा पशुपतिनाथमा चढाइएको जलहरीको विषयमा उठेको प्रश्नमा प्रष्टीकरण दिन पुगेका सदस्य सचिव थापा बारम्बार रोएका थिए । गला अवरुद्ध पार्दै उनले हरेक प्रश्न र आंशकामा जवाफ दिने प्रयास गरेका थिए । उनले जलहरीमा एकरति पनि भ्रष्टाचार नभएको दावी गर्दै दोषी पाइए मृत्युदण्डको सजाय दिएपनि भोग्न तयार…

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई विरुद्ध दायर रिटमाथि आज सुनुवाई हुने भएको छ । सशस्त्र द्वन्द्वको समयमा बाल सेना दुरुपयोग गरेको, शिविरबाट निकालेर युद्ध अपराध गरेको लगायतका आरोप लगाउँदै प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री भट्टराई विरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथिको सुनुवाइ न्यायाधीश सपना मल्ल प्रधानको इजलासमा हुने भएको छ । प्रधानमन्त्री दाहाल र भट्टराईको विरुद्ध परेको रिट सपना मल्ल प्रधानको इजालमा परेसंगै उक्त टिमाथिको सुनुवाई सपनाले गर्ने भएकी छन् । पूर्व अयोग्य लडाकु लेलिन विष्टसहितले दायर गरेको रिटमा प्रधानमन्त्री दाहाल र पूर्व प्रधानमन्त्री भट्टराईलाई विपक्षी बनाएर कारबाहीको माग सहित रिट दर्ता भएको थियो ।…

Read More

काठमाडौं । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको एक वर्षपछि पहिलो पटक नेपाल एयरलाइन्सले मलेसिया-भैरहवा-काठमाडौं व्यवसायिक उडान सुरु गरेको छ । मंगलबार बिहान पौने ९ बजे भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा निगमको १ सय ५८ सिट क्षमताको न्यरोबडी विमान मलेसियाको राजधानी क्वालालम्पुरबाट भैरहवा विमानस्थलमा अवतरण भएको हो । योसंगै मलेसिया-भैरहवा-काठमाडौं व्यवसायिक उडान सुरु भएको हो । यो नेपाली वायु सेवाको पहिलो व्यावसायीक अन्तर्राष्ट्रिय उडान भएकाले यात्रुहरुलाई पर्यटनमन्त्री सुदन किराँतीले विमानस्थलमा स्वागतसमेत गरेका छन् । उक्त विमानमा मलेशियामा रोजगारी गरेर घर फर्कन आगेका नेपालीहरुका साथै मलेसियाका केही पर्यटन व्यवसायीहरु पनि नेपाल आएका छन् । मलेसियाबाट भैरहवा आइपुग्न लाग्ने उडान समय…

Read More

काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाआज सिंगापुर जाने भएका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि राति ११ बजे उनी सिंगापुरका लागि प्रस्थान गर्ने तय भएको उनको सचिवालयले जनाएको छ । पेटसम्बन्धी समस्याको उनले सिंगापुरमाउपचार गर्दै आइरहेको र त्यसैको फलोअपका लागि त्यहाँ जान लागेको उनको सचिवालयले जनाएको छ । कांग्रेस सभापतिसमेत रहेका पूर्व प्रधानमन्त्रीको देउवाको साथमा उनकी पत्नी आरजू राणा देउवा पनि सिंगापुर जाने तयारी छ ।

Read More

बारा । मुलुकभरमा माछा उत्पादन ८१ प्रतिशत पुगेको छ । नेपाल मत्स्य व्यवसायी संघका अनुसार ०६९/ ७० मा प्राकृतिक जलाशय र मत्स्यपालन व्यवस्थापनबाट ४१ प्रतिशत माछा उत्पादन भएकोमा ०७३/७४ मा ६१ प्रतिशत पुगेको थियो । हाल माछाको उत्पादन ८१ प्रतिशत पुगेको हो । पछिल्लो समय मासुजन्य उत्पादन अन्तरगत माछाको खपत र प्रयोग बढेसँगै परम्परागत खेती छोडेर व्यवसायीक माछातर्फ किसान आकर्षित भएका कारण उत्पादकत्व वृद्धि भएको हो । बाँकीको १९ प्रतिशत माछा भारतलगायत मुलुकबाट आउने गरेको जिउँदो माछा व्यवसायी अध्यक्ष जंग बाहादुर साहले बताए । उनले माछामा नेपाल चाँडै निर्भर हुने बताउँदै पोषणयुक्त दानाको सहजता भए वार्षिक तीन पटकसम्म उत्पादन हुने…

Read More

काठमाडौँ । आठ दलीय गठबन्धनबाट निर्माण भएको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार संसदमा प्रश्नको घेराबन्दीमा परेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री डा. प्रकाशशरण महतले ल्याएको आगामी वर्षको नीति कार्यक्रम र बजेटका सन्दर्भमा सांसदहरूले प्रश्न बर्साएका हुन् । अर्थमन्त्री डा. महतले गत जेठ १५ गते अनुमानित आय व्ययसहित आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपियाँ बराबरको बजेट सार्वजनिक गर्नुभएको थियो । विनियोजित बजेटलगत्तै प्रतिनिधिसभामा जारी बजेटमाथिको छलफलमा १ सय ५० जना सांसदले प्रश्न उठाएका थिए । सोमबार अर्थमन्त्री महतले उक्त प्रश्नको जवाफ दिनुभयो । बजेट अधिवेशको शुरूदेखि नै प्रमुख प्रतिपक्षी दल नेकपा…

Read More

प्युठान । प्युठानको स्वर्गद्वारी मन्दिरको दर्शन गरेर फर्किँदै गर्दा आठजनाको ज्यान गएको छ । स्वर्गद्वारी दर्शन गरी फर्कने क्रममा लु१च ६३४५ नंको कार दुर्घटना हुँदा सो कारमा सवार यात्रीहरूको मृत्यु भएको हो । स्वर्गद्वारी नगरपालिका–४ भिङ्ग्री बजार नजिकै टाकुरा भन्ने स्थानमा आज अपराह्न २ः४५ बजे सो कार दुर्घटना भएको थियो । कार स्वर्गद्वारी–भिङ्ग्री सडक खण्डको टाकुरा भन्ने स्थानबाट झन्डै ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायव उपरीक्षक सुवास खड्काले जानकारी दिए ।

Read More

काठमाडौं । कृषि विभागका महानिर्देशक डा. गोविन्द शर्माले यस बर्ष मलको अभाव नहुने बताएका छन् । सोमबार धान, मकै र गहुँबालीका लागि स्थान बिशेष मलखाद सिफारिस सम्बन्धि प्रविधि विमोचन तथा पत्रकार सम्मेलनमा महानिर्देशक शर्माले अहिले उपलब्ध मल प्रदेशलाई बाँडफाँड गर्न सहज रहेको बताए । उनले भने, ‘यो वर्ष लामो अभ्यास र अनुसन्धान पछि समयमा सबै कुराहरु व्यवस्थापन गरेर गत वर्षको बजेट १५ अर्व मात्र थियो । जुन पर्याप्त थिएन् । पछि हामीले लविङ गर्यौ । त्यसपछि सरकारले १६ अर्व बजेट दिएको थियो । र, यो वर्ष टेण्डरमा भएको मल कुनै पनि ब्लक भएको छैन् । आएको मलहरु प्रदेशलाई बाँडफाँड गर्न…

Read More

काठमाडौँ । प्रधानमन्त्री पत्नी सीता दाहाललाई उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको छ । नर्भिक अस्पतालमा आज दिउँसो भर्ना गरेर उपचार थालिएको हो । उपचारकै क्रममा रहेकी सीतालाई भेट्न प्रधानमन्त्री दाहाल नर्भिक अस्पताल पुगेका छन् ।  यसअघि सीताको उपचार भारत, सिंगापुरलगायतका देशमा पनि भइसकेको छ । दाहाललाई पार्किन्सनजस्तो देखिने एक प्रकारको जटिल रोगले सताएको छ ।

Read More

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले निर्वाचन कार्यालय खारेज गर्ने मनशाय सरकारको नरहेको प्रष्ट पारेका छन् । सोमबार बजेटमाथि उठेका प्रश्नको संसदमा जवाफ दिँदै डा. महतले छुट्टै कार्यालय नराखेर जिल्ला प्रशासन कार्यालय भित्र एउटा इकाईको रुपमा राख्न खोजेको बताए । उनले यसो गर्दा खर्च कटौती हुने विश्वास सरकारको रहेका पनि जिकिर गरे । उनले भने, ‘निर्वाचन कार्यालयको कुरामा कार्यलय खारेज भएको होइन । त्यो जुन छुट्टै कार्यलय थियो त्यसको सट्टामा सिडियो कार्यालय भित्रै निर्वाचन कार्यलयको ईकाइ राख्ने र त्यसले खर्चमा केही कमी आउँछ भनेर हो । त्यति गर्दा कति नै कमी आउला भन्नुहोला त्यस्तै थोरै थारै जोडेर धेरै हुने…

Read More