काठमाडौं । कृषि विभागका महानिर्देशक डा. गोविन्द शर्माले यस बर्ष मलको अभाव नहुने बताएका छन् ।
सोमबार धान, मकै र गहुँबालीका लागि स्थान बिशेष मलखाद सिफारिस सम्बन्धि प्रविधि विमोचन तथा पत्रकार सम्मेलनमा महानिर्देशक शर्माले अहिले उपलब्ध मल प्रदेशलाई बाँडफाँड गर्न सहज रहेको बताए ।
उनले भने, ‘यो वर्ष लामो अभ्यास र अनुसन्धान पछि समयमा सबै कुराहरु व्यवस्थापन गरेर गत वर्षको बजेट १५ अर्व मात्र थियो । जुन पर्याप्त थिएन् । पछि हामीले लविङ गर्यौ । त्यसपछि सरकारले १६ अर्व बजेट दिएको थियो । र, यो वर्ष टेण्डरमा भएको मल कुनै पनि ब्लक भएको छैन् । आएको मलहरु प्रदेशलाई बाँडफाँड गर्न सहज भएको छ ।’
नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र र अमेरिकी सहयोग नियोग र बीउ तथा मल परियोजनाको संयुक्त प्रयासबाट धान, मकै र गहुँबालीको लागि स्थान विशेषको लागि मलखाद सिफारिस गरिएको छ ।
